निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
बैतडी, २८ वैशाख । तल्लोस्वराडमा पर्ने नेपाल–भारत सीमाक्षेत्र कुस्मतघाट नाकामा आजदेखि आवतजावत बन्द भएको छ ।
आज बिहान शिवनाथ गाउँपालिकाको शर्मालीस्थित नेपाल–भारत सीमामा अवस्थित कुस्मतघाट महाकाली नदीमा डुङ्गा चालक (माझी)लाई भारतीय युवाले कुटपिट गरेपछि सीमाक्षेत्रमा आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख कमलबहादुर विष्टले जानकारी दिनुभयो ।
तीन चार भारतीय युवकको समूह नेपालमा विवाहमा आई नेपालमै मादक पदार्थ सेवन गरेर महाकालीमा डुङ्गा चलाइरहेका नेपाली धनवीर साउदलाई कुटपिट गरेको प्रहरीले बताएको छ । धनवीरकै डुङ्गाबाट यात्रा गर्दै भारत गएका युवाले भारतमा पुगेपछि साउदलाई कुटेको बताइएको छ । कुटपिटपछि आक्रोशित नेपालीले सीमाक्षेत्र बन्द गराएका हुन् । रासस
Leave a Reply