तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ । स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।
नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि सरकारले बन्द तातोपानी र रसुवा नाका सञ्चालन गरेर अति आवश्यक सामग्री ल्याउने निर्णय गरेको थियो । भोटेकोशीमा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’ कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेकाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइने भएको छ ।
Leave a Reply