भर्खरै :

क्युवाली सहायता नलिन संरा अमेरिकाको अमानवीय दबाब

वाशिङ्टन
कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध संसारका विभिन्न देशमा समाजवादी देश क्युवाले गरेको चिकित्सकीय सहायता साम्राज्यवादी देश संरा अमेरिकाको निम्ति टाउको दुखाईको विषय बनेको छ । संरा अमेरिकी ट्रम्प सरकारले क्युवाको चिकित्सकीय सहयोग नलिन विभिन्न देशलाई दबाब दिएको बेलायतबाट प्रकाशित ‘द मर्निङ स्टार’ पत्रिकाले लेखेको छ ।
यतिबेला क्युवाले महामारीविरुद्ध विश्वव्यापी प्रतिरोधमा सक्रिय भूमिका खेलिरहेको छ । उसले महामारीबाट सबभन्दा बढी प्रभावित देशमध्येको इटालीलगायत विभिन्न देशमा आफ्नो चिकित्सक टोली परिचालन गरेको छ ।
क्युवासँग भएको इन्टरफेरोन अल्फा–२ बी नामको औषधि कोरोना भाइरसबाट संक्रमित विरामीको उपचारमा प्रभावकारी पुष्टि भएको छ । चीनले कोरोना भाइरस संक्रमित विरामीलाई हुने श्वासप्रश्वाससम्बन्धि समस्याको उपचारको लागि उपयुक्त ठानेका ३० थरी औषधिमध्ये यो पनि पर्दछ । सो औषधिबाट हालसम्म १५ हजारभन्दा बढी विरामीको प्रभावकारी उपचार भइसकेको छ ।
तर, मानव जातिमाथि आइपरेको यो महामारीविरुद्ध क्युवाले थालेको प्रशंसनीय कदमलाई संरा अमेरिकाले भने निकै छुद्र नजरले हेरेको छ । वाशिङ्टनले चिकित्सकीय सहायता पठाउनु पछाडिको क्युवाको लक्ष्य कोभिड–१९ को महामारी रोक्नु नभई पैसा कमाउनु भएको भनी झुटा कुरा गरिरहेको छ ।

ब्राजिलमा फासीवादी जएर बोल्सोनारोको दक्षिणपन्थी सरकार आएयता १० हजारभन्दा बढी क्युवाली चिकित्सकहरूलाई फिर्ता पठाइएको थियो । बोल्सोनारोले क्युवाली चिकित्सकहरूलाई ‘सेतो एप्रोन लगाएका आतंकवादी’को संज्ञा दिएका थिए । तर, कोरोना भाइरसको महामारी ब्राजिलमा पनि फैलिएसँगै बोल्सोनारोले चिकित्सकीय सहयोगको निम्ति क्युवालाई आग्रह गर्न बाध्य भएका छन् ।

क्युवाले कुनै पनि आपतकालीन र मानवतावादी मिसन पठाएर पैसा लिने गर्दैन । बरु आफूसँग भएका चिकित्सकीय सामग्री, औषधि र चिकित्सकीय ज्ञान संकटग्रस्त देशको हितमा भरपूर प्रयोग गर्ने गरेको छ ।
हवानास्थित संरा अमेरिकी राजदुतावासले अन्तर्राष्ट्रिय मिसनमा जाने क्युवाली चिकित्सकहरूको तलब क्युवा सरकारले लिने गरेको झुठा आरोप लगाएको छ ।

विभिन्न देशमा न्यायपूर्ण आन्दोलन र प्राकृतिक विपत्तिको समयमा सहायता गर्ने क्युवाली परम्परा आजमात्र सुरु भएको होइन । सन् १९५९ मा क्युवाली क्रान्ति सम्पन्न भए यता क्युवाले यस्ता सहायताका कामलाई निरन्तरता दिंदै आएको छ । २०७२ सालको भूकम्पको समयमा क्युवाले नेपालमा चिकित्सकीय सहायता टोली पठाएको थियो । संरा अमेरिकामा क्याटरिना नामको आँधी हुरी आउँदा समेत क्युवाले सहयोगको प्रस्ताव गरेको थियो ।
क्युवाको स्वास्थ्य सेवा संसारकै सबभन्दा उत्कृष्ट मानिन्छ । क्युवाको विदेशमन्त्रालयले दिएको तथ्याङ्कअनुसार सन् १९६० दसक यता १६० देशमा ६ लाखभन्दा बढी क्युवाली चिकित्सकहरू गएर जनताको सेवा गरेका छन् । अहिले पनि ६० देशमा क्युवाली चिकित्सकीय टोली सक्रिय छन् । यसरी परिचालित चिकित्सकीय टोलीमध्ये दुई दर्जन देशमा क्युवाले एक पैसा पनि लिने गरेको छैन । अरु देशले भने क्युवाली चिकित्सकहरूलाई केही रकम दिने गरेको छ । यसरी विदेशमा गएका चिकित्सकबाट क्युवालाई वर्षमा ६ अर्ब ३० करोड अमेरिकी डलर आम्दानी हुने गर्छ । त्यो रकमले बितेका ६ दसकदेखि साम्राज्यवादी आर्थिक नाकाबन्दी सामना गरिरहेको क्युवालाई नाकाबन्दीको दुष्प्रभाव कम गर्न केही मद्दत हुँदै आएको छ ।
गत वर्ष संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा ‘प्रजातन्त्र कमजोर बनाउन’ क्युवाको सो कार्यक्रमले मद्दत गरिरहेको भने पछि क्युवाको सो चिकित्सकीय मिसन कार्यक्रममाथि तीब्र हमलाको थालनी भएको हो । त्यत्तिबेला ट्रम्प प्रशासन भेनेजुयलाका समाजवादी नेता निकोलस माडुरोलाई सत्ताच्युत गर्ने असफल मिसनमा लागेको थियो ।
वाशिङ्टनको दबाब पछि विभिन्न दक्षिणपन्थी नेतृत्व रहेका देशले क्युवाली चिकित्सकहरूलाई फिर्ता पठाएको थियो । ब्राजिलमा फासीवादी जएर बोल्सोनारोको दक्षिणपन्थी सरकार आएयता १० हजारभन्दा बढी क्युवाली चिकित्सकहरूलाई फिर्ता पठाइएको थियो । बोल्सोनारोले क्युवाली चिकित्सकहरूलाई ‘सेतो एप्रोन लगाएका आतंकवादी’को संज्ञा दिएका थिए । तर, कोरोना भाइरसको महामारी ब्राजिलमा पनि फैलिएसँगै बोल्सोनारोले चिकित्सकीय सहयोगको निम्ति क्युवालाई आग्रह गर्न बाध्य भएका छन् ।
विश्वव्यापी महामारीको संक्रमणविरुद्ध क्युवा र चीनले परिचालन गरेको सहायता यतिबेला आफै महामारीले थला परेको संरा अमेरिकाको लागि ठूलो टाउको दुखाइको विषय बनेको छ । यस्तो महामारीको महासंकटको बेला संरा अमेरिकाले इरान र भेनेजुयलामाथिको नाकाबन्दी अझ कडा गरेर आफ्नो मानवताविरोधी रुप उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *