नेपाल–भारत सीमा विवाद टुङ्ग्याउनु जरुरी
- श्रावण १७, २०८३
-सुरेश परियार
रामासामी नायकर ( १८७९–१९७३ ) दक्षिण भारतका सामाजिक अभियन्ता थिए । आफ्नो ९५ वर्षे जीवनकालमा उनले अनेक सामाजिक, राजनीतिक अभियानहरू चलाए । स्वाभिमान आन्दोलन त्यस्तै मौलिक सामाजिक आन्दोलन थियो । उक्त आन्दोलनले ब्राÞमणवादले टाक्सिएको दक्षिण भारतीय समाजमा धर्मको आडमा मौलाइरहेको अर्थहीन कर्मकाण्ड, छुवाछुत, जातीय उँचनीच, अन्धविश्वास, बालविवाह र महिलामाथिको उत्पीडनको चर्को विरोध ग¥यो । राजनीतिक शिक्षामार्फत मानिसलाई तर्कहीन सबै दासत्वबाट मुक्त पारी स्वाभिमानसाथ बाँच्ने आधार निर्माण गर्नु स्वाभिमान आन्दोलनको उद्देश्य थियो । जान्ने भएदेखि नै रामासामीले अतार्किक रीतिरिवाजहरूको विरोध गरे । पछि भारतीय कांग्रेसको राजनीतिमा होमिए । छिट्टै नै उनको सामाजिक चिन्तन, दृढता र पिछडिएका जनताप्रतिको इमान्दारिताबाट स्वयं कांग्रेसका नेताहरू तर्र्सिए । नायकरले कांग्रेसभित्र ब्राÞम्हणवाद भोगे । तसर्थ सन् १९२५ मा उनले पार्टी परित्याग गरी स्वाभिमान आन्दोलनको आÞवान गरेका थिए । साथै उनले द्रविड राजनीतिको जग हाल्नका निम्ति लागि परे । ५० वर्षको उमेरमा उनी विश्व भ्रमणमा निस्किए । खासगरी सोभियत संघको भ्रमणपछि उनी वामपन्थी राजनीतिबाट प्रभावित भएको देखिन्छ ।
विश्वविद्यालय शिक्षाको मान्यताका आधारमा रामासामीलाई घागडान विद्धान नमानिएला । तर उनले जति देखेसुने, पढेजाने त्यति ज्ञानलाई उनले समाज परिवर्तनमा लगाए । भाषणहरूमार्फत उनले समाजमा पिँधमा परेका मानिसहरूलाई उकास्नका निम्ति नास्तिक विचारको प्रचारप्रसारमा अहोरात्र डटिरहे । यसै सिलसिलामा उनी बुद्ध र बौद्ध दर्शनसँग जोडिन पुगेका हुन् । विशेषतः सन् ५० को दशकपछि उनले बुद्धको शिक्षाबारे बोल्न थालेका हुन् । बुद्धबारे रामासामीको बुझाई निकै सिधा र सारपूर्ण रह्यो । यो लेख रामासामीको त्यहीँ बुझाईमा केन्द्रित रहनेछ ।
स्वाभिमान आन्दोलनसँग जोडेर रामासामी नायकरले बुद्धका शिक्षालाई घतलाग्दो पारामा सरलीकरण गरेका छन् । तिनलाई यहाँ क्रमशः छलफल गरिनेछ ।
बुद्ध को हुन् ? के कोही बुद्ध बन्न सक्छ ? रामासामी बुद्धबाटै शुरु गर्छन् । बुद्धले भने, “आफ्नो तर्कलाई मान, अनुसन्धान गर र अन्धविश्वास एवं अन्ध परम्परालाई त्याग ।” अर्थात् जसले सत्य खोज्नका लागि तर्कको, आफ्नो बुद्धिको प्रयोग गर्छ, त्यसैअनुरुप आचरण गर्छ त्यो बुद्ध हो । कुनै विचार कसले भनेको छ, त्यो महत्वपूर्ण होइन । तार्किक छ–छैन, व्यवहारले सत्य पुष्टि हुन्छ–हुन्न, त्यो महत्वपूर्ण हो । बुद्धले स्वयं आफूमाथि पनि प्रश्न गर्न सुझाए । बुद्धले भन्दैमा सत्य हुने होइन भनी सिकाए । यसको उल्टो हिन्दु धर्ममा ईश्वर, शास्त्र र पुराणमा आँखा चिम्लेर विश्वास गरेमा, मठाधीशहरूले भनेअनुरुप आचरण गरेमा मात्र स्वर्गको प्राप्ती हुन्छ भनिन्छ । नत्र क्रुर नर्कमा जाक्किने त्रास देखाइन्छ । तसर्थ रामासामी भन्छन्– ईश्वर, आत्मा, देवी, देवता, परलोक, अधोलोक, स्वर्ग, नर्कजस्ता बुझाईबाहिरका कुरामा विश्वास नगर । मान्छे तर्कशील प्राणी भएकाले आलोचनात्मक बन्नुपर्छ, बुद्ध बन्नुपर्छ भन्नेमा उनको जोड दिन्छन् ।
रामासामीले बौद्ध धर्मलाई दर्शन मान्छन् । बौद्ध दर्शन बुद्धको आफ्नो शिक्षामात्र होइन । यो त तर्कको दर्शन हो । बुद्धले जोड दिएर भने तर्क आफै गुरु हो । रामासामी यहीँ सन्दर्भमा “ बुद्धं शरणं गच्छामि” लाई अर्थाउँछन् – बुद्धि अथवा तर्कको सम्मान गर । बुद्धिको मार्गमा हिँड्नु बालबालिकाले हिँड्न सिक्नुजस्तै हो । विफलतापछि पनि निसंकोच प्रयास गर्दै रहनु । बुद्ध धर्मलाई रामासामी नैतिक सिद्धान्त, बुद्धिको धम्म (धर्म) मान्छन् । तसर्थ यो मानव धर्म पनि हो भनी अडान लिन्छन् ।
बुद्धले जीवन र जगत गतिशील देखे । बीचमा ईश्वरलाई घिसार्नुको आवश्यकतामाथि व्यङ्ग गरे । ईश्वरको अस्तित्व नकारे । ईश्वर सिद्धान्तलाई बलियो पार्न ल्याइएको आत्माको अवधारणालाई पनि मनगढन्ते भने । बुद्धलाई यसकारण अनिश्वरवादी र अनात्मवादी दुवै भनिन्छ । अनात्मवादको प्रचार गर्ने बुद्धको विरोध जसले ग¥यो ती सबै जातिवादी हिन्दु धर्ममा देवता वा साधुुसन्त कहलिए । तसर्थ रामासामी अघि बढेर भन्छन् – ईश्वर र आत्माको सिद्धान्तले जातिवादको संरक्षण गर्ने हुनाले प्रकारान्तरले बुद्ध जातिवाद उन्मुलनको पक्षमा थिए । ईश्वर र आत्माको विरोध गर्नुलाई रामासामी बुद्धको जाति उन्मुलनको रणनीति मान्छन् ।
बुद्ध बन्दनाका तीन सुत्र छन् । बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि । रामासामीले संगठनसित जोडेर यस बन्दनाको सटिक अर्थ लगाएका छन् । बन्दनामा बुद्धको अर्थ गुरु हो । संगठनसित जोडिएको व्यक्तिले आफूलाई गुरुमातहत राख्नुपर्छ । गुरुलाई प्रेम र आदर गर्नुपर्छ । गुरुको मार्गनिर्देशनमा चल्नुपर्छ । नत्र ऊ व्यक्तिगत स्वार्थवश संगठनमा रहेको ठहर्छ । त्यसैगरी संगठनका आदर्श, सर्त र सिद्धान्तहरूको इमानदारीतापूर्वक पालना गर्नु व्यक्तिको कर्तव्य हुन आउँछ । ती सिद्धान्त आफूअनुकूल छैनन् भने संगठन त्याग्नुपर्छ भन्ने संकल्प हो, धम्मं शरणं गच्छामि । यसमा धम्मंको अर्थ हो सिद्धान्त । त्यसैगरी संगठनप्रति आज्ञाकारी, समर्पित र निष्ठावान हुनु नै संगठनको सदस्यको कर्तव्य हो । संघंको अर्थ संगठन हो । संगठनलाई गतिशील बनाउन यो त्रिशरण बन्दनालाई बौद्धहरू प्रत्येक कार्यक्रमको आरम्भ र अन्त्यमा वाचन गर्छन् ।
बुद्ध दर्शन एक क्रान्तिकारी दर्शन थियो । यसले तत्कालिन समाजमा आर्य–ब्राÞमण दर्शन, संस्कृति र धर्मले जन्माएका अन्धविश्वास र कुरीतिहरूको भण्डाफोर ग¥यो । मानिसलाई कुनै महापुरुष, धर्मगुरु, दिव्य पुरुषको अनुगामी नबनाई मनगढन्ते र काल्पनिक धारणाहरूबाट मुुक्त गर्ने बाटो पहिल्यायो । मनुष्य स्वयंले आफ्नै चिन्तनबलमार्फत सत्य खोज्न सिकायो । वास्तवमा आर्य–ब्राम्हण दर्शन असभ्य युगको विचार थियो । बुद्ध दर्शन विकसित चेतनामा आधारित नयाँ दर्शन थियो । तसर्थ भिडन्त स्वाभाविक थियो । कालान्तरमा हिन्दु धर्ममा परिवर्तित भएको तत्कालीन आर्यवादले बुद्ध दर्शनलाई मेटाउन सम्भव सबै हत्कण्डा अपनायो । रामासामीले बुद्ध दर्शनसँग जोडिएको त्यो इतिहासलाई रोचक प्रमाणसहित प्रस्तुत गरेका छन् ।
वेदमा कुनै पूर्ण सत्ता, सर्वव्यापी, सर्वशक्तिमान र प्रत्येक कामको विधाता, निराकार ईश्वर छैन । त्यहाँ त इन्द्र, वायु, अग्नि, रुद्र, सूर्य, आदि देवताहरूको वर्णन छ । तिनका नैतिक अनैतिक क्रियाकलापको चित्रण गरिएको छ । विवाह गर्नु, चोरी गर्नु, हत्या गर्नु, व्यभिचार गर्नुजस्ता मानवीय गुणहरूले तिनलाई युक्त देखाइएको छ । तथापि उनीहरूलाई आफ्ना क्षेत्रको सर्वशक्तिमान बनाइएको छ । मानिसको आवश्यकताअनुुसार तिनलाई पुजाअर्चनाको पात्रको रुपमा उभ्याइएको छ । बुद्धकालिन समाजमा वेद र उपनिषद्मा आधारित आर्यवादले ईश्वर, आत्मा, पाप, पूण्य, पूर्वजन्म, पराजन्म, आदिको सृजना गरिसकेको थियो । एक हिसाबले ब्राÞम्हणवादले ईश्वरको सर्वोच्चता स्वीका¥यो भने बुद्धले नास्तिकताको प्रचार गरी मानिसलाई प्राथमिकता दिए । उनले प्रमाणमा नजाच्ने पुराना मान्यताहरूको खण्डन गरे । राजनीतिक सत्ता खाइपाइ आएका ब्राम्ह्णवादीहरूले कालान्तरमा अनेक जालझेल गरी बुद्ध दर्शनलाई विलुप्त पारे । उनीहरूले रामायण, महाभारत र गीता लेखेर राम र कृष्णलाई ईश्वरीय अवतारका रुपमा प्रचार गरे । विचारेर हेर्दा तिनको जन्म, चमत्कार र चर्तिकला उट्पट्याङ छन् भनी रामासामी व्याख्या गर्छन् । साथै पछिपछि बुद्ध धर्मको विरोध गर्नेहरू साधुसन्त बनाइए । भाग्यवाद र भक्तिवादको भरपुर प्रचार गरियो । रामायणमा बौद्धलाई नास्तिक र चोर भनिएको छ, तिनीहरूसँग संगत गर्नुहुँदैन भनी रामले भरतलाई सल्लाह दिएको उल्लेख छ । त्यस्तै नलयिश प्रबंधम् र तेवरम् नामक रचनाहरूमा चोर, हत्यारा र वैदिक यज्ञको प्रभाव नकार्नेहरू भनी बौद्ध र जैनहरूलाई घृणास्पद निन्दा गरिएको छ । ती ग्रन्थमा भक्तहरूद्वारा आफ्ना भगवान शिवको प्रार्थना गर्दै बौद्धहरूका पत्नी र बालबच्चाउपर दुष्कर्म गर्ने शक्ति देउ भनी प्रार्थना गरिएको छ । यस्तो प्रार्थना र गालीगलौजले मात्र नपुगेर बौद्ध मतानुयायीहरूलाई शुलीमा चढाउने, जिउँदै जलाउने, कोलमा पेल्नेजस्ता आततायी कार्य गरियो । काँचीपुरमका मन्दिरहरूमा बौद्धहरूलाई यातना दिइने तरिकाहरू मुर्ति बनाएर झल्काइएको देख्न पाइन्छ । मदुरै नामक वस्तीमा २००० बौद्ध श्रमणहरूको शिर शुलले छेँडेर ठडाइएको थियो । त्यस सामूहिक नरसंहारको सम्झनामा आज पनि त्यहाँ उत्सव मनाइन्छ । हिमालयको काखदेखि हिन्द महासागरसम्म बौद्ध धर्म फैलिएको थियो । तन्जौर, त्रिची लगायतका जिल्लाहरूमा सानो उत्खनन गर्दा पनि बुद्धका मुर्तिहरू भेटिन्छन् । विद्वानहरूका मतमा दक्षिण भारतका श्रीरङ्गम, काँचीपुरम, पलानी, तिरुपति लगायतका अनेक स्थानका बौद्ध विहारहरूलाई हिन्दु मन्दिरमा फेरिएको थियो । यी सबै कार्य शैव र वैष्णव अर्थात् हिन्दु धर्मको नाममा शासकहरूको स्वार्थपूर्तिका निम्ति गरिएका कुकृत्यहरू थिए । रामासामी भन्छन् – आज शान्ति, प्रेम र अहिंसाको जति ढोल पिटेपनि हिन्दुहरूले छलबलले धर्म परिवर्तन गराएका थिए ।
बुद्ध जयन्तीमा के गर्ने ? दक्षिण भारतमा बुद्ध जयन्ती मनाउनु स्वयं आर्यवादविरुद्ध हाँक थियो त्यसबेला । र उत्तिकै चुनौतीपूर्ण पनि थियो । एक ते बुद्ध जयन्तीमा सम्पन्न कार्यक्रमलाई तत्कालीन दक्षिण भारतमा आमसञ्चार जगतल महत्व नदिएको रामासामीको ठहर छ । अर्कोतिर बुद्धलाई आम मानिसले राम र कृष्णजस्तै देवता मान्ने गलत प्रचलन छ समाजमा । स्वयं हिन्दु धर्मले बुद्धलाई नवौँ अवतार भनी भ्रम छरेको छ । रामासामीको यसमा विमति छ । उनी हिन्दु ईश्वरलाईजस्तै फूलमाला चढाएर बुद्धको मुर्तिलाई पुजा गर्नुलाई तर्कहीन कर्मकाण्ड भन्छन् । आफूलाई बुद्धको अनुयायी भन्नेहरूले नै बुद्धको पुजाअर्चना गरेको, बुद्धको नाममा मठमन्दिर बनाएको र फलाहार चढाएको देख्दा रामासामीको मन कुँडिन्छ । यी क्रियाकलापहरू बौद्ध मतविपरीत छन् । राम, कृष्णलगायत हिन्दु ईश्वरहरूको ऐतिहासिक सम्पूर्णता छैन । तर बुद्ध ऐतिहासिक सत्यको दायरामा पर्ने जगजाहेर छ । तसर्थ रामासामी बुद्ध जयन्तीमा कम्तिमा यस्तो संकल्प लिन सुझाउँछन् – अबदेखि म मुर्तिपूजा गर्ने छैन, पुजाआजाको उद्देश्यले मन्दिर पस्ने छैन, वा कुनै पनि धर्मको चिन्ह धारण गर्ने छैन ।
रामासामी बुद्धका सर्वाधिक महत्वपूर्ण शिक्षासार निकाल्छन् । १) आफ्नो तर्कबुद्धिका साहाराले प्रत्येक कुरालाई जाँच, २) तिनै कुरा स्वीकार जो तिम्रा तर्कमा सही प्रतीत हुन्छन्, ३) बुझाईबाहिरका कुरामा आस्था नराख । जस्तै ईश्वर, आत्मा, देवी, देवता, परलोक, अधोलोक, स्वर्ग, नर्क, ब्राÞमण, शुद्र वा पाँचौ वर्णजस्ता काल्पनिक शब्दहरू । रामासामी हामीलाई झक्झकाउँछन् – जीवनलाई परम्पराका सीमाहरूबाट मुक्त गर । बुद्धले जस्तै विद्यमान रुढिवादी चिन्तनविरुद्ध संघर्ष गर ।
Leave a Reply