भर्खरै :

‘वाक् स्वतन्त्रता’ ले वाल स्ट्रिट जर्नलको दागलाई मेटाउँदैन

लामो समयदेखि जातीय भेदभाव अमेरिकामा व्यापक भइरहेको छ । नयाँ कोरोना भाइरस सङ्क्रमित निमोनियाका बारेमा केही अमेरिकीले जातीय भेदभाव स्पष्टरूपमा देखाएका छन् । वाल स्ट्रिट जर्नलले केही समयअगाडि ‘चीन वास्तविकरूपमा एसियाली बिरामी हो’ शीर्षकको लेख सार्वजनिक गर्दै जातीय भेदभाव फैलाएको थियो । वास्तविकता र व्यावसायिक नैतिकतालाई उल्लङ्घन गर्दै चिनियाँहरूले महामारीको रोकथाम तथा प्रतिरोधमा सिर्जना गरेको विशाल प्रयासलाई झूटो निन्दा गर्नु अपराध हो । अमेरिकाको यस्तो कार्यलाई अन्तर्राष्ट्रिय समाजले कडा निन्दा गरेको छ । साथै वाल स्ट्रिट जर्नलका ५३ जना कर्मचारीहरूले संयुक्तरूपमा व्यवस्थापन पक्षसमक्ष इमेल पठाउँदै उक्त लेखको शीर्षक सच्याउन र चीनसँग माफी माग्न आग्रह गरेका थिए ।
चीनले गरेको कडा आपत्ति र अन्तर्राष्ट्रिय समाजको व्यापक निन्दालाई ध्यान नदिएर वाल स्ट्रिट जर्नलले समाचार रिपोर्ट र टिप्पणीबीच अलग भएको र सम्पादकीय स्वतन्त्रता रहेको भन्दै आफ्नो कर्तुतलाई अस्वीकार गरेको छ । चीनले कानुनबमोजिम चीनमा रहेका वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारको प्रेस कार्डलाई रद्द गरेपछि अमेरिकी परराष्ट्र मन्त्रीले पनि वाक् स्वतन्त्रताको नारा लगाउँदै वाल स्ट्रिट जर्नलको समर्थन गरेका थिए ।
विविध प्रमाणबाट स्पष्ट देखिन्छ, केही अमेरिकीहरूले अमेरिकी समाजमा दीर्घकालीन र बारम्बार भइरहेको जातीय भेदभावलाई अँगालेका छन् तर उनीहरू यो कुरा अस्वीकार गर्दैनन् । अमेरिकाको तथाकथित ‘वाक् स्वतन्त्रता’ जातीय भेदभावका लागि एक निन्दनीय कर्तुत हो । ‘वाक् स्वतन्त्रता’ नै केही अमेरिकीहरूले दोहोरो मापदण्ड चलाउँदै अरुलाई प्रहार गर्ने राजनीतिक नारा पनि हो ।
कुनै पनि समाजका लागि जातीय भेदभाव विष हो । कुनै पनि सञ्चारमाध्यमले ‘वाक् स्वतन्त्रता’ लाई निहुँ बनाएर नैतिकताको उल्लङ्घन गर्ने कार्यले उनीहरूकै भविष्यलाई ध्वस्त पार्नेछ ।– सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *