भर्खरै :

खाडी मुलुकका नेपालीहरूको सुरक्षा व्यवस्था सुनिश्चित गर

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणले खाडी क्षेत्रका विभिन्न देश पनि प्रभावित बनेका छन् । त्यसले खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरूलाई पनि प्रभावित बनाएको छ । नेपाली मजदुरहरू अत्यधिक सङ्ख्यामा कार्यरत कतारमा सङ्क्रमण देखिएपछि त्यहाँको सरकारले कडाइ गरेको छ । कतार सरकारको कडाइ र सङ्क्रमण फराकिलो बन्दै गएपछि कतारस्थित नेपाली दूतावासले पनि नेपाली मजदुरहरूलाई सजग हुन आह्वान गरेको छ । सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर कतार सरकारले आफ्नो देशमा आउने उडानमा नियन्त्रण गरेको छ । नेपालबाट सिधै दोहा उडान भरिरहेका नेपाली विमान सेवाले पनि आफ्ना उडान रद्द गरेका छन् ।

परदेशमा रहेका नेपाली मजदुरहरूलाई परिवारजनले अनावश्यक रुपमा गर्ने चिन्ताले बढी तनाव दिने गर्छ । उहानमा रहेका नेपालीहरूले गरेको यो साझा अनुभव हो । त्यसकारण सरकारले नेपालका मिडियालाई अतिरञ्जनापूर्ण र हतास बनाउने खालका समाचार छाप्न निरुत्साहित गर्न जरुरी छ । नेपालका सञ्चारमाध्यम र नागरिकहरूले पनि यसप्रति जिम्मेवारीपूर्वक भूमिका निभाउनुपर्छ । परिवारले उता बसेका आफन्तलाई हौसला दिनुपर्छ । महामारीको समयमा आत्तिने र आतङ्कित भएर काम गर्नु घातक हुन्छ । महामारीप्रति सजग भएर लड्नुको विकल्प कसैसँगै छैन । त्यसको निम्ति एकआपसमा हौसला दिन आवश्यक छ । विदेशमा रहेका नेपालीलाई यस्तो समयमा अझ बढी हौसला प्रदान गर्नुपर्छ ।

विभिन्न देशमा गएका नेपाली कामदारले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । आजसम्मका सरकारहरूले आफ्नो पालामा रेमिट्यान्स बढाउनसके गौरव पनि गर्दै आएका छन् । आज अर्थतन्त्रमा उल्लेख्य हिस्सा योगदान गर्दै आएका खाडी मुलुक, दक्षिण कोरियाका नेपाली कामदारहरू सङ्कटमा पर्दै छन् । यस्तो परिस्थितिमा राज्यले उनीहरूको पूर्ण सुरक्षा एवम् बन्दोबस्तको प्रत्याभूति गर्न जरुरी छ ।
‘जब भयो राति, तब बुढी ताती’ भने उखानजस्तै अवस्था सम्हाल्नै नसकिने भएपछि मात्र सरकारको निद्रा खुल्ने परिस्थिति बन्नुहुन्न । खाडीमा लाखौँको सङ्ख्याका नेपालीलाई अभिभावकविहीन ‘भगवान भरोसामा’ छोड्नु सरकारको धर्म होइन । सरकारले विभिन्न कम्पनी र सहरमा रहेका नेपालीलाई समूहगत सम्पर्क चालू राख्नुपर्छ । कुनै जोखिम आए उनीहरूको उचित प्रबन्ध गर्न सरकारले कूटनीतिक बाटो प्रयोग गर्नुपर्छ ।
खाडी क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काएर तिनलाई सुरक्षित राख्ने सामथ्र्य नेपालको छैन । उहानबाट १७५ जना नेपालीको उद्धार नेपालको लागि निकै महँगो परेको थियो । खाडीका विभिन्न देशमा रहेका लाखौँ सङ्ख्याका नेपालीलाई त्यही तरिकाबाट उद्धार गर्न नेपाललाई सहज छैन । त्यसकारण नेपालले वैकल्पिक उपाय पहिल्याउन सक्नुपर्छ । त्यसको लागि सरकारले समस्याले गम्भीर मोड लिनुअघि नै पूर्वतयारी गर्नुपर्छ । सरकारले ती नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा कूटनीतिक र अन्य माध्यमको पूर्वतयारी अहिले नै गर्न जरुरी छ ।
परदेशमा रहेका नेपाली मजदुरहरूलाई परिवारजनले अनावश्यक रुपमा गर्ने चिन्ताले बढी तनाव दिने गर्छ । उहानमा रहेका नेपालीहरूले गरेको यो साझा अनुभव हो । त्यसकारण सरकारले नेपालका मिडियालाई अतिरञ्जनापूर्ण र हतास बनाउने खालका समाचार छाप्न निरुत्साहित गर्न जरुरी छ । नेपालका सञ्चारमाध्यम र नागरिकहरूले पनि यसप्रति जिम्मेवारीपूर्वक भूमिका निभाउनुपर्छ । परिवारले उता बसेका आफन्तलाई हौसला दिनुपर्छ । महामारीको समयमा आत्तिने र आतङ्कित भएर काम गर्नु घातक हुन्छ । महामारीप्रति सजग भएर लड्नुको विकल्प कसैसँगै छैन । त्यसको निम्ति एकआपसमा हौसला दिन आवश्यक छ । विदेशमा रहेका नेपालीलाई यस्तो समयमा अझ बढी हौसला प्रदान गर्नुपर्छ । नेपाल सरकार र दूतावासहरूले झारा टार्ने पाराले मात्र काम गर्नु उचित हुन्न । वास्तवमै नेपाली नागरिकले नेपालमा आफ्नो सरकार जिम्मेवार छ भन्ने महसुस हुने तरिकाले काम गर्न सक्नुपर्छ । नेपाली युवाहरूलाई विदेश पठाउने म्यानपावर कम्पनीहरूलाई पनि यसमा जिम्मेवार बनाउनुपर्छ । नेपाली मजदुरहरूमाथि जातीय घृणावश हुने घटनाबाट रोक्न पनि सरकारले ध्यान दिन जरुरी छ । सरकारको दायित्व अब नेपालमा रहेका नेपाली नागरिकमात्र होइन, विदेशमा रहेका नेपाली नागरिकप्रति पनि जिम्मेवारीपूर्वक पेश हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *