भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालमा आएकी आशङ्कित विरामीको परीक्षण निगेटिभ

भक्तपुर, १२ चैत । कोभिड–१९ को आशङ्का गरिएका भक्तपुर क्यान्सर अस्पतालमा उपचारको लागि आएकी एक जना विरामीको परीक्षण नतिजा नेगेटिभ आएको छ । भक्तपुर क्यान्सर अस्पतालमा हड्डीको क्यान्सरको नियमित उपचार गराइरहेकी विरामी ज्वरो आएकोले अस्पतालमा मंगलबार उपचारको लागि आएकी थिइन् । आशङ्का गरिएकी विरामीका बुवा केही दिनअघि मात्र खाडी देशबाट फर्केकोले कोभिड–१९ को आशङ्का गरी स्वाब परीक्षणको लागि मंगलबारस स्बाब टेकु अस्पताल पठाएको थियो । टेकु अस्पतालले बुधबार उनको स्बाबमा कोभिड–१९ भाइरस नेगेटिभ देखाएको थियो ।
विरामीलाई हाल भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा विरामीको उपचारमा लागेका तीन जना स्वास्थ्यकर्मीलाई हाल अस्पतालमै क्वारेन्टिनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *