भर्खरै :

संक्रमितको कुल संख्यामा संरा अमेरिका सबभन्दा अघि

न्यु योर्क
कोभिड–१९ संक्रमणको पछिल्लो तथ्याङ्कले संरा अमेरिका सबभन्दा अग्रस्थानमा देखाएको छ । संरा अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ प्रणाली केन्द्रले जनाएको अनुसार संरा अमेरिकी स्थानीय पूर्वी समयअनुसार बिहीबार साँझ ६ बजेबाट त्यहाँ संक्रमितको संख्या ८२ हजार ४०४ पुगेको छ ।
“कोभिड–१९ को संक्रमणको संख्यामा संरा अमेरिकाले चीनलाई उछिनेको छ”, केन्द्रले भन्यो ।
संरा अमेरिकामा बितेका पाँच घण्टाभन्दा कम समयमा संक्रमितको संख्या दस हजारभन्दा बढी संख्याले बढेको छ । संरा अमेरिकाको न्यु योर्क सहर महामारीको केन्द्र बनेको छ । त्यहाँ ३७ हजार ८०२ जना मानिस संक्रमित भएका छन् । न्यु योर्क राज्य पछि सबभन्दा बढी संक्रमितको संख्या न्यु जर्सी र क्यालिर्फोनियामा छन् । न्यु जर्सीमा ६ हजार ८७६ र क्यार्लिफोनियामा ३ हजार ८०२ जना संक्रमित भएका छन् ।
कोभिड–१९ को कारण संरा अमेरिकामा मर्नेको संंख्या १ हजार १७८ जना पुगेको छ । तीमध्ये २८१ जना न्यु योर्कमा छन् भने वाशिङ्टनको किङ्स काउन्टीमा एक सय मानिस मरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *