भर्खरै :

भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टीको घोषणापत्र

१) शिक्षा
– भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गराउने ।
– ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई वुद्धिजीवीकरण गर्न योगदान गर्ने ।
– जनज्योति पुस्तकालयलाई देशकै नमूना बनाउने ।
२) स्वास्थ्य
– भक्तपुरलाई सफा, स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने ।
– स्वीकृति प्राप्त २५ शैयाको ख्वप अस्पताललाई व्यवस्थित ढंगले संचालन गर्ने र यसको विस्तार र विकास गर्ने ।
– नगरका महत्वपूर्ण तथा ऐतिहासिक स्थलहरूमा धुमपान र मद्यपान निषेध गर्दै जाने ।
– पालैपालो खानेपानी वितरणको व्यवस्था गर्ने ।
३) उद्योग,रोजगारी
– युवाहरूलाई विभिन्न विदेशी भाषा कक्षाहरू संचालन गर्ने ।
– भक्तपुरको काष्ठकला, मूर्तिकला, मृत्तिका कला र हस्तकलाको प्रवद्र्धन गर्ने ।
– भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानीय सीप र स्रोतमा आधारित औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने ।
४) कला संस्कृति,पर्यटन
– ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने ।
– दरबार क्षेत्रका आवश्यक ठाउँहरुमा उन्नान्सय चोक उत्खनन गर्ने ।
– जगन्नाथ क्षेत्रको उत्खनन, अनुसन्धान र पुनःनिर्माण गर्ने ।
– पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने ।
– भक्तपुरको जात्रा तथा पर्वहरूको भौतिकवादी व्याख्यासहित अभिलेख तयार गर्ने ।
– भक्तपुरका कला र संस्कृतिलाई व्यवसायीकरण गर्ने ।
– देकोचामा अरनिको सभाभवन निर्माण गर्ने ।
– वडा नं. १ को ऐतिहासिक रानी पोखरी र भाजुपोखरी जिर्णोद्वार गर्ने ।
– नगरको चारैतिर पर्यटकीय सूचना केन्द्रहरू स्थापना गर्ने ।
– दरबार क्षेत्रमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवनलाई सङ्ग्रहालय बनाउने ।
– दरवार स्क्वायर(लायकु)मा पुनःनिर्माणपछि सवारीसाधनलाई पूर्णरुपमा निषेध गर्ने र नगरभित्र ठूलठूला सवारी निषेध गर्ने र विद्यालय जाने र आउने समयमा अन्य गाडीहरु बन्द गर्ने बन्दोबस्त गर्ने
– पर्यटक शौचालय तथा सार्वजनिक शौचालयहरू मुख्य–मुख्य ठाउँमा निर्माण गर्ने बन्दोबस्त गर्ने ।
– भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरू पुनःनिर्माणमा जोड दिने ।
– पुरानो नगर क्षेत्रको निजी घर पुनःनिर्माणलाई आवश्यक निर्माण सामाग्री खरिदमा आर्थिक सहयोग दिने ।
५) वातावरण
– हनुमानघाट र कालिघाट लगायत घाटहरू सफा गरी संरक्षण गर्ने ।
– मसानघाट( दीप) सुधार गरी व्यवस्थित गर्ने ।
– छिमेकी नगरपालिकासँग समन्वय गरी तब्याखुसीदेखि नै हनुमन्ते खोला व्यवस्थित गर्ने ।
– लायकु, तमारी र दत्तात्रय चोकमा केबुल लाइन, टेलिफोन तार र अन्य तार जमिनमुनि व्यवस्थित गर्ने ।
– नगरभरि अप्टिकल फाइवर बन्दोबस्त गर्दैै जाने ।
– भुस्याहा कुकुर तथा छाडा पशु नियन्त्रण गर्ने ।
– फोहर ढल उपचार गर्न हनुमन्ते र सल्लाघारीको उपचार पोखरी पुनः सञ्चालनमा जोड दिने ।
– फोहर मैला कुहिने र नकुहिने अलग्ग गरी अन्तिम व्यवस्थापन गर्ने ।
६) यातायात
– नगर प्रवेश गर्ने प्रमुख नाकाहरूमा गाडी पार्किङको व्यवस्था गर्ने ।
– नगरपालिका वरिपरिको खुला क्षेत्र र पर्ती जग्गा संरक्षण गरी खुला क्षेत्रको विकास गर्ने ।
– भार्वाचोदेखि च्याम्हासिंह ध्वाकासम्मको मूल बाटोमा ढुंगा छपाइ गर्ने ।
– घिन्ताङघिसी मार्गलाई पर्यटकीय मार्गको रुपमा विकास गर्ने ।
– पुरानो नगर वरिपरि घुम्ने गरी सल्लाघारी, व्यासी, कमलविनायक, च्यामासिंह, जगाती, सूर्यविनायक, सल्लाघारी सडकमा शहरी बस संचालन गर्ने ।
७) खेलकूद
– खेलकुद प्रशिक्षणलाई चालु राख्ने ।
– प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्ने ।
– इन्डोर र आउटडोर खेलकुद भवन र खेलमैदान निर्माणमा जोड दिने ।
८) नगरपालिकाको प्रशासन
– नगरपालिकाको प्रशासन पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउने ।
– अनलाइनमार्फत नगरपालिकाको प्रशासनिक सेवा दिने ।
– नगरपालिकाको सेवाप्रवाहमा नागरिकको गुनासो सुन्ने र तत्काल संवोधन गर्ने संयन्त्र निर्माण गर्ने ।
– नगरपालिकाको गतिविधिबारे जनतालाई सुसूचित गर्न ख्वप एफ.एम र ख्वप टेलिभिजन संचालन गर्ने ।
– नगरपालिकाका कर्मचारीहरुको योग्यतामा वृद्धि गरी सांस्कृतिक स्तरलाई विकास गर्ने ।
९) भूकम्प÷विपद् व्यवस्थापन
– भूकम्पीय जोखिम न्यूनीकरणका भवन निर्माण गर्न डकर्मी, सिकर्मी, प्राविधिक र घरधनीलाई समेत तालिम तथा सचेतना अभियान संचालन गर्ने ।
– भूकम्पबाट क्षतिग्रस्त संरचना तथा व्यक्तिगत घर पुनः निर्माणका लागि आवश्यक सामग्रीहरू सुलभ रुपमा उपलब्ध गराउन जोड दिने ।
१०) कृषि तथा जनजीविका
– वडा वडामा शिशुस्याहार केन्द्र स्थापना गर्दै जाने ।
– बधशाला तथा तरकारी बजारको व्यवस्थापन गर्ने ।
– खाद्यान्न, लत्ताकपडा, ग्यास, लगायतका जनताका आधारभूत तथा दैनिक उपभोग्य सामग्री कालोबजारी नियन्त्रण गर्ने÷गराउने ।
– ज्येष्ठ नागरिकहरूको हेरचाहको लागि आदर निकेतन बन्दोबस्त गर्दै जाने ।
नेपाल मजदुर किसान पार्टी
निर्वाचन परिचालन समिति
भक्तपुर नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *