न्यु योर्क, अमेरिका
नोबेल कोरोना भाइरसको महामारीविरुद्धको लडाईमा अत्यावश्यक आपतकालीन सामग्री बोकेका विमान चीनको सांघाईबाट संरा अमेरिकाको न्यु योर्क सहर पुगेको छ । संरा अमेरिका सरकारले आपतकालीन चिकित्सकीय सहयोग एसियाका विभिन्न देशबाट आपतकालीन सामग्री संकलन गर्ने शिलशिलामा चीनबाट ती सामान लगेको थियो ।
संरा अमेरिकाको लागि चिनियाँ राजदुतावासले गरेको ट्वीटअनुसार अमेरिका लगिएको सामानमा १ करोड २० लाख पञ्जा, १ लाख ३० हजार एन–९५ मास्क, १७ लाख सर्जिकल मास्क, ५० हजार गाउन, १ लाख ३० हजार हाते स्टानिटाइजर युनिट र ३६ हजार थर्मोमिटर समावेश छ ।
सरा अमेरिकामा हालसम्म १ लाख ४२ हजार १०६ मानिसमा कोभिड–१९ संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
हालसम्म २ हजार ४७९ जना मानिसको निधन भएको छ । २ हजार ६८६ जना मानिस रोगबाट निको भई घर फर्केका छन् ।
(सीजीटीएन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *