भर्खरै :

‘लक डाउन’ एउटा अवसर–डब्लयुएचओ

काठमाडौं
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले कोभिड–१९ को विश्वव्यापी महामारी रोकथामको लागि सबै देशलाई स्वास्थ्यकर्मीहरूको बिस्तार, तालिम र परिचालन गर्न आवश्यक भएकोमा जोड दिनुभएको छ । नियमित पत्रकार भेटघाटमा बोल्दै उहाँले सबै देश समुदाय तहमा कोभिड–१९ का सबै आशंकित व्यक्ति पहिचान गर्ने प्रणाली बिस्तार गर्न आवश्यक भएको बताउनुभएको छ । साथै यो भाइरसको परीक्षण गर्ने सामग्रीको उत्पादन, क्षमता बिस्तार र सहजतामा पनि उहाँले जोड दिनुभएको छ ।

“संक्रमण रोकथाम र नियन्त्रणमा ल्याउने यो सबभन्दा उत्तम उपाय हो । यति गरे पछि सर्वसाधारणको जीवनमा अहिले लगाइएका रोक फुकुवा गरे पनि संक्रमण पुनः फैलिने छैन”, उहाँले भन्नुभयो ।

टेड्रोसले संक्रमित विरामीको पहिचान, अनुकूलन र उनीहरूको उपचार तथा अलग राख्न साधनसम्पन्न बनाउनु अपरिहार्य भएको बताउनुभयो । कोभिड–१९ को महामारी नियन्त्रण गर्ने विषयमा सरकारहरूले पूर्णतः ध्यान दिन जरुरी भएकोमा जोड दिंदै उहाँले रोकथामबारे प्रष्ट योजना र क्वारेन्टिन सम्पर्कको प्रक्रिया निर्धारण गर्नुपर्ने बताउनुभयो ।
“संक्रमण रोकथाम र नियन्त्रणमा ल्याउने यो सबभन्दा उत्तम उपाय हो । यति गरे पछि सर्वसाधारणको जीवनमा अहिले लगाइएका रोक फुकुवा गरे पनि संक्रमण पुनः फैलिने छैन”, उहाँले भन्नुभयो ।
महानिर्देशक टेड्रोसले हाल संसारका सरकारहरूले कोभिड–१९ को संक्रमण विरुद्ध लगाएको अभूतपूर्व लक डाउनलाई ‘अवसरको दोस्रो मार्ग’ को संज्ञा दिनुभयो । बुधबारसम्ममा संक्रमण संसारका १९६ देशमा सरिसकेको छ । हालसम्म ४ लाख १६ हजार ६८६ जना मानिसमा संक्रमण भइसकेको छ । यो संक्रमणको कारण मर्नेको संख्या १८ हजार ५८९ पुगेको छ । हाल युरोपका इटाली, स्पेन, संरा अमेरिका संक्रमणबाट बढी प्रभावित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *