निकारागुआद्वारा मध्य अमेरिकामा एकता, न्याय र विकासको लागि आह्वान
- भाद्र ३०, २०८३
काठमाडौं, १४ चैत ।
शुक्रबारबाट काठमाडौँमा नेपाल प्रहरीले नछोइकन पक्राउ गर्न सकिने डिभाइसको प्रयोग थालेको छ । सडकमा अनावश्यक रुपमा हिँडेकालाई पक्राउ गर्न काठमाडौँ प्रहरीले उक्त डिभाइसको प्रयोग थालेको हो ।
उक्त डिभाइसलाई ‘मल्टी फङ्क्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ भनिन्छ । यसले केही मिटरको दूरीबाटै मानिसलाई नियन्त्रणमा लिन सहयोग गर्छ । जसका कारण मानिसलाई छोइरहनु पर्दैन । यसले रोगबाट बच्न सहयोग गर्ने विश्वास गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले बताउनुभयो ।
पहिलो दिन छ वटा डिभाइस प्रयोग गरिएको छ । मानिसहरु सरकारी आदेश नमानी हेल्चेक्र्याइ गरेर सडकमा हिँड्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन यसरी डिभाइसको प्रयोग गरिएको हो । प्रहरी प्रधान कार्यालयमा भएका अन्य डिभाइसलाई समेत प्रयोग गर्ने तयारी नेपाल प्रहरीको छ ।
Leave a Reply