भर्खरै :

इटालीमा तेस्रो चिनियाँ चिकित्सक टोली

काठमाडौं
छिमेकी देश चीनले कोभिड–१९ को महामारीबाट नराम्ररी पिरोलिएको युरोपेली देश इटालीमा तेस्रो चिकित्सक टोली पठाएको छ । चीनको फुचियान प्रान्तबाट चौध जनाको चिकित्सक टोली बुधबार इटालीतिर प्रस्थान गरेको हो ।
टोलीमा विशेषज्ञ चिकित्सक तथा फुचियानको रोग रोकथाम तथा नियन्त्रण केन्द्रका विज्ञहरू समावेश छन् । टोलीमा आनहुई प्रान्तका चिकित्सकहरू पनि सामेल छन् । टोलीमा श्वासप्रश्वास, सघन उपचार, संक्रामक रोग, अस्पतालमा हुने संक्रमण नियन्त्रण, परम्परागत चिनियाँ औषधि विज्ञान र नर्सिङका विज्ञ जनशक्ति समावेश गरिएका छन् ।
टोलीले ३० वटा भ्यान्टिलेटर, २० सेट मेडिकल मोनिटर, ३ हजार वटा सुरक्षात्मक सुट, ३ लाख वटा मास्क, २० हजार वटा एन९५ मास्क, ३ हजार वटा फेस सिल्ट लिएर उता तिर गएको छ ।
इटालीमा यसअघि दुई समूहमा २२ जना चिकित्सकहरू उता गइसकेका छन् । उनीहरूले २० टन बराबरको चिकित्सकीय सामग्री इटाली लगेका छन् । बुधबार गएको टोलीले इटालीको तसुकानी क्षेत्रमा काम गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *