भर्खरै :

‘लक डाउन’ बीच यसरी चलाइएको थियो विश्वविद्यालयका कक्षा

क्याब्रा ली
कोभिड–१९ को सङ्क्रमणपछि वसन्त पर्व मनाउन गएका सबै शिक्षक र विद्यार्थी आ–आफ्नो गृहनगरमा थुनिए । घरभित्र उनीहरूको काम नै के हुन्थ्यो र ? डम्पलिङ खाने, सुत्ने अनि उठेर फेरि डम्पलिङ खाने !
त्यहीबीच हप्तौँदेखि घरभित्र क्वारेन्टाइनमा बसेका केही विद्यार्थीहरूले ‘यस्तो बखत स्वस्थ रहनेमात्र होइन, केही सिक्नुपर्ने’ कुरा गरे । हुन त यो समय सङ्कटको समय थियो । तैपनि हामीले यो समयलाई सकेसम्म बढी उपयोगी बनाउन जरूरी थियो । हामीले सकेसम्म बढी कुरा सिक्न जरूरी थियो । धन्य ¤ हाम्रा हातमा आजकल प्रविधि छन् । अनलाइन कक्षा हामीलाई सकेसम्म ‘सामान्य’ अवस्थामा पु¥याउन तर्कसङ्गत र अनुसन्धानमूलक समाधान थियो । यो अनुभवबाट विद्यार्थी र शिक्षक दुवैले धेरै कुरा सिक्न सक्नेमा मलाई पूर्ण विश्वास थियो । तथापि कलेजको वसन्तकालीन सत्र सुरू हुन लाग्दा अनलाइन कक्षाले कसरी काम गर्ला भन्नेमा सबैको आतुरी थियो ।
म अमेरिकी प्राध्यापक हुँ । बितेका सात वर्षदेखि म चीनमा छु । विश्वविद्यालय तहमा म कानुनदेखि अङ्ग्रेजी बोल्ने र लेख्ने विषयको अध्यापन गराउँदै आएकी छु । अनलाइन कक्षासम्बन्धी समाचार पहिलोपटक सम्प्रेषण आउनेबित्तिकै म र मेरा सहकर्मीहरूले विभिन्न अनलाइन कक्षा दबुमध्ये कुन सबभन्दा बढी प्रभावकारी हुनसक्ने भनी सोधखोज गर्नथाल्यौँ । हामीले त्यत्तिबेला कस्ता समस्या सामना गर्नुप¥यो ? हामीलाई अधिकतम ब्यान्डविथ भएको उपयुक्त अनलाइन कक्षाको दबु खोज्नु थियो । साथै संसारभर विभिन्न समय क्षेत्रमा बसेका शिक्षकहरूलाई पनि सहज बनाउनुपर्ने थियो । त्यसमाथि विद्यार्थीहरू पनि चीनका विभिन्न प्रान्तमा छरिएका थिए । विद्यार्थीहरू बसेको ठाउँका इन्टरनेट साइट र गति पनि फरक–फरक थियो । लगभग सबै प्रमुख अनलाइन कक्षा दबुबारे सोधखोजपश्चात् हामी एउटा निष्कर्षमा पुग्यौँ ः कुनै पनि त्यस्ता दबुले हामीले चाहेजस्तो काम गर्नसक्ने रहेनछ । हामीसँग अपूर्ण विकल्पमात्र थिए । अनि मैले आफूलाई त्यो परिधिभन्दा बाहिर निकालेर सोचेँ । अनि उपयुक्त समाधानको लागि विश्वस्त वीच्याटलाई चुनेँ । यदि वीच्याटले सबै काम गर्नसक्छ भने अनलाइन कक्षा किन गर्नसक्दैन र ?
मैले पाठ्यसामग्री दिन, गृहकार्य तथा कक्षाकार्य परीक्षण गर्न र विद्यार्थीहरूसँग संवाद गर्न सधैँ वीच्याट समूह नै प्रयोग गर्थेँ । तर, के मैले वीच्याटमार्फत ठीक समयमा कक्षा सञ्चालन गर्न सकुँला ? यो मेरो लागि चुनौती थियो ¤ सुरूमा मैले नयाँ वीच्याट समूहको क्युआर कोड बनाएँ । शिशिरकालीन कक्षाका मेरो विद्यार्थीलाई त्यो क्युआर कोड पठाएँ । अनि उनीहरूलाई आफ्ना साथीहरूलाई पनि खबर पु¥याउन आग्रह गरेँ । केही मिनेटमै एक सय विद्यार्थी मेरो सम्पर्कमा आए । चौबीस घण्टाभित्रै झन्डै ९० प्रतिशत मेरा विद्यार्थीहरू मेरो सम्पर्कमा आए । धन्य ! प्रविधि र मिहिनेती विद्यार्थी !
कोही कोही विच्याटमा अनलाइन कक्षा सञ्चालनका बेफाइदाबारे गुनासो गर्छन् । शिक्षक वा विद्यार्थीलाई प्रत्यक्ष दृश्यमा देख्न नसक्नु र अधिकतम फाइल स्थानान्तर क्षमता सीमित हुँदा उनीहरूले यस्तो गुनासो गरेका हुन् । विच्याटमा केही चुनौती नभएको होइन । तथापि, प्रत्यक्ष भिडियो लेक्चर र÷वा रेकर्ड गरिएको लामो भिडियो शिक्षणको पुरानो तरिका हो । प्रविधिमा निपुण आजको जेड पुस्ताका विद्यार्थीलाई सकेसम्म प्रभावकारी तरिकामा सूचना सम्प्रेषण गर्ने यो सबभन्दा उत्तम माध्यम होइन । जब प्रविधि बढ्छ, तब त्यसप्रति हाम्रो ध्यान कम हुने देखिन्छ । त्यसकारण एक सय मिनेटको लागि प्रत्यक्ष श्रव्यदृश्य सामग्री हेर्दै बस्नु वा शिक्षक एक जनामात्र देखिने तीस मिनेटभन्दा लामो श्रव्यदृश्य लेक्चर दिनु आजको युगमा व्यवहारिक होइन । म ठोकेर भन्न सक्छु, अधिकांश विद्यार्थीलाई यस्तो अवस्थामा आफ्नो शतप्रतिशत ध्यान शिक्षणमा केन्द्रित गर्न सा¥है कठिन हुन्छ । कम्प्युटरमा लगातार शिक्षक बोलिरहेको सुनिरहनु निकै गा¥हो काम पनि हो । यो २०२० साल हो । हामीसँग संवाद गर्ने अनेकन विशिष्ट तरिका छन् । अहिलेको विशेष परिस्थितिमा शिक्षक र विद्यार्थी दुवैलाई नयाँशिक्षण र सिकाइ पद्धतिमा अभ्यस्त हुनुपर्ने बनाएको छ ।
उदाहरणको लागि लामा लामा भिडियो बनाउनुको सट्टा साना, मूल अवधारणामा आधारित विषयवस्तु प्रस्ट भएका पाँच मिनेट अवधिका तस्वीर बनाएँ । ती श्रव्य–दृश्यहरू प्रभावकारी र विद्यार्थीमैत्री छन् । केही निश्चित समयको लागि कक्षामा भौतिक उपस्थिति जनाउनु लक्ष्य होइन मेरो । बरू मैले जे पढाएको छु, त्यो कुरा विद्यार्थीले राम्रो बुझोस् भन्ने हो । कुनै परीक्षा उत्तीर्ण गराउनुमात्र मेरो लक्ष्य होइन, बरू व्यवहारिक जीवनमा प्रयोग गर्न सकिने पाठ पढाउनु हो । वास्तवमा अहिलेको अवस्थाले मलाई विच्याटमा नयाँ अङ्ग्रेजी पाठ्यसामग्री बनाउन हौस्यायो । यसबाट भविष्यमा थप विद्यार्थीसम्म पुग्न सकिने मेरो आशा छ । विशेषगरी भौतिक कक्षाभित्र विदेशी शिक्षकको पहुँच नहुने दुर्गम क्षेत्रका विद्यार्थीलाई मैले अहिले बनाएको पाठ्यसामग्री उपयोगी हुनसक्छ ।

अनलाइन कक्षाले लजालु विद्यार्थीलाई पनि फाइदाजनक छ । कक्षामा सामान्यतः अप्ठ्यारो मान्ने वा बोल्न डराउने मानिसलाई यो राम्रो अवसर हो । उनीहरूले आफ्नो कुरा भन्न सक्छन् । आफ्नो भाषिक आत्मविश्वास बढ्नेछ । साथै शिक्षक र आफ्ना साथीहरूसँग बढी अन्तरक्रिया गर्नसक्छन् । आफ्नो घरको अवस्थाअनुकूल कम्प्युटरको स्क्रिनमा विद्यार्थी र शिक्षकले आफ्ना काम गर्नसक्छन् ।
यसको अर्थ कक्षाकोठामा पढाउनुका सकारात्मक पक्ष नभएको भन्न खोजिएको होइन । तर, जब कुनै असामान्य अवस्था भित्रिन्छ, हामीले आफू उभिएको ठाउँबाट बाहिर निस्केर हेर्नसक्नुपर्छ । सकेसम्म उत्तम शिक्षणलाई निरन्तरता दिन सबै एकसाथ उभिनुपर्छ । यस्ता समस्या सबै एकजुट भएरमात्र सामना गर्न सम्भव छ । हामीले आफूलाई परिस्थिति अनुकूल बनाउनुपर्छ । आफूलाई परिवर्तन गर्नुपर्छ र समस्यामा जीत हासिल गर्नुपर्छ ।

मैले बनाएको त्यस्तै एउटा पाठअन्तर्गत विद्यार्थीहरूले विच्याट समूहमा सबभन्दा पहिले आफ्नो परिचयात्मक भिडियो बनाउनुपर्ने नियम बनाएँ । त्यसपछि सबैले सबैका भिडियो हेर्नुपर्छ । यति गरिसकेपछि हरेक विद्यार्थीले प्रश्नोत्तरको ढाँचामा आफ्नो साथीको विषयमा बोल्नुपर्ने हुन्छ । यो पाठ मेरा विद्यार्थीको लागि राम्रो माध्यम बन्यो । आफूले अङ्ग्रेजी बोलेको भिडियो आफैले कहिल्यै नदेखेका विद्यार्थीको लागि यो निकै राम्रो अवसर बन्यो । आफैँलाई क्यामेरामा हेरेर र कसरी आफ्नो ओठ चल्नेरहेछ भन्ने कुरा हेरेर उनीहरूले धेरै कुरा सिके । आफूले बोल्दा कस्तो देखिनेरहेछ भन्ने कुरा विद्यार्थी स्वयम्ले हेर्दा आफूबाट हुने गल्ती सच्याउन मद्दत हुन्छ । मेरो अनलाइन पाठ्यक्रमको यो विशेष भिडियो कार्य नहुँदो हो त उनीहरूले आफ्ना गल्ती थाहा पाउने र सच्याउन सक्दैनथे ।
विच्याटले उपलब्ध गराएको अर्को नयाँ सुविधा भनेको श्रव्य सन्देशलाई पाठ्यमा रूपान्तरण गर्नसक्नु हो । त्यसको अर्थ मैले विद्यार्थीलाई श्रव्य सामग्रीमात्र छोड्न सक्ने होइन बरू त्यसको सट्टा मेरो आवाजलाई अङ्ग्रेजीमा लिपिबद्ध गर्न पनि सकिन्छ । त्यसबाट विद्यार्थीले एक पटक मेरो प्रवचन सुन्नुका साथै लिखित सामग्री पढ्न पनि सक्नेछन् । यो तरिका कमजोर श्रवण क्षमता भएका विद्यार्थीको लागि उपयोगी हुन्छ अथवा कदाचित विद्यार्थीले सुन्दै गर्दा ध्यान अन्यत्र भङ्ग भए पनि उनीहरूले मुख्य कुरा छुटाउने छैनन् । च्याट लगमा सबै सन्देश हुने अवस्थामा विद्यार्थी र शिक्षकले आफूलाई आवश्यक पर्दा ती सामग्रीको अध्ययन गर्नसक्नेछन् । त्यसो गर्दा कुनै पनि काम छुट्नेछैन । त्यसअतिरिक्त च्याट लगले विद्यार्थीको सक्रियता मूल्याङ्कन गर्न शिक्षकलाई निकै सहज हुनेछ ।
अनलाइन कक्षाले लजालु विद्यार्थीलाई पनि फाइदाजनक छ । कक्षामा सामान्यतः अप्ठ्यारो मान्ने वा बोल्न डराउने मानिसलाई यो राम्रो अवसर हो । उनीहरूले आफ्नो कुरा भन्न सक्छन् । आफ्नो भाषिक आत्मविश्वास बढ्नेछ । साथै शिक्षक र आफ्ना साथीहरूसँग बढी अन्तरक्रिया गर्नसक्छन् । आफ्नो घरको अवस्थाअनुकूल कम्प्युटरको स्क्रिनमा विद्यार्थी र शिक्षकले आफ्ना काम गर्नसक्छन् ।
यसको अर्थ कक्षाकोठामा पढाउनुका सकारात्मक पक्ष नभएको भन्न खोजिएको होइन । तर, जब कुनै असामान्य अवस्था भित्रिन्छ, हामीले आफू उभिएको ठाउँबाट बाहिर निस्केर हेर्नसक्नुपर्छ । सकेसम्म उत्तम शिक्षणलाई निरन्तरता दिन सबै एकसाथ उभिनुपर्छ । यस्ता समस्या सबै एकजुट भएरमात्र सामना गर्न सम्भव छ । हामीले आफूलाई परिस्थिति अनुकूल बनाउनुपर्छ । आफूलाई परिवर्तन गर्नुपर्छ र समस्यामा जीत हासिल गर्नुपर्छ ।
(लेखिका अमेरिकी हास्यकलाकार, लेखिका, गीतकार, कलाकार र रेकर्डिङ आर्टिस्ट हुनुहुन्छ । उहाँ हाल पेइचिङमा बस्नुहुन्छ ।)
स्रोतः चाइना डेली
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *