भक्तपुर, ६ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाले बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी बिहीबार सरोकारवालाहरूसँग छलफल ग¥यो ।
उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस सङ्क्रमणको कारण विश्वव्यापीरूपमा स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा जात्रा सञ्चालन चुनौतीपूर्ण रहेको चर्चा गर्दै हजारौँ मानिस जम्मा हुने बिस्केट जात्रा सञ्चालनलाई व्यवस्थित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
जटिल परिस्थितिमा पनि भक्तपुरको ऐतिहासिक र पुरातात्र्विक हिसाबले महत्र्वपूर्ण बिस्केट जात्रा शान्तिपूर्णरूपमा सञ्चालन गर्न र कोरोना सङ्क्रमणबाट सजग बनाउने अभियानमा भनपा क्रियाशील रहने नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
ऐतिहासिक महत्र्व बोकेको बिस्केट जात्रालाई सफल पार्नु सबैको दायित्व भएको उल्लेख गर्दै उहाँले बैठकबाट प्राप्त महत्र्वपूर्ण सुझावलाई मध्यनजर गरी आवश्यकताअनुसारको सानो समूहको समिति गठन गरी जात्रा व्यवस्थापनबारे आवश्यक निर्णय गरिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको त्रासले गर्दा यस वर्ष बिस्केट जात्रा चुनौतीपूर्ण हुने धारणा राख्दै ऐतिहासिक महत्र्व बोकेको जात्रा जनगुनासो रहित ढङ्गले सम्पन्न गराउन गुठी संस्थान भक्तपुरलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले कोभिड–१९ भयावह बन्दै गएको र नियन्त्रण गर्न चुनौतीपूर्ण भइरहेको बताउँदै जात्राको समयमा उच्च सतर्कता अपनाउन नागरिकहरूमा अपिल गर्नुपर्नेमा जोड दिनुभयो ।
गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले साविकबमोजिम रथ निर्माणको काम भइरहेको र संस्थानबाट गर्नुपर्ने काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, रामबहादुर प्रजापति, केशव तमखु, न्हुछेराम भेले, गोविन्द मल्ललगायतले सुझावहरु दिनुभएको थियो ।
बैठकका निर्णयहरू ः
क) बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विश्व स्वास्थ्य सङ्गठनले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको उल्लेख गरिएको हुँदा यो सङ्कटको बेला सम्पूर्ण नगरवासीहरूलाई सचेत रहन अपिल गर्ने र कोभिड—१९ को सङ्क्रमणबाट जोगिने उपायहरूका सम्बन्धमा प्रचारप्रसार गर्ने निर्णय ग¥यो ।
ख) बिस्केट जात्रा सञ्चालनको लागि कोरोना भाइरसको उच्च जोखिममा ठूला भेला र सभा सम्मेलन गर्न नमिल्ने परिस्थितिलाई ध्यानमा राखेर शान्तिपूर्ण र व्यवस्थितरूपमा जात्रा सञ्चालन गर्न नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा निम्नबमोजिमका सदस्यहरू रहने गरी एक कार्यदल गठन गर्ने निर्णय गरियो ः
१. संयोजक – सुनिल प्रजापति
२. सदस्य – प्रमुख जिल्ला अधिकारी
३. सदस्य – भनपा वडा नं. ४ का वडाध्यक्ष
४. सदस्य – भनपा वडा नं. ५ का वडाध्यक्ष
५. सदस्य – जिल्लाका सुरक्षा निकाय प्रमुखहरू
६. सदस्य – भक्तपुर विद्युत् प्राधिकरण प्रमुख
७. सदस्य – भक्तपुर दूर सञ्चार प्रमुख
८. सदस्य – खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख
९. सदस्य – भैरवनाथ जात्रा सहयोग समिति
१०. सदस्य – भैरवनाथ गुठी नाइके
ग. बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्पूर्ण जनतामा अपिल गर्ने,
घ. गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सरोकारवाला सबैले समयमै जात्रा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट आवश्यक तयारी समयमै गर्ने,
ङ. जिल्ला प्रशासन तथा जिल्लाका सुरक्षा निकायहरूले सुरक्षा व्यवस्था मिलाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *