निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
नमस्कार,
स्थानीय तह निर्वाचन २०७४ को सन्दर्भमा हामी यहाँहरूको घरदैलोमा एउटा परिकल्पना बोकेर आएका छौं । जुन हाम्रै सामथ्र्य, व्यवस्थापन, एकता र समझदारीबाट अबको स्थानीय तह कार्यकालमै सम्भव छ ।
चाँगुनारायण नगरपालिका राजधानी उपत्यकाको असाध्यै सुन्दर र स्रोतसाधन युक्त नयाँ नगरपालिका हो । हामीसँग पहिल्यै स्थापित सम्पदाहरू छन् । विकासका केही आधारभूत पूर्वाधार बनिसकेका छन् । नयाँ परियोजना र स्तरोन्नतिका लागि थुप्रै ठाउँहरू छन् । मुख्यतः यस नगर क्षेत्रका नागरिकको चेतनास्तर, स्थानीय विकासप्रतिको चेष्टा र समर्पण अनुकरणीय छ । अब हामीलाई खाँचो परेको एक मात्र कुरा हो– इमान्दार, त्यागी, साहसी र दूरदर्शी नेतृत्व ।
नेपाल मजदुर किसान पार्टी स्थानीय विकासलाई दिगो, प्रभावकारी, भ्रष्टाचार–शुन्य र जनहितअनुकुल ढंगमा अगाडि बढाउने नीति र कार्यशैलीमा विश्वास राख्दछ । नगरवासीहरूले हाम्रो पार्टीलाई दिनु भएको स्नेह एवम् लामो समयदेखिको सद्भाव एवं सहकार्यको निम्ति हामी आभारी छौं ।
नगरवासीहरूसँग व्यापक अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा हामीले यो प्रतिवद्धतापत्र तयार गरेका हौं । हामी स्थानीयतह निर्वाचनमा विजयी भई नेतृत्वमा पुगेपछि पुनः यहाँहरूकै साथ एवं सहकार्यमा यसलाई कार्यान्वयन गर्नेछौं । पाँच वर्षे कार्यकालमा यसअनुरुपका विकास निर्माण सम्पन्न गर्न विषय विज्ञहरूसहितको नगर विकास आयोग (म्युनिसिपल प्लानिङ कमिसन) गठन गर्नेछौं ।
आफ्नो प्रतिवद्धताप्रतिको निष्ठा नै हाम्रो इज्जत र सम्पत्ति हो । हामी प्रण गरौं, अर्को पटकको स्थानीयतह निर्वाचनमा जानुअघि हामीले आफ्नो ठाउँमा धेरै नयाँनयाँ परिवर्तन ल्याइसक्नेछौं ।
हाम्रो पाँच बर्षका पाईलाहरु

१) सडक सञ्जाल
(क) चाँगुनारायण शहरी सडक
चानपा–१, दुवाकोट, सरस्वतीखेलदेखि न्यौपानेगाउँ–महादेवखोला– पिखेल–पकुनेपाटी– घुमाउने–जितपुर हुँदै ताथली गोठालेचौरसम्म नगरका सबै वडा जोड्ने पक्की सडक निर्माण ।
(ख) सम्पदा मार्ग (हेरिटज कोरिडोर)
– खासाङखुसुङ खोलामा सल्लाघारीदेखि खोलाको मुहानविन्दुसम्म तटवन्ध लगाई दायाँबायाँ सम्पदा झल्कने गरी सडक तथा आवश्यक पूर्वाधार निर्माण गर्ने ।
– ब्रम्हायणी घट्टे खोलादेखि मुहानपोखरीसम्म तटबन्ध लगाई दायाँबायाँ सम्पदा झल्कने गरी सडक तथा आवश्यक पूर्वाधार निर्माण गर्ने ।
– तब्याखुसी(दोर्खु खोला) देखि ठूली ब्रम्हायणीसम्म तटबन्ध लगाई दायाँबायाँ सम्पदा झल्कने गरी सडक तथा आवश्यक पूर्वाधार निर्माण गर्ने ।
(तीनै कोरिडोरलाई पर्यटकीय मनोरञ्जनस्थलका रूपमा विकास गर्ने र पर्यटकीय उद्यमलाई प्रोत्साहित गर्न विशेष कार्यक्रम ल्याउने)
(ग) पहाडी यात्रा मार्ग (हिल सफारी ट्रेल)
चाँगुनारायणमन्दिर–त्रिशुलडाँडाँ–तेलकोट–नगरकोट–कलमसी–खावाभञ्जाङ हुँदै नालाछापसम्म पर्यटकीय पहाडी यात्रा मार्ग निर्माण गर्ने ।
(घ) काठमाडौं–नगरकोट वैकल्पिक मार्ग
मध्यपुर गांखु–केएमसी–झौखेल(दोबु)–कमलपोखरी–ढुङ्गगेपाटी–गणेश मा.वि.(गुडी)–भाजुभैरब–घुमाउने–खरिपाटी सडकलाई पूर्णता दिई काठमाडौं–नगरकोट वैकल्पिक मार्गका रूपमा विकास गर्ने ।
(ङ) सडक स्तरोन्नति
– नालाछाप–थाकलमठ–तेलकोट–नाटय्श्वरी–साँगदह– मूलपानी (काठमाडौं) सम्म सडक स्तरोन्नति गरी बनेपा–काठमाडौं सडकको वैकल्पिक मार्गका रूपमा विकास गर्ने ।
– तेलकोट–साँखु, न्याँचापौवा–साखुको सडकको स्तरोन्नति गर्ने ।
– चाँगुनारायण नगरका अन्य विद्यमान सडकको स्तर सुधार गर्ने ।
– भइरहेको गोरेटो बाटोलाई समेत आवश्यकताअनुसार स्तरोन्नति गर्ने ।
२. शहरी आवास व्यवस्थापन
– स्थानीय जनताको माग र आवश्यकताअनुसार व्यवस्थित आवास क्षेत्र विकास गर्ने ।
– भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता लागू गर्ने ।
– आवश्यकताअुनसार सामुदायिक पार्क र बालउद्यान निर्माण गर्ने ।
– वैकल्पिक ऊर्जाका रूपमा सौर्य ऊर्जालाई प्रोत्साहित गर्ने र सौर्य सडक बत्तीको बन्दोबस्ता गर्ने ।
३. खानेपानी, सरसफाई र पर्यावरण, ढल व्यवस्थापन
– प्रत्येक घरमा शुद्ध पिउने पानीको बन्दोबस्त गर्ने ।
– नगरकोट, तेलकोट, बागेश्वरी, सुडाल, ताथली, चाँगुनारायणलगायत सबै वडाका पानीको स्रोत संरक्षण गर्दै वितरणको व्यवस्था गर्ने ।
– भइरहेका खानेपानी आयोजनालाई व्यवस्थित गर्ने ।
– स्थानीय स्रोतका खानेपानीको गुणस्तर कायम गर्न शुद्धिकरणको व्यवस्था गर्ने ।
– निजी आवास क्षेत्रमा सेफ्टी ट्यांकी र सम्भव भएका वस्तीहरूमा स्थानीयस्तरको उपचार पोखरी र ढलको व्यवस्था गर्ने ।
– उत्पादित फोहरलाई कुहिने र नकुहिने छुट्याई कुहिने फोहरलाई प्राङ्गारिक मल र नकुहिने फोहरलाई पुनः प्रयोग, पुनः प्रशोधन गर्ने ।
४ शिक्षा
– सार्वजनिक विद्यालयको गुणस्तर सुधारका निम्ति योजना तर्जुमा गर्ने ।
– प्राविधिक विद्यालय सञ्चालन गर्ने ।
– नगरका विद्यालय, कलेजलाई सूचना–सञ्चार तथा प्रविधि (आई.सी.टी) मैत्री बनाउने ।
– विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्ने ।
– प्राथमिक तहदेखि नागरिक शास्त्रको अध्ययन—अध्यापनलाई जोड दिने ।
– कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउन जोड दिने ।
५. स्वास्थ्य
– दक्ष चिकित्सकसहितको सुविधायुक्त स्वास्थ्य केन्द्र सञ्चालन गर्ने ।
– विपत् र आकस्मिक अवस्थालाई सम्बोधन गर्न आपतकालीन स्वास्थ्य सेवा (इमिडियट मेडिकल रेस्पोन्स टिम)को व्यवस्था गर्ने ।
– चाँगुनारायणमा विस्तारित वीर अस्पताल परियोजना यथाशिघ्र स्थापनामा न.पा.को संलग्नता र सहकार्यलाई प्रभावकारी बनाउन विशेष कदम चाल्ने
– असहाय, अशक्त र आर्थिक रूपमा विपन्न समुदायको उपचारमा सहयोग गर्ने ।
– मातृ तथा बाल स्वास्थ्य सुधार निम्ति विशेष कार्यक्रम ल्याउने ।
६. पर्यटन
– विश्वसम्पदामा सूचिकृत चाँगुनारायण मन्दिर क्षेत्रको संरक्षण र सम्वद्र्धन गरी सांस्कृतिक–धार्मिक पर्यटनलाई बढावा दिने ।
– नगरकोट, छालिङ्गको त्रिशुल डाँडा, खावाभञ्ज्याङ्ग लगायत अन्य उपयुक्त स्थान छनौट गरी भ्यू टावर निर्माण गर्ने ।
– सिटी म्युजियम निर्माण गर्ने ।
७. सामाजिक सुरक्षा र न्याय
– शिशुस्याहार केन्द्र स्थापना गर्ने ।
– ज्येष्ठ नागरिकका लागि आदर निकेतनको स्थापना गर्ने ।
– शारिरीकरूपमा अशक्त÷असहायका लागि विशेष सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने ।
– ज्येष्ठ नागरिक, एकल महिला तथा शारिरीकरूपमा अशक्तहरुको भत्ता घर घरसम्म पु¥याउने ।
– अत्याधुनिक सुविधायुक्त पुस्तकालय निर्माण गर्ने ।
– स्थानीयस्तरका विवाद, झैझगडा सुल्झाउन मेलमिलाप केन्द्र स्थापना गर्ने ।
८. सार्वजनिक सेवा
– नगर क्षेत्रमा नगरपालिकाको प्रत्यक्ष व्यवस्थापनमा सार्वजनिक यातायात सञ्चालन गर्ने ।
– नगरको प्रशासनिक सेवालाई चुस्त र झमेलारहित बनाउने ।
९. कर प्रणाली
– प्रगतिशील कर प्रणाली अपनाउने ।
– बाह्य पर्यटक शुल्क लागू गर्ने ।
– नगरपालिकाले लिन पाउने कर अधिकत्तम संकलन गर्ने ।
१०. कृषि
– अग्र्यानिक खेतीलाई प्राथमिकता दिई युवा पुस्तालाई कृषि उद्यमशीलतामा आकर्षित गर्ने ।
– कृषि उपजलाई सुरक्षित गर्न कोलस्टोरको बन्दोवस्त गर्ने ।
– कृषि उत्पादनका लागि व्यवस्थित बजार व्यवस्थापन गर्ने ।
– कृषि विज्ञान अध्ययन तथा तालिमका लागि व्यवस्था गर्ने ।
– सिचाईको आवश्यक बन्दोवस्त गर्ने ।
११. उद्यमशीलता
– सहकारी संस्थाहरूलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न उत्साहित गर्ने ।
– पर्यटन तथा संस्कृति सम्वद्ध उद्यमलाई प्रोत्साहित गर्ने ।
– युवाहरूलाई प्राविधिक शिक्षा, तालिमको व्यवस्था गर्नुका साथै आवश्यकताअनुसार परामर्शका लागि संयन्त्र विकास गर्ने ।
१२. रोजगारी
– नगरको विद्यमान जनसंख्या र पाँच वर्षभित्रको अनुमानित वृद्धिलाई ध्यानमा राखी नगर क्षेत्रभित्रै पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, सार्वजनिक सेवा, खेलकुदलगायत क्षेत्रमा अधिकत्तम रोजगारीका अवसर (जब अपर्चुटिनिटी) सृजना गर्ने ।
– नगर क्षेत्रमा स्थापित हुने उद्यमिमा स्थानीयवासीलाई रोजगारीको निम्ति विशेष प्राथमिकता दिने ।
१३. नागरिक सूचना सञ्जाल
– नगरपालिकाको व्यवस्थापनमा एफएम रेडियो सेवा सञ्चालन गर्ने ।
– नगरवासीका लागि इन्टरनेटको पहुँच सहज र व्यवस्थित तुल्याउने ।
– नगरपालिकाको आफ्नै अनलाइन समाचार सेवा सञ्चालन गर्ने ।
१४. युवा तथा खेलकुद
– हरेक बस्तीमा इनडोर खेलकुद सुविधासहितको कम्युनिटी स्पोर्ट सेन्टर बनाउने ।
– चाँगुनारायणको साँगदहमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने ।
– अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण प्रकृया अगाडि बढाउने ।
नेपाल मजदुर किसान पार्टी
चाँगनारायण नगर चुनाव परिचालन समिति
Leave a Reply