भर्खरै :

चिनियाँ सहयोग आज नेपाल आउँदै

काठमाडौ
छिमेकी मित्रराष्ट्र चीनले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि नेपाललाई गरेको चिकित्सकीय सामग्री सहयोग आज नेपाल आउँदै छ । सम्भावित संक्रमणविरुद्ध नेपालका स्वास्थ्य केन्द्रहरूले भोगिरहेको चिकित्सकीय सामग्रीको चरम अभाव चीनबाट प्राप्त हुने सहयोगले केही होलो हुने अपेक्षा गरिएको छ ।

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत हाउ याङ्छीले चीनले नेपालमा दिने सहयोगको पहिलो किस्ता आइतबार नेपालमा आइपुग्ने ट्वीटरमार्फत् सार्वजनिक गर्नुभएको हो । नेपालको लागि आवश्यक सहयोग सामग्री बोकेको विमान चीनको क्वाङचाओबाट नेपालतिर उडिसकेको छ ।
पहिलो किस्ताको सहयोगमा सिचुआन प्रान्तीय सरकार र सिचुआन प्रान्तीय लगानी समूहले सहयोग गरेका विभिन्न सामग्री समावेश छन् । नेपालले निकै अभाव भोगिरहेको पीपीई र थर्मोमिटरलगायत अन्य आपतकालीन सामग्री त्यसमा समावेश छन् ।

राजदुत याङ्छीले गर्नुभएको ट्वीट अनुसार सोही विमानमा चिनियाँ चर्चित उद्यमी ज्याक माको नाममा स्थापित फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेको मास्क लगायत अन्य अत्यावश्यक सामग्री नेपाल पठाइएको हो ।
आवश्यकताअनुसार कोभिड–१९ भाइरसको परीक्षण किट पनि चीनले सहयोग गर्ने तयारी गरिरहेको राजदुतले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *