भक्तपुर, १२ चैत । भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच कोभिड–१९ को विश्वव्यापी संक्रमणबाट प्रभावित बनेको छ ।
चैत १३ गते बिहीबार भक्तपुरको बालाखु, व्यासीमा हुने नवदुर्गा जात्रा सरकारले कोभिड–१९ भाइरस रोकथाम हेतु लागु गरेको लक डाउनको कारण नगरिने नवदुर्गा देवगणले जनाएको छ ।
देवगणका एक सदस्यले दिनुभएको जानकारीअनुसार बुधबार देवगणका सदस्यहरूबीच आपसी सल्लाह पछि जिल्ला प्रशासन कार्यालय, भक्तपुर र भक्तपुर नगरपालिका समेतको परामर्शमा बालाखु र व्यासी क्षेत्रमा बिहीबार हुनुपर्ने जात्रा स्थगित गरिएको हो ।
बिस्का जात्राअघि बालाखुमा मात्र नवदुर्गा जात्रा गरिने भएकोले हाललाई सो स्थानको मात्र जात्रा स्थगित गरिएको र अन्य स्थानको जात्रासम्बन्धित आवश्यक निर्णय पछि नै गरिने बताइएको छ ।
बिस्का जात्रा पछि परिस्थिति सामान्य बने भक्तपुरको तुलाछें, चोछें र इछु टोल र काभ्रेको बनेपा, पनौती आदि स्थानमा नवदुर्गा जात्रालाई निरन्तरता दिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *