अथातो घुमक्कड–जिज्ञासा घुमक्कडी : मानव सभ्यताको अदृश्य मेरुदण्ड
- बैशाख ३, २०८३
गोपाल नगरकोटी
कोरोना भाइरस अहिलेसम्म नेपालमा छिरेको छैन । तर, कोरोना भाइरस नछिर्दै सामानमा मूल्य बढ्यो र मास्क, औषधि र ग्यास अभाव भयो । सरकारले कोरोना भाइरसको हल्लाको कारण मूल्य नबढ्ने र सामान अभाव नहुने बतायो । सामानको कृत्रिम अभाव हुनेबित्तिकै या मूल्य बढेलगत्तै सरकारले बजारमा अनुगमन गर्नुपथ्र्यो र लुकाइएको सामान वितरण गर्न र गराउन निर्देशन दिनुपथ्र्यो । सरकार लामो समयसम्म मौन रह्यो । जनताको व्यापक दबाब बढेपछि मात्र सरकारी टोली अनुगमनमा गयो र लाखौं मास्क जफत ग¥यो । जफत गरिएको सामान थन्काउने होइन तुरुन्त वितरण गर्नुपर्छ । ग्यास पसलहरूमा तत्कालै अनुगमन गरेको भए ग्यास अभाव हुँदैनथ्यो । अभावै भएको भए सरकारले तुरुन्तै व्यवस्था गर्नुपथ्र्यो तर भएन । यो सरकारको कमजोरी हो ।
सरकारले आपत्विपत् या सङ्कट परेको बेला झन् सहयोग र साथ दिनुपथ्र्यो । अभाव हुनेबित्तिकै तुरुन्तै आपूर्ति गर्नुपथ्र्यो । यसमा सरकार चुकेको देखिन्छ । रोग नछिर्दै यसरी सामान अभाव हुन्छ, मूल्य बढ्छ भने साँच्चै कोरोना भाइरस नेपालीहरूलाई लागेको भए के हुन्थ्यो ? कृत्रिम अभाव बनाउने, मूल्य बढाउने र अभाव भए पनि टुलुटुलु हेरेर बस्ने सरकार र सत्तासीन दलहरू यसका जिम्मेवार हुन् । कोरोनाको सङ्क्रमण नेपालमा नफैलियोस् । यसबारे सरकार र आम जनता सतर्क हुनुपर्छ । आवश्यक परेमा सरकारले त्यस रोगबाट बच्ने सबै उपाय र विकल्पहरूको खोजी गर्नुपर्छ र सदा तत्पर अवस्थामा रहनुपर्छ । रोगको कुनै सीमा नहुने हुँदा नेपालमा फैलिंदैन भनेर सुनिश्चित गर्न सकिंदैन । चीनमा रोग नियन्त्रण गर्न सफल भए पनि अरू देशमा फैलिरहेको छ र सङ्क्रमित र मर्नेको सङ्ख्या बढिरहेको छ । यस हिसाबले नेपाल सरकार अवश्य पनि सतर्क हुनुपर्छ र सबै विकल्पको व्यवस्था हुनुपर्छ ।
कोरोना भाइरसभन्दा दुई चार सय रूपैयाँ या नाफा ठूलो छैन । कालाबजारी गरेर, महँगोमा बेचेर केही व्यापारीहरूको आयआर्जन बढ्ला । तर, ती व्यापारीहरूलाई ग्राहकहरूले थुक्नेछन्, जनताको पसिनामा रजाइँ गर्ने भनी हेला गर्नेछन् । कसैलाई चिन्ने भनेको यस्तै आपत्विपत् र सङ्कटमा हो । सङ्कटकै बेला सबैले सबैलाई साथ दिने हो, सहयोग गर्ने हो । को इमानदार, सज्जन र जनताको सेवक भन्ने कुरा यसैबेला चिन्ने हो । अतः सङ्कट होस् या नहोस्, सङ्क्रमित रोग फैलियोस् या नफैलियोस् हरेक नेपालीले यस्तो बेला आफ्नो बुद्धि र विवेकले भ्याएसम्म सहयोग गर्नुपर्छ । आफूसँग भएको सामान लुकाउने होइन, जनतामाझ खुलमखुला वितरण गरेर नमुना कार्य गर्नुपर्छ । आफूसँग भएको सामान सकिनेबित्तिकै या सकिन लागेको बेला फेरि ल्याइनुपर्छ, ल्याउन पहल गर्नुपर्छ । यसरी सबैमा सहयोग गर्ने भावना भएमा अभाव हुनेछैन, अभाव भए पनि पूर्ति हुनेछ । यस कार्यमा सरकार र सत्तासीन दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू चनाखो हुनुपर्छ । कुनै पनि बेला सामान अभाव बनाएर जनतालाई अन्योल बनाउनु हुँदैन ।
Leave a Reply