नारायण महर्जन, कीर्तिपुर
नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर दू्रतगतिमा फैलिरहेको समयमा आ–आफ्नो देशमा संक्रमण हुन नदिन बढी संक्रमण नगराउन राज्य/सरकारले सर्तकर्ता अपनाउन थालेका छन् ।
चीनको उहानबाट सुरु भएको यो कोभिड–१९ नामक भाइरसले विश्वका १९५ देशमा बसाई सरेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेकोले सतर्क रहन अनुरोध गरेलगत्तै नेपाल सरकार र नेपाली जनता चिन्तित बनेको, सतर्कता अपनाउन थालेको हामी सबै जानकार छौं । नेपालमा पहिलो संक्रमण माघ १० गते चीनबाट नेपाल फर्केका धनुषा निवासी पहिलो कोरोना पुष्टि गरे पनि नेपालको सरुवा रोग अस्पताल टेकुमा उपचारपछि घर फर्केको खुसीको समाचार बनेको थियो ।
सतर्कता अपनाउँदा अपनाउँदै चैत्र ४ गते फ्रान्समा अध्ययनरत एक विद्यार्थी फ्रान्सबाट दोहा कतार हुँदै नेपाल काठमाडौं झरिन् ।
विदेशबाट काठमाडौं झर्ने कति जना छन् भन्ने चासो दोस्रो व्यक्तिमा संक्रमण फेला नपर्दासम्म राज्य चुप बस्यो ।
जब नेपाली १९ वर्षे एक युवतीलाई भियतनामकी साथीले चैत्र ७ गते आफू कोरोना संक्रमण भएको समाचार सुनाएपछि नेपाली युवतीले ८ गते नै राष्ट्रिय प्रयोगशाला केन्द्र टेकुमा परीक्षण गर्न पुगिन् र त्यसको रिपोर्ट ९ गते राति ८ बजे कोरोना पोजिटिभ देखियो । तत्कालै अस्पतालले नेपाल सरकार, स्वास्थ्यमन्त्रीलाई खबर गरे र त्यही बेलुकी १० बजे सरकारी एम्बुलेन्सबाट टेकुस्थित सरुवा रोग अस्पताल आइसोलेशन वार्डमा भर्ना गरियो ।
चैत्र १० गते स्वास्थ्य मन्त्रालयमा दिनको १२ बजे पत्रकार सम्मेलन गरी कोरोनाको संक्रमणको पुष्टि गरियो र १० गते बेलुकी नै ११ गते विहान ६ बजेदेखि १८ गतेसम्म नेपाल लकडाउनको घोषणा भयो ।
४ गते नेपालको काठमाडौं भित्रिएको जहाजमा कति जना थिए । समाचारमा फरकफरक डाटा आइरहेका छन् । कसैले २०४ जना र कसैले १५८ जना, सरकारले स्पष्ट पार्न जरुरी छ । जे जति सख्ंयामा होस्, ती व्यक्तिहरुलाई परिवारको सम्पर्कमा पुगिसकेका छन् भने सबै परिवार नै १४ दिनको क्वारेन्टाइनमा राख्न जरुरी थियो । ती परिवारलाई होम क्वारेन्टाइन होइन, सरकारले व्यवस्था गरेको अलगै क्वारेन्टाइनमा राख्न लग्नु पर्दथ्यो । जसको कमजोरीले संक्रमणबाट सचेत हुन लकडाउन भएको छ ।
लकडाउनको समयमा फेरि संवेदनशील बन्नुपर्ने अवस्था सिर्जना भएको छ । चैत्र ४ गते त्रिभुवन विमानस्थलमा थर्मलगनले सामान्य देखाएझैं चैत्र ६ गते साउदी अरवबाट कतार हुँदै नेपाल भित्रिएका नेपालीहरु थर्मलगनले सामान्य देखाएकाहरु कीर्तिपुरलगायत काठमाडौंका विभिन्न नगरमा विदेशबाट फर्केका नेपालीहरु आ–आफ्नो घर पुगेका खबर छन् ।
चैत्र ४ गते पुगेकी युवती जसरी केही दिनपछि कोरोना पुष्टि भएझैं चैत्र ६ गते काठमाडौं झरेका नेपालीमा कोरोना नहोस् भनी कामना गरौं । तर ती व्यक्तिहरु परिवारको सम्पर्कमा बसिसकेकोले ती सबै परिवारलाई १४ दिनको क्वारेन्टाइनमा राख्न सके संक्रमणबाट हामी बच्न सक्छौं नत्र लकडाउनले सुनसान कीर्तिपुर र अन्य सहरहरु अझ संवेदनशील पनि हुनेछ ।
विदेशबाट आएका नेपाली र तिनका परिवारलाई १४ दिनको क्वारेन्टाइनमा राख्न जरुरी छ ।
आशा गरौं जो जसको परिवार विदेशबाट नेपाल फर्के, परिवारको सम्पर्कमा कम्तीमा १४ दिनको क्वारेन्टाइनमा बसी सहयोग गरेमा भलै नतिजा नेगेटिभ होस् र सबै कोरोनाबाट बच्ने अभियानमा सहयोग हुनेछ ।
दोस्रो लकडाउनको समयमा कोही बाहिर ननिस्कनु धेरै बुद्धिमानी र सतर्कता हुनेछ ।

फोटोः वीरेन्द्र शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *