यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
लण्डन, २८ फागुन
(सिन्ह्वा) । बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ ।
बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उहाँलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।
बेलायतमा अहिलेसम्म ३८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने तीनमात्रै रहेको पनि विभागले उल्लेख गरेको छ ।
यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्ब अमेरिकी डलर रकम छुट्याइएको घोषणा गर्नुभएको छ ।
उहाँले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिनुभयो ।
यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सातहजार ७७५ पुगेको छ ।
त्यसैगरी थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कुल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।
जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५६८ पुगेको छ । उनीहरूले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाइएका छन् ।
Leave a Reply