भर्खरै :

एशियाली मुलुकहरूद्बारा कोभिड १९ नियन्त्रणका कदमलाई अझ सशक्त

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार, मध्य यूरोपेली समय अनुसार मार्च २४ तारिख बेलुकी ६ बजेसम्म विश्वमा निश्चित गरिएको कोभिड-१९ महामारीको संक्रमितको कूल संख्या ३ लाख ७५ हजार ४ सय ९८ रहेको छ भने मृत्यु भएको संख्या १६ हजार ३ सय ६२ पुगेको छ। हाल विश्वका जम्मा १ सय ९५ वटा मुलुक र क्षेत्रमा कोभिड-१९ महामारीका संक्रमित भेटिएका छन्। यस्तो गम्भीर अवस्थामा रोगलाई अझ फैलिन नदिनका लागि एशियाली मुलुकहरूले सकारात्मक कदम चालेका छन्।भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च २४ तारिख बेलुकी ६ बजेसम्म भारतमा कोभिड-१९ महामारीका संक्रमितको कूल संख्या ५ सय १९ पुगेको छ। तीमध्ये ४० जना अस्पताबाट डिस्चार्ज भएका छन् भने ९ जनाले ज्यान गुमाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ तारिख राति सम्बोधन गर्दै मार्च २५ तारिख मध्य रातिदेखि समस्त भारतमा २१ दिनसम्म लकडाउन लागू गर्ने घोषणा गर्नुभएको छ।
यसका अतिरिक्त, इरान, कतार, सिंगापूर र मङ्गोलिया आदि एशियाली मुलुकहरूले आ-आफ्नो वास्तविक अवस्था बमोजिम रोग निवारण र नियन्त्रण कदमलाई अझ सशक्त बनाएका छन्। सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *