भर्खरै :

मानवता – सानो कद, ठूलो मन

 
-राजन
जति नै सम्पन्न भए पनि अभिभावकले हुर्काउने तौरतरिका मिलेन भने सन्तानहरूको स्वभाव स्वार्थी र अमानवीय हुन्छ । मानवताको गफ आफूलाई सहज र अनुकूल भएको अवस्थामा मात्र गर्ने हुन्छ । हामी सुनिरहेका र भोगीरहेका छौँ सङ्कटको घडीमा मान्छेको स्वभाव स्वार्थको लागि नै हुन्छ, जस्तै व्यापारीले कालोबजारी गरे, डाक्टर अस्पताल छोडेर भागे आदि । मान्छेमात्र होइन देशले पनि स्वार्थी स्वभाव देखाउँछ । ठूलो देश भारतको छाती चाहिँ सानो रहेछ भन्ने कुरा कोरोनाको माहामारीको यस्तो समयमा देखियो । अति आवश्यक औषधि विदेश निर्यात गर्न नदिएर आफ्नो सानो चित्त देखाए, भारतले । सामान्यतया व्यक्ति हो या देश विषम परिस्थितिमा सबै आ–आफ्नै भलोमात्र सोच्छ । तर, वास्तविक मानवता भनेको यस्तो हुन्छ जतिबेला आफै अप्ठेरो अवस्थामा पनि अरुको सेवा गरिरहेको हुन्छ । यसको राम्रो उदाहरण बनेको छ क्युवा । यस्तो विषम परिस्थितिमा पनि महान क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको प्रशिक्षणमा हुर्किएको उत्तरी अमेरिकी महादेशमा अवस्थित सानो मुलुक क्युबाका जनताले मानवताको चौडा छाती देखाएको छ ।
सबभन्दा बढी कोरोनाबाट प्रभावित क्षेत्र इटालीको लोमबार्दीमा क्युबाले ५२ सदस्यीय चिकित्सक टोलीलाई पठाएको छ । यसअघि कोरोना नियन्त्रणकै लागि भेनेजुयला, निकारागुवा, जमैका र ग्रेनाडामा पनि क्युवाले आफ्नो चिकित्सक टोली पठाइसकेको छ । सन् १९५९ को क्रान्ति सफल भएदेखि नै विकासशील राष्ट्रमा हुने रोगव्याधि प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा आफ्ना चिकित्सकलाई पठाउने क्युवाको परम्परा नै भएको छ । संसारभरका ६७ मुलुकमा ५० हजार क्युवाका चिकित्सकहरू अहिले पनि काम गरिरहेका छन् ।
सरकारद्वारा प्रदान गरिने स्वास्थ्य सुविधाको लागि क्युबा विश्वभर प्रख्यात छ । क्युवामा प्रति एक हजार जनसङ्ख्यामा ८ चिकित्सक छन् भने मानव विकास सूचाङ्कअनुसार संसारको उत्कृष्ट देशको सूचीमा परेको नेडरल्याण्ड र नर्वेमा प्रतिहजार जनतामा क्रमशः ३ दसमलब ५ र ४ दसमलब ६ चिकित्सक रहेका छन् । त्यसैगरी महाशक्ति राष्ट्र अमेरिकामा भने २ दशमलब ६ मात्र रहेको तथ्याड्ढ छ । हाम्रो देश नेपालको तथ्याड्ढ त झनै कहालिलाग्दो छ जुन शून्य दसमलव ७ रहेको छ ।
क्युवा तीन चिजको लागि प्रख्यात छ ती हुन् रम, सिगार र निःशुल्क स्वास्थ्य सुविधा । अहिले हामी यतिबेला रम र सिगारलाई छोडेर निः शुल्क स्वास्थ्य सुविधाको बारे चर्चा गराँै । क्युवामा निशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सुविधालाई जनताको मौलिक अधिकारको रूपमा व्याख्या गरिएको छ । साधारण पिसाब जाँचदेखि मुटुको शल्यक्रियासम्म सरकारबाट जनताले निःशुल्क सेवा पाउँछन् । क्युवामा कोही महिला गर्भवती हुँदा सरकारी डाक्टर घरमै आएर महिलाको नियमित जाँच गरिन्छ । यदि धूमपान वा मद्यपानको लत भएमा उनको अझ बढी निगरानी गरिन्छ । यदि कुनै व्यक्ति अपा· छ भने उनको जाँच अझ विशेष किसिमले हुन्छ । कसैको घरमा मद्यपानको कारणले कलह वा झैझगडा छ भने डाक्टर आफै गएर परामर्श प्रदान गर्छन् । यस्तो सुविधा अमेरिकाजस्तो शक्तिशाली राष्ट्रका जनताको निम्ति पनि सपनामात्र हो । अमेरिकी अखवारअनुसार पनि न्यूयोर्कका गर्भवती महिलामध्ये एकतिहाइले सुरुकोे तीन महिनासम्म डाक्टरको मुख देख्न पाएका हुँदैनन् ।
अघिपछि एम्बुलेन्स चालकलाई कमिशन दिएर, दलाल परिचालन गरेर आफ्नो हस्पिटलमा बिरामी छिराएर बिरामीको उपचारको बहानामा श्रीसम्पत्ति लुट्ने र भेंडो खुइल्याएझैँ झिटिझाम्टा स्वाहा पार्ने निजी अस्पतालले भरिएको हाम्राजस्ता देशका जनताको लागि क्युवाको स्वास्थ्य प्रणाली त पत्याउनै गा¥हो हुन्छ ।

क्युबाले चिकित्सक क्षेत्रमामात्र प्रगति गरेन औषधि विज्ञानमा पनि ठूलो फड्को मारेको छ । हालै देखिएको कोरोना भाइरसको नियन्त्रणको निम्ति प्रयोग गरिएको औषधि पनि क्युवाले विकास गरेको छ । क्युवाले भाइरसको घातक प्रकोपलाई रोक्न पहिलोपटक इन्टरफेरोनहरू विकास ग¥यो र अहिलेको विश्व अग्रणी बायोटेक उद्योगको विकासलाई उत्प्रेरित ग¥यो । इन्टरफेरोनहरू ‘सिग्नलिङ्ग’ प्रोटीनहरू हुन्छन् र कोशिकाद्वारा रिलीज हुने सङ्क्रमणहरूको प्रतिक्रियामा उनीहरूको एन्टी भाइरल प्रतिरक्षालाई बढाउन नजिकका कोशहरूलाई सतर्क गर्दछन् । १० भन्दा बढी देशहरूले क्युवाली औषधि ‘ईन्टरफेरोन अल्फा २ बी’ आयात गरेका छन् ।

शितयुद्धको समयमा पश्चिमी देशले विश्वबाट क्युबालाई अलगथलग बनाउने प्रयास बारम्बार गरेका थिए । यही चिकित्सक सुविधालाई क्युवाले कूटनैतिक क्षेत्रमा पनि प्रयोग गर्छ । त्यसैले यसलाई क्युवाको ‘चिकित्सा कूटनीति’ रूपमा पनि संसारमा परिचित छ । यसको सुरुवात सन् १९६८ अल्जेरियाबाट भयो । सन् १९६२ मा अल्जेरिया फ्रान्सबाट स्वतन्त्र भयो । स्वतन्त्र भएसँगै फ्रान्सले त्यहाँका सबै चिकित्सकलाई फिर्ता बोलायो । यस्तो क्षणमा क्युवाले ५६ सदस्यीय चिकित्सक टोली अल्जेरिया पठाएको थियो । क्युवाको यो गुण अल्जेरियाले अहिले पनि सम्झेको छ । सन् २०१६ मा फिडेल क्यास्ट्रोको निधनमा अल्जेरियाले ८ दिनको राष्ट्रिय शोकको घोषणा गरेको थियो । विकासशील राष्ट्रसँग क्युवाले स्वास्थ्य क्षेत्रमा हातेमालो गर्दै आएको छ । सन् २००५ मा पाकिस्तान गएको भूकम्प, २०१० हाइटीमा गएको भूकम्प, २०१४ को इबोला सङ्क्रमण वा २०१५ को नेपालको महाविनाशकारी भूकम्पमा क्युवाले देखाएको सद्भावलाई विश्व समुदायमा उच्च सम्मानका साथ लिइन्छ । स्मरणीय छ नेपालमा क्युवाले ४९ सदस्यीय चिकित्सक टोली पठाएको थियो ।
क्युबाले चिकित्सक क्षेत्रमामात्र प्रगति गरेन औषधि विज्ञानमा पनि ठूलो फड्को मारेको छ । हालै देखिएको कोरोना भाइरसको नियन्त्रणको निम्ति प्रयोग गरिएको औषधि पनि क्युवाले विकास गरेको छ । क्युवाले भाइरसको घातक प्रकोपलाई रोक्न पहिलोपटक इन्टरफेरोनहरू विकास ग¥यो र अहिलेको विश्व अग्रणी बायोटेक उद्योगको विकासलाई उत्प्रेरित ग¥यो । इन्टरफेरोनहरू ‘सिग्नलिङ्ग’ प्रोटीनहरू हुन्छन् र कोशिकाद्वारा रिलीज हुने सङ्क्रमणहरूको प्रतिक्रियामा उनीहरूको एन्टी भाइरल प्रतिरक्षालाई बढाउन नजिकका कोशहरूलाई सतर्क गर्दछन् । १० भन्दा बढी देशहरूले क्युवाली औषधि ‘ईन्टरफेरोन अल्फा २ बी’ आयात गरेका छन् ।
क्युवाको औषधि चीनमा कोरोनाभाइरससँग लड्न समेत आयात भएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले कोरोनाभाइरसविरुद्ध लड्न छानिएका तीस वटा औषधिमध्ये एउटा क्युवाली एन्टी भाइरल औषधि, इन्टरफेरोन अल्फा २ बी पनि हो । क्युबाली – चिनियाँ संयुक्त लगानी यो औषधि २००० देखि चीनमा उत्पादन गरिएको छ । क्युवाली इन्टरफेरोन अल्फा २ बी कोरोनाभाइरस जस्ता सुविधाहरू भएको भाइरसहरूको लागि प्रभावकारी साबित भएको छ ।
कोरोनाको सङ्कटको घडीमा क्युबाले मानवताको अर्को नमुना प्रस्तुत गरेको छ । बेलायत सरकारले कूटनीतिक प्रयासको बावजुद क्यारिबियाली क्षेत्रमा एक हप्ताभन्दा बढी समयसम्म अवरुद्ध भएको बेलायती क्रुज जहाजमा नयाँ कोरोनाभाइरसका थुप्रै घटनाहरू पुष्टि भएपछि जहाजलाई उक्त क्षेत्रको धेरै बन्दरगाहमा प्रवेश गर्न अस्वीकार गरिएको थियो । समुद्रको बीचमा सम्भव सङ्क्रमणको सामना गर्नुपर्दा त्यहाँ बिरामी यात्रुहरूको जीवन जोखिममा परेको थियो तर जहाज बर्बाडोस र बहामासमा डक गर्न निषेध गरिएको थियो जुन दुवै ब्रिटिश राष्ट्रमण्डलको हिस्सा हुन् । यस्तो विपत्तिको अवस्थामा क्युवाले सुरक्षित पोर्ट गर्न अनुमति दियो । बेलायती विदेशमन्त्री डोमिनिक रावले मङ्गलबारको संसद्मा कम्युनिस्ट सञ्चालित क्युवालाई बिरामीलाई सुरक्षित शरणस्थान प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । जहाजमा मुख्यतया बेलायती यात्रुहरू र जहाजमा रहेका क्रुजहरूसमेत गरी १,००० भन्दा बढी रहेका थिए ।
यहाँनिर क्युवाका विदेशमन्त्री ब्रुुनो रोड्रिग्वेजको भनाइ उल्लेख गर्नु सान्दर्भिक हुन्छ, “नयाँ कोरोनाभाइरसको रोकथाम र सम्बन्धमा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको प्रयास आवश्यक छ । स्वास्थ्य, एकजुटता र अन्तर्राष्ट्रिय सहयोगलाई अझ मजबुत बनाऔँ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *