संयुक्त राष्ट्र सङ्घमा कसले के बोले ?
- आश्विन १०, २०८३
ल्यु युनयुन
निःसन्देह नोबेल कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिनु जातिवादी, अनुपयुक्त र गैरजिम्मेवार अभिव्यक्ति हो । अझै पनि आफ्ना आफन्तजनको वियोगमा शोकाकुल चिनियाँ जनतालाई यसले निकै चित्त दुखाएको छ । हामीले यस्ता बेतुकका सन्दर्भको भत्र्सना गर्नुपर्छ ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ट्वीट र पत्रकार भेटघाटमा यस्ता ‘गल्ती’ दोहो¥याइरहेका छन् । तर, शताब्दीकै सबभन्दा खराब अर्थ–बजारको अवस्थाबीच जनतामाझ आफ्नो आत्मविश्वास नगिरेको देखाउन, भाइरस सङ्क्रमणको दोष अर्कै देशको थाप्लामा थोपर्न र राष्ट्रपति कार्यालयमा दोस्रो पटकको लागि स्थान सुरक्षित गर्न नै ट्रम्पले यस्ता दोषारोपण गरेका हुन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।
तपार्र्इँ एकपल्ट ट्रम्प भएर विचार गर्नुहोस्ः यो वर्ष हुने निर्वाचनमा ट्रम्पलाई पुनः निर्वाचित बन्ने धुन चढेको छ । डेमोक्रेटिक पार्टीबाट उनलाई खास चुनौती दिने कोही देखिएको थिएन । बेरोजगारीको दर ठीकठाक चल्दै थियो । शेयर मूल्य निकै माथि पुगेको थियो । दुई वर्षदेखि चलेको चीनसँगको व्यापार युद्ध पछि पहिलो चरणको सम्झौतामा हस्ताक्षर भइसकेको थियो ।
आज संरा अमेरिका कोरोना भाइरसको महामारीको गहिरो सन्त्रासमा छ । मानिसहरू सरकारले काम गर्नुभन्दा धेरै बोलेको भन्दै आक्रोशित छन् । महामारीको प्रतिरोधको लागि सरकारले अझै पनि मनग्य आर्थिक सहायता र परीक्षण सामग्री उपलब्ध गराउन सकेको छैन । यो साझा दुश्मनविरुद्ध ऐक्यबद्धता र एकता कायम राख्न नसक्नु राष्ट्रपतिको विफलता हो । हामीले आपसमा रहेका भिन्नता र पूर्वाग्रही विचार एकातिर राखेर संसारले आज सामना गरिरहेको चुनौतीविरुद्ध लड्ने यो सबभन्दा उपयुक्त समय हो ।
अहिलेको लागि हामी यति बुझौँ–राष्ट्रपति ट्रम्पको शब्द ज्ञान निकै कमजोर छ । संरा अमेरिकाका केही मानिसको भनाइअनुसार चार कक्षा बराबरको शब्द ज्ञान । कोरोना भाइरसको उच्चारण मात्र पनि उनको लागि सजिलो कुरा होइन ।
एकप्रकारले सब कुरा ठीकठाक चल्दै थियो । त्यही बेला कोरोना भाइरसको महामारी फैलियो ।
ट्रम्पकै शब्दमा भयावह अवस्था नियन्त्रणमा लिन गम्भीर पाइला चाल्न जरुरी छ । त्यसको निम्ति उनीसँग सबभन्दा उपयुक्त रणनीति भनेको अहिले फैलिएको भाइरसलाई ‘विदेशी भाइरस’ भनी दोषारोपण गर्नु । त्यो रणनीतिले शेयर बजारको ओरालो लाग्दो अवस्थाबीच अमेरिकी जनतालाई एक ठाउँमा सङ्गठित गर्न सकिन्थ्यो । संरा अमेरिकाका केही उच्च पदस्थ अधिकारीहरूले लगाएको व्यापारिक काण्डबाट मानिसको ध्यान अन्यत्र मोड्न सकिन्थ्यो । त्यसकारण भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न उनले आफ्नो अयोग्यताको दोष सजिलै कुनै टाढाको देशमाथि थोपरेका छन् ।
समयान्तरमा कोरोनाभाइरसको सट्टा ‘चिनियाँ भाइरस’ शब्द प्रयोग गर्नु ट्रम्पको मन परिवर्तन मात्र थियो । उनको त्यो अभिव्यक्तिको मनसाय चीनको खेदो खन्नु नहुन सक्छ । तथापि त्यो अभिव्यक्तिले चीनको मन दुखाएको छ । अहिलेको परिस्थितिमा सम्भावित आर्थिक अवनति, भाइरसको सङ्क्रमण र दोस्रो कार्यकाल असुरक्षित बन्ने खतरा आदिको तुलनामा कम्तीमा चीन ट्रम्पको न्यून चिन्तनाको विषय हो ।
तर, फेबु्रअरीमा राष्ट्रपति एउटा फरक कुरा गरिरहेका थिए । उनले भाइरसको प्रतिरोधमा चीनको अभियानको प्रशंसा गर्दै महामारीमाथि विजय प्राप्तिको सफलताको कामना गरेका थिए । कथित पश्चिमा ‘स्वतन्त्र’ सञ्चारमाध्यमले चीनबाट अनेकन झुठा समाचार सम्प्रेषण गरिरहेको बेला ट्रम्पका यस्ता अभिव्यक्ति सार्वजनिक भएका थिए ।

आज संरा अमेरिका कोरोना भाइरसको महामारीको गहिरो सन्त्रासमा छ । मानिसहरू सरकारले काम गर्नुभन्दा धेरै बोलेको भन्दै आक्रोशित छन् । महामारीको प्रतिरोधको लागि सरकारले अझै पनि मनग्य आर्थिक सहायता र परीक्षण सामग्री उपलब्ध गराउन सकेको छैन । यो साझा दुश्मनविरुद्ध ऐक्यबद्धता र एकता कायम राख्न नसक्नु राष्ट्रपतिको विफलता हो । हामीले आपसमा रहेका भिन्नता र पूर्वाग्रही विचार एकातिर राखेर संसारले आज सामना गरिरहेको चुनौतीविरुद्ध लड्ने यो सबभन्दा उपयुक्त समय हो ।
अहिलेको लागि हामी यति बुझौँ–राष्ट्रपति ट्रम्पको शब्द ज्ञान निकै कमजोर छ । संरा अमेरिकाका केही मानिसको भनाइअनुसार चार कक्षा बराबरको शब्द ज्ञान । कोरोना भाइरसको उच्चारण मात्र पनि उनको लागि सजिलो कुरा होइन ।
स्रोतः बेइजिङ रिभ्यु
नेपाली अनुवादः सुशिला
Leave a Reply