प्रजग कोरियाको आणविक कार्यक्रम सक्रिय
- जेष्ठ २१, २०८३
“इटालीका सामु चिकित्सा सामग्री र उपकरण अपुग भएको कठिनाइ देखापरेकाले चीनले इटालीलाई सहायता प्रदान गर्नसक्ने आशा रहेको छ । हाल इटालीका विदेशीमन्त्री लुइगी दि माइओले चिनियाँ परराष्ट्रमन्त्री वाङ् यीसँगको टेलिफोन वार्तामा उक्त अनुरोध गर्नुभएको छ । महामारी अवस्थासँग सिमा छैन भने साथीको कठिनाइ नै आफ्नो कठिनाइ हो । यस्तो विचार लिएको चीनले इटलीलाई मास्क आदि चिकित्सा सामग्री प्रदान गर्नुका साथै इटलीका लागि अझ बढी सामग्री र उपकरणको निर्यात गर्ने छ । साथै सात सदस्यीय चिनियाँ रेडक्रेस स्वयम् सेवक विशेषज्ञ टोली मार्च ११ तारिख सम्बन्धित उद्धार सामग्री लिएर इटालीतर्फ प्रस्थान गरेको छ ।
“युरोपेली सङ्घीय मुलुकको कुनै पनि सदस्यले युरोपेली सङ्घीय समितिको आह्वानलाई कुनै प्रतिक्रिया दिएको छैन । केवल चीनले प्रतिक्रिया दिएको छ ।” युरोपेली सङ्घका लागि इटालीका राजदूत मारिजिओ मासारीले मार्च १० तारिख एक सार्वजनिक लेख प्रकाशित गर्दै उक्त कुरा बताउनुभएको हो । इटाली मात्र नभई विश्वमै कोभिड १९ विरुद्ध युद्धमा चीनले विशाल प्रयास तथा योगदान सिर्जना गर्दछ ।
विगत एक महिनायता कठिन प्रयास पार गरेको चीनले महामारीको रोकथाम तथा प्रतिरोधको चरणबद्ध प्रगति पाउँदै अन्तर्राष्ट्रिय समाजका लागि पहिलो प्रतिरोध लाइन सिर्जना गरेको छ । चीनले विश्व स्वस्थ सङ्गठनसँग खुला तथा स्पष्ट सूचनाको शेयर गर्दै आएको छ । हालसम्म चीनले युरोपेली सङ्घ, आशियान, अफ्रिकी सङ्घ आदि धेरै पक्षसँग भिडियो बैठकको आयोजना गरेको छ । नयाँ कोरोना भाइरस सङ्क्रमित निमोनियाको उपचार तथा प्रतिरोध उपाय धेरै भाषामा अनुवाद गरिएको छ । चीनले विश्व स्वास्थ्य सङ्गठन र सम्बन्धित मुलुकलाई सहयोग गर्नुका साथै महामारी प्रतिरोध सामग्री र उपकरणको प्रदान गरेको छ ।
तर, विश्वका केही मुलुकहरूले यस विश्वव्यापी महामारीविरुद्ध युद्धमा बाधा सिर्जना गरिरहेका छन् । उदाहरणका लागि सबैभन्दा विकसित मुलुकसँग अमेरिकाले महामारीको रोकथाम तथा प्रतिरोधको सबैभन्दा राम्रो अवसर त्यागेर विश्व स्वास्थ्य सङ्गठनका लागि दिइने पुँजी सहयोगलाई न्युनीकरण गर्दै विदेशका लागि गरिएको सहयोग बचनबद्धतालाई व्यवहारमा उतारेको छैन । इरानमाथि गराइएको नाकाबन्दी दबाबलाई निरन्तर सबल पार्दै अमेरिकाले अन्य कार्य गर्दै आएको छ । अमेरिकाका यी गतिविधिबाट फेरि एकपटक उसको स्वार्थी विचार देखापरेको छ ।
महामारी मानव जातिको साझा शत्रु हो । एकताबद्ध भएर सहयोगले जनतालाई बचाउन सक्छ । सारा विश्व महामारीविरुद्धको युद्धमा सधैं नै रहिरहेको चीनले निरन्तररुपमा आफ्नो योगदान तथा प्रयास सिर्जना गर्दै जानेछ ।
(सीआरआई)
Leave a Reply