नयाँ दिल्ली, २६ मार्च । भारतको राजधानी नयाँ दिल्लीको एउटा टोल(मोहल्ला)का आठ सय मानिसलाई क्वारेन्टिनमा राखिएको छ । टोलको क्लिनिकका चिकित्सकमा गरिएको स्वास्थ्य परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिए पछि सो टोलमा उनको सम्पर्कमा आएका सबै मानिसलाई क्वारेन्टिनमा राखिएको हो ।
टोलका चिकित्सक र अन्य चार जना सर्वसाधारणलाई साउदी अरबबाट फर्केकी एक महिलाबाट कोभिड–१९ को संक्रमण भएको थियो । चिकित्सकका श्रीमती र छोरीमा पनि कोभिड–१९ को संक्रमण भएको छ । हालसम्म कोभिड–१९ को संक्रमणबाट संक्रमितको संख्या दिल्लीमा ३६ पुगेको छ ।
८ सय मानिसलाई चौध दिन क्वारेन्टिनमा राखिनेछ ।