जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभावले विश्व ठप्प छ । यो महामारीको केन्द्र चीन हुँदा बाँकी देश सचेत भएनन् । चीन शनिबारदेखि खुल्यो, बाँकी संसार लक डाउनमा छ । सरकारहरूले लक डाउन घोषणा गर्नु सजिलो हो, तर घरबाट ननिस्की बस्न बाध्य कामदार वर्गलाई गा¥हो छ । यसको उदाहरण भारतमा पनि देखिएको छ । दिल्लीमा काम गर्ने लाखौँ मजदुर अहिले कामविहीन हुँदा पैदलै गाउँ फर्कँदै छन् । चीनमा ६५ दिनसम्म घरभित्र बसेका जनतालाई सरकारले खाद्यान्नको व्यवस्था ग¥यो तर भारतले सकेन । यसको कारण चीनको समाजवादी र भारतको पुँजीवादी व्यवस्था नै हो ।
चीनको उहान जहाँ कोभिड–१९ बढी देखिएको थियो, त्यहाँका बिरामीको उपचार गर्न चीनको विभिन्न ठाउँबाट स्वास्थ्यकर्मीहरू पुगे । नेपालमा निजी मेडिकल कलेज र अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने खुला घोषणा गरे । यसले ओली–दाहालको पार्टी नाममात्रको नेपाल कम्युनिस्ट पार्टी भएको फेरि पुष्टि भयो । विभिन्न जिल्लाबाट काठमाडौँ आएका मजदुरको सङ्ख्या १०–१५ लाख अझै सङ्कटमा छन् । भारतमा काम गर्न गएका लाखौँ नेपाली अझै उतै होलान् । त्यस्तै नेपालमा काम गरिरहेका थुप्रै भारतीय पनि यतै होलान् ।
सरकारले विभिन्न देशमा अध्ययनरत विद्यार्थीलाई नेपालका अभिभावकबाट पैसा पठाउने व्यवस्था गरेको बताउँदै छ । यूरोप, अमेरिका, अस्ट्रेलियामा गएका नेपाली विद्यार्थी आंशिक समय काम गर्ने गरी अध्ययनमा गएका हुन् । नेपालका अभिभावक आफ्ना विद्यार्थीलाई पैसा पठाउने हैसियतका निकै थोरै छन् । छिमेकी देश चीनमा यो कोभिड–१९ देखिएपछि यो कति सरूवा हो, यसबारे नेपाल सरकारले अध्ययन गरेन । उहानमा रहेका १७५ जना विद्यार्थीलाई फिर्ता ल्याउनेमा सरकारले पूरै शक्ति खर्च ग¥यो । भारतले लक डाउन गरेपछि नेपाल सरकारले पनि लक डाउन घोषणा ग¥यो । यसले नेपाल सरकार स्वतन्त्ररूपले कोभिड–१९ को हानी वा अन्य विषयमा स्वतन्त्रढङ्गले निर्णय गर्न नसकेको देखिन्छ ।
नेपाल सरकारले जिल्ला–जिल्लामा आफ्ना हाकिमलाई करोडौँको गाडी पु¥यायो । तर, कोभिड–१९ छ–छैन परीक्षण गर्ने पचास लाख रूपैयाँको प्रयोगशाला काठमाडौँमा केन्द्रित ग¥यो । ओली–दाहालको पार्टीमा ८ लाख सदस्य भएको कुनै औचित्य पुष्टि भएन । चिनियाँ कम्युनिस्ट पार्टीका ७ करोड ९० लाख एक हजार पार्टी सदस्यको तर्फबाट १ अर्ब १६ करोड डलर सहयोग उठाएर कोभिड–१९ नियन्त्रणमा खर्च गरियो । चीनले यो भाइरस नियन्त्रण गर्न कुल १० दशमलव ३९ मिलियन युआन खर्च ग¥यो । नेपालमा यो भाइरस नियन्त्रणको लागि खरिद भएको पीपीई एक थानको चार हजार रूपैयाँ पर्नेलाई १५ हजार रूपैयाँ, १५ सयको थर्मोमिटर सात हजारमा र १ रूपैयाँ पचास पर्ने मास्कको १० राखेर करोडौँ भ्रष्टाचार गरिएको समाचार प्रकाशित भइरहेको छ ।
कोभिड–१९ नियन्त्रण गर्न विश्वले चीनबाटै सिक्नु आवश्यक छ । तर नेपाल र भारतले चीनसँग सिक्न चाहेको देखिँदैन । भारतले सार्क देशको भिडियो कन्फरेन्स ग¥यो । तर, आमन्त्रित सदस्य चीन र जापानलाई सहभागी गराएन । नेपालको प्रम ओली भारतीय प्रधानमन्त्रीसँग कोभिड–१९ नियन्त्रण गर्न बरोबर छलफल गर्छन् तर, चीनसँग केही भन्दैनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘चिनिया भाइरस’ र ‘उहान भाइरस’ भनेपछि भारतले चीनसँग सहयोग माग्ने आँट गरेन । नेपाल भारतकै पदचिह्नमा लाग्यो । चीनमा शनिबार देखिएको ४५ सङ्क्रमितमध्ये ४४ जना विभिन्न देशबाट चीन पसेका हुन् । शनिबार हुपेइमा सङ्क्रमित बढेन । शनिबार चीनको विभिन्न ठाउँबाट उहान फर्कने २६० रेलबाट ६० हजार पुग्यो । उहानबाटै पाकिस्तानको लागि ५ दशमलव ४ टन सामग्री सहयोगको लागि पठाइयो । फ्रान्सले चीनसँग १ करोड मास्क माग गरेको छ ।
नेपाल सरकारले उद्योगी–व्यापारीलाई ३ महिनाको ब्याज छुट दिने गृहकार्य गर्दै छ । महामारी रोकिएन भने अर्ब र खर्ब भएका उद्योगपतिहरूको पनि ज्यान जोगिने छैन । यसकारण सरकारसँगै उद्योगी र व्यापारीहरू कोभिड–१९ नियन्त्रण गर्नेतर्फ लाग्नु आवश्यक छ । खान नपाएका या भोको पेट भएका नेपालीलाई बेवास्ता गरिए कोभिड–१९ नियन्त्रण होइन फैलिने छ ।
Leave a Reply