हवाना, २६ डिसेम्बर
क्युवाले कोभिड–१९ बाट सङ्क्रमित क्यारिबियाली देशहरू बेलिज, एन्टिगुवा र बर्बूडा, सेन्ट भिन्सेन्ट र ग्रानेडाइन्स, डोमिनिका तथा दक्षिण अमेरिकी देश अर्जेन्टिनामा आफ्नो देशको चिकित्सक टोली पठाएको छ ।
क्युवाले कोभिड–१९ को महामारी विश्वभर फैलिनबाट जोगाउन र सङ्क्रमितको उपचार गर्न भनी पठाएको चिकित्सक टोलीलाई संरा अमेरिकी प्रशासनले भने क्युवाको सेतो कोटको कूटनीति र राजनीति भन्दै ती देशलाई क्युवाबाट सहयोग नलिन चेतावनी दिएको छ ।
बेलिजका लागि २५ सदस्यीय चिकित्सक टोली बुधबार बिहानै हवानाबाट उडिसकेको चिकित्सक टोलीहरूको समन्वय गर्ने निकाय– सेन्ट्रल युनिट फर मेडिकल कोअपरेशनले जनाएको छ ।
“हामीलाई थाहा छ, चालु स्थिति सहज होइन तर हामी स्थितिको सामना गर्न र सङ्क्रमितको जीवन बचाउने कार्य गर्न तयार भएका छौ“ ।” – सियरालियोनमा इबोलाविरुद्धको अभियानमा र निकारागुवामा दुईवटा स्वास्थ्य मिसनमा सहभागी बनिसकेका स्वास्थ्यकर्मी ओर्लाण्डो बोरेरोले भन्नुभयो ।
उहा“को नेतृत्वमा ३३ जना थप स्वास्थ्यकर्मी बेलिज पुग्दैछन् र बेलिजमा विशेषज्ञ चिकित्सकसहित ५८ जनाको चिकित्सक टोलीले त्यहा“ कोरोना सङ्क्रमितको उपचार गर्नेछन् ।
विगत दुई हप्ताभित्र क्युवाले कोरोनाको महामारी फैलिएको इटालीको लोम्बार्डीलगायत झण्डै एक दर्जन देशमा चिकित्सा टोली पठाएको छ । क्युवाले यसअघि नै भेनेजुयला, निकारागुवा, हाइटी, डोमिनिकन गणतन्त्र, जमैका, सुरिनामलगायत देशमा कोरोना सङ्क्रमितको उपचार गर्न विशेषज्ञ चिकित्सक र प्राविधिज्ञहरूसहितका चिकित्सा टोली परिचालन गरिसकेको छ ।
क्युवाको यस अन्तर्राष्ट्रवादी मिसनहरुमा ५ सय भन्दा बढी चिकित्सक र एक हजारभन्दा अन्य स्वास्थ्य प्राविधिज्ञ खटिसकेका छन् ।
क्युवाको यस मिसनलाई संरा अमेरिकाले भने अन्तर्राष्ट्रिय
(अमेरिकी) नाकाबन्दी छल्ने र पैसाको निम्ति गरिएको परिचालन भनी विरोध गरेको छ । अमेरिकी प्रशासनको विरोधलाई क्युवाली विदेश मन्त्रालयले राक्षसी सोच भनी कडा प्रतिवाद गरेको छ । टेलिसुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *