भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
लम्की, ८ चैत । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेको बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।
टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु. १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालक प्रकाश तिमिल्सिनाले बताउनुभयो ।
“दैनिक १० जनासम्म भारतीय नागरिक मास्क खरिद गर्न यहाँ आउन थालेका छन्”, उहाँले भन्नुभयो । उहाँले दैनिक तीन हजार मास्क उत्पादन गरिरहेको जानकारी दिनुभयो । “पश्चिम नेपालका अधिकांश जिल्लाबाट मास्कको अर्डर आउन थालेको छ”, तिमिल्सिनाले भन्नुभयो । मास्क उत्पादनमा ४० जना महिला कामदारलाई लगाइएको उहाँले बताउनुभयो ।
उद्योगमा कार्यरत महिलाले दैनिक २०० सम्म मास्क उत्पादन गरिरहेको बताएका छन् । उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिकरूपमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन् । उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन् । कैलालीमा सर्जिकल मास्क अभाव छ । भएका व्यापारीले पनि ४० रूपैयाँ प्रतिपिस बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
लम्कीका राधेश्याम पाण्डेले भन्नुभयो, “पछि कपडा पसलमा मास्क पाए । मास्क लगाउँदा धुलो धुवाँँबाट बच्न भए पनि सहयोग पुग्छ ।”
Leave a Reply