के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
काठमाडौँ, ६ चैत । भक्तपुरको नगरकोटस्थित नेपाल सेनाको व्यारेकमा विगत ३५ दिनदेखि संरा अमेरिकी सेनाबाट तालिम दिएको खुलेको छ । त्यहाँ आठ जना अमेरिकी सेनाले नेपाली सेनालाई तालिम दिएको खुलेको हो । तर, अमेरिकी सेनाले तालिम दिने विषयमा रक्षा मन्त्रालय र सेनाले औपचारिक रूपमा कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन् । अमेरिकी सेनाले नेपालीलाई के–कस्तो तालिम दिएको हो खुलेको छैन ।
आठै जना अमेरिकी सेना शनिबार स्वदेश फिर्ता हुन लागेको बताइएको छ ।
नेपालमा अमेरिकी ‘सहश्राब्दी चुनौती परियोजना’ (एमसीसी) मार्फत देशको सार्वभौमिकतामाथि हस्तक्षेप हुने र अमेरिकी सेना नेपालमा हावी हुनसक्ने भनी व्यापक विरोध भइरहेको अवस्थामा नेपाल सरकारले देशमा अमेरिकी सेनाको उपस्थितिबारे गुपचुप राखेको छ । अमेरिकी सेना बिहीबार आफ्ना सरसामानसहित नगरकोटबाट छाउनीस्थित नेपाल सेनाको अड्डामा फर्केका थिए । विदेशी सेनाको उपस्थितिबारे रक्षा मन्त्रालय र सेनाले सार्वजनिक गर्नुपर्ने हो । तर, ती दुवै निकायले आफ्नो आधिकारिक वेभसाइट र सञ्चारमाध्यममा त्यसबारे केही जानकारी दिएका छैनन् ।
Leave a Reply