नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
रामकाजी खाइजू
विश्वभर महामारीको रूपमा पैmलिरहेको कोभिड–१९ नेपालमा पैmलिन नदिन सरकारले पहिलो पटक २०७६ चैत ११ को बिहान ६ बजेदेखि २०७६ चैत १८ को बेलुका ६ बजेसम्म एक साता देशभर लकडाउन गर्ने निर्णय लियो । कोभिड–१९ को कारक कोरोना भाइरसको सङ्क्रमणको केस नेपालमा पनि देखापरेपछि यसको थप सङ्क्रमण रोक्न सरकारले निर्णय गरेको सबैले बताइरहेका छन् । मानिसबाट मानिसमा सर्ने तर औषधि उपचार पत्ता लागिनसकेको रोग पैmलिन नदिन गर्नुपर्ने रोकथामको उपाय नै मानिस मानिसबीचको सम्पर्क टुटाउनु हो । यसकै लागि सबै मुलुकहरूले लकडाउनको उपाय अपनाएका हुन् ।
चीनको उहानबाट पैmलिएको मानिएको कोरोना भाइरस अरू देशमा जस्तै नेपालमा पनि विदेशबाटै आयात भइरहेको प्रस्ट छ । यो भाइरस विदेशबाट कुनै पनि मार्गबाट स्वदेश आउने मानिसले आपूmसँगै देशभित्र बोकेर ल्याएको प्रमाणित भएको छ । कोभिड–१९ को हालसम्म कुनै औषधि र उपचार पत्ता लागिसकेको छैन । त्यसैले यसको रोकथाम भनेकै विदेशबाट कुनै पनि मार्गबाट स्वदेश आउने मानिसमा कोरोना भाइरस सङ्क्रमण भए नभएको जाँच गरी भाइरस सङ्क्रमण नभएको पुष्टि भएपछि मात्र घरपरिवार र समाजको सम्पर्कमा पठाउनु नै हो । यसका लागि कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी भइसकेपछि विदेशबाट कुनै पनि मार्गबाट नेपाल भित्रिने मानिसलाई १४ देखि २१ दिनसम्म क्वारेन्टाइनमा राखिनुपर्दथ्यो जसरी चीनको उहानबाट उद्धार गरी ल्याइएका नेपालीहरूलाई राखिएको थियो । क्वारेन्टाइनमा राखिएका मानिसहरूको स्वास्थ्य परीक्षण गरी भाइरस सङ्क्रमण देखिए आइसोलेसनमा राखी देखिएको लक्षणअनुसारको औषधि उपचार गरी स्वस्थ बनाउनुपथ्र्यो र पूर्ण स्वस्थ भएपछि मात्र घरपरिवार र समाजको सम्पर्कमा पठाउनुपथ्र्यो । नेपालमा यसो गर्न नसक्नु नै ठूलो गल्ती हो, विदेशबाट आएकाहरूमा कोरोना भाइरस सङ्क्रमण देखिँदै जानुले यसलाई पुष्टि गरेको छ ।
सरकारको यही गल्तीका कारण नेपाल कोरोना भाइरसको जोखिममा परेको छ । यो जोखिम कम गर्न सरकारले यसअघि गरेको उपरोक्त गल्ती सच्याउन ढिला गर्नुहुन्न । जति सक्यो चाँडो कम्तीमा २०७६ चैत १ गतेदेखि कुनै पनि मार्ग प्रयोग गरी कोरोना भाइरस सङ्क्रमण भएको मुलुकबाट नेपाल भित्रिएका मानिसहरू पहिचान गरी क्वारेन्टाइनमा राखी सङ्क्रमण भए नभएको परीक्षण गर्नुपर्छ ताकि तिनीहरूको माध्यमबाट अन्यमा सङ्क्रमण फैलिन नपाओस् । यसका लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गरी त्यस्ता मानिसहरूलाई उपलब्ध क्वारेन्टाइन र आइसोलेसनमा राख्नु अत्यावश्यक छ । यसरी आइसोलेसन राखिएका तिनीहरूको सङ्क्रमण परीक्षण गरी पोजिटिभ देखिएकाहरूको सम्पर्कमा रहेका अन्य मानिसहरूलाई होम क्वारेन्टाइनमा राख्नुपर्छ । यसो गर्न सकिए कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न सकिन्छ । यसका लागि सरकारी र निजी क्षेत्रबाट सक्दो योगदान गर्नुपर्छ । यो विपत्तिको बेलामा नै हो सबैले एक अर्कालाई सहयोग गर्ने । यस्तो बेला सहयोगमा कन्ञ्युस्याइँ गरे भोलि पछुताउनुपर्ने अवस्था पनि आउन सक्छ ।
सर्वसाधारण सबैले पनि सरकारले लिएको नीति नियमको पालना गरी अनिवार्य सहयोग गर्नुपर्छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले लिने हरेक निर्णय देशका नागरिकको भलाइका लागि नै हुन् । यसमा हेलचेत्र्mयाइँ गरिए भोलि सङ्क्रमण पैmलिए पछुटाउनुबाहेक अरू विकल्प हुनेछैन । हाम्रो देशको स्वास्थ्यसम्बन्धी पूर्वाधारको अवस्था हामी सबैलाई धेरै थोरै थाहा छ । नेपाल सरकारको आर्थिक सर्वेक्षण २०७५।७६ ले नेपालमा १२५ वटा अस्पताल र ती अस्पतालमा गरी ८,१७२ वटा बेड, २,६४० डाक्टर र २०,६५३ नर्स उपलब्ध रहेको देखाउँछ । अहिले हाम्रो देशको जनसङ्ख्या ३ करोड मान्ने हो भने त्यसको ०.०३ प्रतिशतलाई मात्र सङ्क्रमण भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा हाल देशका सबै अस्पतालमा उपलब्ध बेडले पुग्ने देखिँदैन । सघन उपचार कक्षको सेवा त अहिले पनि मुस्किल भइरहेको अवस्थामा त्यसबेला यसको आशा गर्न पनि सकिँदैन । त्यसैले सङ्क्रमणपछि उपचार गर्नुभन्दा सङ्क्रमण नै नहुने अवस्था सिर्जना गर्नु अति बुद्धिमानी हुन्छ ।
कोरोना भाइरसको खतरनाक पक्ष भनेकै यसको सङ्क्रमणको लक्षण तुरुन्तै नदेखिनु र सबैमा एकै प्रकारको नहुनु हो । यसको लक्षण कसैलाई २ दिनमै देखिन्छ भने कसैलाई २ हप्तामा मात्र देखिन्छ, कसैलाई त लक्षण नै नदेखिने हुन्छ । तर, लक्षण नदेखिए पनि सङ्क्रमित व्यक्तिबाट भाइरस अन्य व्यक्तिमा सर्नसक्छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमितको थुकबाट सर्ने बताएको छ । यो भाइरस सङ्क्रमित व्यक्तिले बोल्दा, खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकमार्फत नजिकको मानिसमा सर्ने विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । त्यसैले कोरोना भाइरसको महामारी समाप्त नहुञ्जेल मानिस मानिसबीच सामाजिक दुरी कम्तीमा १ मिटर कायम गर्नु अति आवश्यक छ । धेरै जना मान्छे एकै ठाउँमा जम्मा हुनु अहिलेको लागि अति जोखिमपूर्ण छ ।
यो भाइरसको अर्को खतरनाक पक्ष भनेको मानिसको शरीर बाहिर पनि धेरै समय सक्रिय रहनु हो । यससम्बन्धी एक अध्ययनअनुसार कोरोना भाइरस केही घण्टादेखि केही दिनसम्म जस्तोसुकै ठाउँमा पनि सक्रिय अवस्थामा रहनसक्छ । त्यसैले घरबाहिर निस्कँदा कुनै पनि ठाउँबाट मानिसमा सर्नसक्ने भएकोले केही समय घरभित्रै बसेर सुरक्षित हुनु अति आवश्यक छ ।
कोरोना भाइरस सङ्क्रमणको लक्षण ज्वरोसहितको रुघाखोकीलाई मानिएको छ । चीनमा गरिएको एक अध्ययनले कोरोना सङ्क्रमितमध्ये ८१ प्रतिशतलाई सामान्य रुघाखोकी मात्र लागेको देखाएको छ, १४ प्रतिशतलाई निमोनियाँ र स्वासप्रस्वाससम्बन्धी समस्या देखिएको र बाँकीलाई गम्भीर स्वास्थ्यसम्बन्धी समस्या देखा परेको देखाएको छ । अर्को अध्ययनले कोरोना सङ्क्रमितमध्ये अधिकांशलाई सुरुमा ज्वरो आउने देखाएको छ । दोस्रो लक्षण खोकी र तेस्रोमा थकान उल्लेख गरेको छ । भाइरस सङ्क्रमण बढ्दै गएपछि स्वासप्रस्वासमा गा¥हो हुने समस्या देखापर्ने अध्ययनले देखाएको छ । नेपाललगायत सबै देशमा मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्नु साधारण अवस्था भएकोले रुघाखोकीमात्र लागेको छ भने आत्तिनु पर्ने अवस्था हुँदैन तर रुघाखोकी सँगै ज्वरो पनि आएको छ र स्वासप्रस्वासमा समस्या देखापर्यो भने एक पटक स्वास्थ्य संस्थामा गएर जचाउनु अति राम्रो हुन्छ । स्वास्थ्य संस्था जाँदा पनि अघिपछि जस्तै जथाभावी हुल बाँधेर जानुहुँदैन । जतिसक्यो थोरै आवश्यक व्यक्तिमात्र जानु राम्रो हुन्छ । जाँचको रिपोर्ट आउन ढिला भए यस्तो बिरामीलाई घरमै आइसोलेसनमा राख्नुपर्दछ ताकि अरूलाई सार्ने जोखिम नहोस् ।
२०७२ सालको भूकम्पले मानिसलाई आफ्नो घरदेखि तर्सिनुपर्ने बनाएको थियो भने अहिले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसले मानिसलाई आफ्नै मान्छेदेखि पनि डराउनुपर्ने स्थिति ल्याएको छ । यसको सङ्क्रमणको उपचार पद्धति हालसम्म पत्ता लागिनसकेकोले यो भाइरसलाई परास्त गर्नु भनेकै यसको सङ्क्रमणको कडी तोड्नु हो । यस सन्दर्भमा सङ्क्रमित मुलुकहरूबाट नेपाल आएका मानिसहरूलाई प्रभावकारी ढङ्गले क्वारेन्टाइनमा नराखेर सरकारले एउटा गल्ती गरिसकेको छ । त्यसलाई तुरन्त सुधार गर्नैपर्छ, नत्र यसले सङ्क्रमणको जोखिम बढाउने सम्भावनालाई बढावा दिन्छ । सङ्क्रमण भइसकेकाहरूलाई अरूको सम्पर्कमा आउनै दिनुभएन, अरूले पनि सामाजिक दुरी कायम गरी प्रभावकारी ढङ्गले घरमै क्वारेन्टाइनमा बसी दिनुपर्यो । कोरोना भाइरसविरुद्ध विश्वले लडिरहेको लडाइँमा सबैले केही समय आ–आफ्नो घरमै बसी सहयोग गरौँ । यो नै सचेत नागरिकको अहिलेको दायित्व हो ।
Leave a Reply