भर्खरै :

ट्रम्पको घातक ट्वीट

वाशिङ्टन, १७ मार्च । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको एउटा ट्वीटमा कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ भनेकोप्रति व्यापक आलोचना भएको छ ।
७ करोड ४० लाख मानिसले पछ्याउने ट्रम्पको खातामा उनले सोमबार लेखे, “संरा अमेरिकाले हवाई सेवालगायत अन्य उद्योगलाई कस्सिलो सहयोग गर्दैछ । विशेषतः चिनियाँ भाइरसबाट प्रभावित उद्योगलाई संरा अमेरिकी सरकारले सहयोग गर्नेछ । हामी पहिलेभन्दा अझ बढी बलियो हुनेछौं ।” यो ट्वीट नै गलत भएको कुरामा सन्देह छैन । चिनियाँ जनतालाई रोगसँग जोड्ने र चीनलाई पञ्जाबाजी गर्ने डल्लो मान्ने उनको सोचाइ त्रुटिपूर्ण छ ।
संरा अमेरिकाको आधिकारिक जनस्वास्थ्य निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले यस्तो तनावपूर्ण समयमा लाञ्छना र विभेद घटाउनुपर्नेमा जोड दिंदै कोभिड–१९ जस्तो रोगप्रति भय र त्रास बढाउँदा मानिस, स्थान र वस्तुप्रति सामाजिक घृणा फैलिन सक्ने बताएको छ । सीडीसीले कोभिड–१९ जस्ता रोगलाई कुनै व्यक्ति वा राष्ट्रियतासँग जोड्दा लाञ्छना र विभेद उत्पन्न हुने र यसले अरु मानिसमा भय वा आक्रोश उत्पन्न हुनेछ ।
ट्रम्पको सो दाबीले जातिवादी र षड्यन्त्रमूलक भद्दा टिप्पणी फैलाउनेछ । तर, उनको सो टिप्पणी गलत भएको विश्वास गर्ने अमेरिकी जनताबाट नै सो ट्वीटको कडा आलोचना भएको छ । कुनै निश्चित समूहका मानिसलाई भाइरससँग जोड्नुले जुनसुकै राष्ट्रियताको मानिसको लागि खतरा हुने उनीहरूको भनाइ छ ।
“राष्ट्रपति ट्रम्प यसरी घातकरूपमा जातिवादी र जातीय घृणा फैलाउने अभिव्यक्तिका साथ आउँदा मलाई एकप्रकारका डर लाग्छ”, सामाजिक सञ्जालमा निकै सक्रिय डा. युगेन कुले भने । “यतिबेला हामी एउटा गम्भीर समस्यामा छौँ र संरा अमेरिकी राष्ट्रपति हामीलाई घृणाको अँध्यारो बाटोमा डो¥याउँदैछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *