भर्खरै :

सक्वको म राजदास– २४

 ई. राजदास श्रेष्ठ
“राज तपाईँ भगवानमा विश्वास गर्नुहुन्छ ?”
अन्ना पेट्रोभ्नाको सानो प्रश्न तर ठूलो जिज्ञासा थियो । यो प्रश्न मेरो लागि धेरै गा¥हो । हुन त गर्छु या गर्दिनँ भने पनि हुन्थ्यो, सीधा प्रश्नको सीधा जवाफ । तर, उनको त्यो प्रश्न थिएन केवल गर्छु या गर्दिनँ भन्नेमात्र जवाफ पाउने । हामी बहस गर्दै थियौँ धर्म र संस्कृतिबारे, महान अक्टोबर क्रान्तिबारे, अक्टोबर क्रान्तिले ल्याएको विश्वमा ठूलो तहल्काबारे ।
हो, महान अक्टोबर क्रान्तिपछि सोभियत सङ्घमा समाजवादी व्यवस्था लागू गरियो । माक्र्सवाद–लेनिनवाद दर्शनअन्तर्गत ठूलो क्रान्ति भयो । जार शासनको अन्त भयो । समाजवादी क्रान्तिको नाममा लाखौँ–लाख जनताको बलिदान भयो । तर, देशमा तत्काल शान्ति छाएन, तत्काल समाजवाद आएन । बरु उल्टो गृहयुद्ध भयो, भोकमरी भयो, देशमा ठूलो अन्योलग्रस्त परिस्थितिको सिर्जना भयो । कम्युनिस्ट सिद्धान्तले धर्म स्वीकार्दैन । माक्र्सले भनेका थिए, धर्म एक अफिम हो । राजनैतिकरूपमा धर्मको अन्त भयो सोभियत सङ्घमा । तर, जनमानसको मस्तिष्कबाट अझै हटेको थिएन धर्मको आस्था र प्रभाव सोभियत सङ्घमा । क्रान्ति भएको ५० वर्ष बितिसक्यो । तर, मस्कोको ठाउँ–ठाउँमा चर्च थिए । ती चर्चमा मानिस धेरै आएको देखिँदैनथे । तर, मान्छेको घर–घरमा भित्तामा जेसस बोकिरहेकी मारियाको तस्वीर झुन्डिरहेको, कोठाको भित्ताभरि जेसस क्राइस्ट, मारिया र पोपका तस्वीर सिङ्गारिएका थिए । त्यसकारण मलाई लाग्थ्यो, रुसी अझै धर्मप्रति विश्वास राख्थे, खास गरेर अग्रज नागरिकहरू ।
कम्युनिस्ट सिद्धान्तअनुसार देश चल्दै थियो । धर्मलाई स्कूल र क्याम्पसमा उच्च अध्ययन संस्थानमा अफिमकै रूपमा व्याख्या गरिन्थ्यो । हरेक शिक्षण संस्थामा कम्युनिस्ट घोषणापत्र पढ्नुपथ्र्यो । माक्र्सको द्वन्द्वात्मक भौतिकवाद पढ्नुपथ्र्यो र सोभियत सङ्घको इतिहास पढ्नुपथ्र्यो । विदेशी विद्यार्थीले पनि पढ्नुपथ्र्यो । तर, कम्युनिस्ट पार्टीको इतिहास पढ्दा कहीँ कतै स्तालिनको नाम लिइँदैनथ्यो† माओ त्सेतुङ्गको उच्चारण हुँदैनथ्यो । त्यसकारण मलाई लाग्थ्यो, सोभियत सङ्घले जुन बाटो अपनाइरहेको थियो त्यो साँचो मानेमा कम्युनिज्मको बाटो थिएन । मलाई कम्युनिज्मको नाममा भित्र–भित्र आफैँ दाल–भात पाकिरहेको जस्तो लाग्थ्यो । तर बोल्न केही हुँदैनथ्यो† केबल जे बोल्न भन्थ्यो त्योमात्र बोल्नुपथ्र्यो । विदेशीले मात्र होइन प्रत्येक सोभियत नागरिकले एकै स्वरमा बोल्नुपथ्र्यो । जे कुरा सर्वोच्च सोभियतले बोल्नु भन्थ्यो ।
यो कुरा प्रत्येक सोभियत जनतालाई थाहा थियो । तर, सबै जना ‘किंकर्तव्यविमूठ’ थिए । केही बोल्यो कि पोल्थ्यो । तर पनि व्यवस्था चलिरह्यो, सोभियत सङ्घ अगाडि बढिरह्यो । हामीले उनीहरूको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुने खालको कुरा गर्नु हुँदैनथ्यो । त्यो स्वाभाविक विषय थियो । त्यसकारण मन भित्र–भित्र थुप्रै जिज्ञासा र गुनासा भए पनि हामीले सोभियत सङ्घको राम्रो विषयलाई राम्रै भन्नैपथ्र्यो र मैले पनि सोभियत समाजको, सोभियत जनताको समर्थन गर्दै रहेँ । सोभियत सङ्घले प्रदान गरेको आतिथ्यको लागि कूतज्ञता ज्ञापन गर्दै रहेँ ।
सोभियत सङ्घको गएको तेस्रो वर्षमै मेरो एक सोभियत महिलासित विवाह भएको थियो । हामीबाट दुई सन्तानको जन्म पनि भयो । तर, मलाई कहिले कुनै बाधा व्यवधान भएन । सबै कुरा सरल ढङ्गले चल्दै गयो । सोभियत समाजमा भएका सबै सुख सुविधा मलाई प्राप्त भएकै थियो । मेरो ससुराली जाँदा मलाई श्रीमतीको घरमा ज्वाइँ भनेर स्वागत सत्कार गरेकै थियो । श्रीमतीले ससुराली जाँदा आफन्तकहाँ भेट्न लान्थिन् । आफन्त खुसीसाथ मसँग व्यवहार गर्थे । “राज हाम्रो ज्याच” भन्थे र अँगालो पनि मार्थे । ज्याच भनेको ज्वाइँ हो रुसी भाषामा ।

तत्कालीन सोभियत सङ्घमा जनस्वास्थ्य र शिक्षा सबैलाई सबै ठाउँमा निःशुल्क थियो । यही समाजवादको सबभन्दा राम्रो पक्ष हो । गाँस, बास र कपास पनि निःशुल्क नै जस्तो थियो । सबैलाई सबैकुरा उपलब्ध थियो तैपनि के हो के हो केही नपुगेको जस्तो थियो । म दुई हप्ता अस्पताल बस्दा मैले एक पैसा पनि खर्चिनु परेन बरु उल्टो मेरो दुई हप्ताको ४५ रुबल छात्रवृत्तिमा पाउने पैसा बच्यो । त्यस्तै मेरो विवाह हुँदा र दुई जना बच्चा पाउँदा पनि मेरो केही पैसा खर्च भएन । सोभियत सङ्घभित्र सबै अस्पताल र औषधि उपचार निःशुल्क थियो । यी सबै कुरा हुँदा पनि सोभियत सङ्घमा जनमानसबीच केही असन्तुष्टी फैलिरहेको थियो ।

मलाई केही उपहार पनि दिन्थे । हामीकहाँ जस्तै कमिज पाइन्टका कपडा दिन्थे । अनि फर्कने बेलामा मेरी बुढीलाई नदेख्ने गरी उनकी सानी आमाहरूले हातमा कसैले रुबल, कसैले ५० रुबलको नोट थम्याइदिन्थे । मैले त्यो कुरा सबै देख्थेँ । मेरी श्रीमतीलाई उनको माइतीका सबैले धेरै माया गर्थे । एक्ली छोरी भएकोले पनि र धेरै राम्ररी पढ्ने विद्यार्थी भएकोले पनि । श्रीमतीको एउटा भाइ थियो । तर, उनले राम्ररी पढ्न सकेनन् । त्यसकारण स्कूलपछि कुनै राम्रो इन्स्टिच्युट भर्ना हुन गएन । आफ्नै गाउँ सहर पेन्जामा नै बसिरहे । उनले केही मेकानिकल ट्रेनिङ्ग लिएको हुनुपर्छ । आफ्नो सहरमा उनी एक ट्रक ड्राइभिङ्गको काम गर्थे । मलाई पनि धेरै मनपराउँथे । पहिलो चोटि ससुराली जाँदा मलाई डर लागेको थियो कहीँ कतै मेरो बेइज्जत त गर्ने होइन भनेर । सोभियत रुसमा जात, धर्म केही नरहे पनि सोभियत सङ्घ रङ्गभेद नीतिको विरोधी भए पनि, धेरै रुसीहरूको रगतमा रङ्गभेदको रङ्ग बाँकी नै रहेको मैले आभास पाएको थिएँ । मुखले रङ्गभेदको विरोध गरे पनि काला जातिलाई ‘काले’ भनेर हेपेकै देखेको थिएँ । हामी (नेपाली, हिन्दी, बङ्गाली) हरूलाई ‘आजियात’ भनेर घृणा नै गर्थे । ‘आजियात’ भनेको रुसी भाषामा ‘एसियन’ हो ।
हामी इन्डियन सब कन्टिनेन्टका मानिसहरूलाई ‘आजियाती’ भन्थे । रुसीहरू ‘आजियाती’ भन्नुको भित्री अर्थ असभ्य जाति हो । यी सबै कुरा थाहा पाएर मैले कहीँ कुनै गुनासो पोखिँन र म सधैँ कृतज्ञ नै रहँे सोभियत सङ्घ र सोभियत जनताप्रति । मलाई उनीहरू धेरै राम्रै लागे र कसैले मलाई चित्त दुखाएन ।
कक्षामा गुरूले माया नै गर्थे । राम्ररी बुझाउँथे, सम्झाउँथे सबैले ‘राजा’ भनेर माया गरेर बोलाउँथे । म एकचोटि अपेन्डिक्सको अप्रेसन गर्न दुई हप्ता जति अस्पताल बसेको थिएँ । त्यसबेला मेरो विहे भएको थिएन । अस्पतालमा बस्दा डाक्टर, नर्सले धेरै राम्ररी औषधि उपचार गरे । अस्पतालको वार्डमा बस्ने अन्य बिरामीले पनि मसँग धेरै राम्रो र साथीजस्तै व्यवहार गरे, आफ्नै मानिसजस्तो ठान्थे र हाँसी–हाँसी गफ गर्थे । अनि उनीहरूलाई घरबाट ल्याइदिएका फलफूल र खानेकुरा पनि मलाई दिन्थे । किनभने उनीहरूलाई थाहा थियो मलाई त्यसरी घरबाट ल्याइदिने कोही थिएनन् । यद्यपि मेरा कक्षाका गुरू (रुसी भाषा पढाउने) ले हप्ताको एक–दुई चोटि आफ्नो समय मिलाएर मलाई अस्पतालमा हेर्न आउँथिन् र झोलाभरि खानेकुरा, जाम, जेरी, स्याउ, अङ्गुर, जुस, पाउरोटी ल्याइदिन्थिन् । अस्पताल भर्ना हुँदा एक पैसा पनि लागेन, न अस्पतालको शुल्क, न अप्रेसनको चार्ज, न खानेकुरा र औषधिको केही पैसा । सबै कुरा निःशुल्क थियो ।
तत्कालीन सोभियत सङ्घमा जनस्वास्थ्य र शिक्षा सबैलाई सबै ठाउँमा निःशुल्क थियो । यही समाजवादको सबभन्दा राम्रो पक्ष हो । गाँस, बास र कपास पनि निःशुल्क नै जस्तो थियो । सबैलाई सबैकुरा उपलब्ध थियो तैपनि के हो के हो केही नपुगेको जस्तो थियो । म दुई हप्ता अस्पताल बस्दा मैले एक पैसा पनि खर्चिनु परेन बरु उल्टो मेरो दुई हप्ताको ४५ रुबल छात्रवृत्तिमा पाउने पैसा बच्यो । त्यस्तै मेरो विवाह हुँदा र दुई जना बच्चा पाउँदा पनि मेरो केही पैसा खर्च भएन । सोभियत सङ्घभित्र सबै अस्पताल र औषधि उपचार निःशुल्क थियो । यी सबै कुरा हुँदा पनि सोभियत सङ्घमा जनमानसबीच केही असन्तुष्टी फैलिरहेको थियो ।
त्यसमध्ये एक धर्मप्रतिको आस्था पनि थियो जस्तो मलाई लाग्यो । सोभियत नीतिले धर्म मान्दैन, तर धर्म मान्नेप्रति पूर्ण प्रतिबन्ध पनि थिएन । चाहनेले धर्म मान्नसक्थे । धार्मिक सङ्घ संस्थानलाई सरकारले कुनै खर्च व्यहोर्दैनथ्यो । धर्म मान्नेहरू कम्युनिस्ट पार्टीका सदस्य हुन पाउँदैनथे । अनि कम्युनिस्ट पार्टीको सदस्य नभइकन कुनै सरकारी औपचारिक सङ्घ, संस्था र कार्यालयमा काम गर्न पाउने कुरा पनि भएन । यसरी अप्रत्यक्षरूपले सोभियत सङ्घमा धर्मप्रति प्रतिबन्ध लगाएको देखिन्थ्यो । युवा वर्गमा धर्मको खास चासो देखिँदैनथ्यो । उमेर पुगेका ज्येष्ठ नागरिकमा मात्र क्रिश्चियन अर्थोडक्स धर्मको प्रभाव रहेको देखिन्थ्यो ।
यही कुराको आधारमा मैले भनेँ, “अन्ना, म एक धार्मिक रुढीवाढीले ग्रस्त एक हिन्दू सामन्ती समाजमा जन्मे–हुर्केको मान्छे । बचपनमा म धर्मप्रति धेरै आस्था राख्थेँ । दिनदिनै बिहान देवताको पूजा अर्चना गरेरमात्र म चिया, नास्ता र पानी पिउँथँे । मेरो गाउँमा शतप्रतिशत मानिस धर्ममा विश्वास गर्थे । हाम्रो गाउँघरमा थुप्रै मन्दिर थिए र अहिले पनि छन् । हामीकहाँ बौद्ध बिहार र हिन्दू मन्दिर टोल–टोलमा छन् । त्यसमा पनि मैले वचपनमा ३–४ वर्ष संस्कृत विद्या पढेको थिएँ । संस्कृत भाषा र विद्याले गर्दा मेरो मन आस्तिकभित्र भित्रसम्म घुसेको छ । यो हिन्दू धर्म, आस्था र विश्वास र अहिलेसम्म हाम्रो समाज र देश यही धर्मको आधारमा चलिरहेको छ । मेरो रगतका कण–कणमा हिन्दू धर्मको प्रभाव छ । त्यसकारण मेरो मनबाट मैले चाहेर पनि यो धार्मिक आस्था र परम्परा हटाउन सकेको छैन । यद्यपि मलाई थाहा छ, हाम्रो देश र समाजमा धर्मको नाममा ठूलो शोषण, उत्पीडन र दमन भइरहेको छ । यो धर्मको नाममा ठूलो अन्याय अत्याचार भइरहेको छ हाम्रो समाजमा … सदियौँ कालदेखि…।

Leave a Reply

Your email address will not be published. Required fields are marked *