अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
छिमेकी देश जनवादी गणतन्त्र चीनले नेपाललाई प्रदान गरेको पहिलो किस्ताको सहयोग सामग्री आइतबार बिहान नेपालमा आइपुग्यो । चीनको सिचुआन प्रान्तीय सरकार, सिचुआन लगानीकर्ता समूह र नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयमा ती सहायता सामग्री नेपाल आइपुगेको हो । चिनियाँ उद्यमी ज्याक माको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले नेपाललाई दिएको सहयोग सामग्री पनि सोही विमानमा नेपाल आइपुगेको हो । कोभिड– १९ को सङ्क्रमणविरुद्ध लडिरहेको नेपालको निम्ति चीनले पठाएको ती सामग्री प्यासीलाई पानीजस्तै बनेको छ ।
नेपालका स्वास्थ्य केन्द्र र अस्पतालमा आपत्कालीन र अत्यावश्यक चिकित्सकीय सामग्रीको अभाव रहेको अवस्थामा चीनले पठाएको ती सामानले नेपालका चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीको प्रभावकारी सेवा गर्न मद्दत पुग्ने आशा गरौँ ।
विडम्बना ! नेपाली प्रशासनको सुस्तता, अव्यवस्था, भ्रष्ट चरित्रको कारण छिमेकीले शुद्ध मनले दिएको सहायतामा पनि पक्षपात हुने हो कि भन्ने आशङ्का गर्ने ठाउँ भने नभएको होइन । चिनियाँ जनताले मित्रता र छिमेकीको नाताले गरेको सहयोग नेपालमा दुरूपयोग नहोस् । भूकम्पको समयमा छिमेकी र मित्र देशले दिएका सहयोग गोदाममा थन्काइएजस्तै यी सामानको पनि दुरूपयोग नगरियोस् ।
आपतविपद्मा सहयोग गर्ने मित्र नै वास्तवमा असल मित्र हो । नेपालले यतिबेला सामना गरिरहेको सङ्कटको समयमा चीनले दिएको सहयोगले चीन नेपालको असल छिमेकी र मित्र भएको पुष्टि भएको छ । चिनियाँ जनतालाई नेपाली जनताको तर्फबाट हार्दिक आभार ।
कोभिड– १९ को सङ्क्रमणसँग लड्न नेपालमा स्वास्थ्यकर्मीको सु्रक्षाको लागि आवश्यक व्यक्तिगत सुरक्षा वस्त्र (पीपीई), सर्जिकल मास्क, पञ्जा आदि अत्यावश्यक सामग्रीसमेत सरकारले उपलब्ध गराउन नसक्दा कुनै सामान्य ज्वरो आएर स्वास्थ्यचौकी गएका बिरामीको समेत उपचार हुन सकेको छैन । स्वास्थ्यकर्मीहरूले सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी बिरामीसमेत जाँच्न अनकनाइरहेका छन् । तर, चीनले आइतबार प्रदान गरेको सामग्रीले यो अवस्था केही होलो हुने आशा गर्नसक्छौँ ।
चीन नेपालको सधैँको दुःख र सुखको साथी र छिमेकी देश हो । यसअघि पनि नेपालले सामना गरेका विभिन्न विपत्तिमा चीनले नेपाली जनतालाई गुनिलो सहयोग गर्दै आएको छ । २०७२ सालको भूकम्पताका चीनले गरेको सहायताले नेपाली जनताको दुःखमा राहत भएको थियो । नेपालको पूर्वाधार निर्माणमा चीनले गरेको सहयोग नेपालले कहिल्यै पनि भुल्नसक्दैन ।
चीन आज संसारकै एउटा प्रमु्ख आर्थिक शक्ति बनेको थियो । तर, चीनले आफू आर्थिक शक्ति नबन्दै नेपाललाई सधैँ सहयोग र सद्भाव देखाउँदै आएको छ । कोभिड– १९ विरुद्ध चीनको लडाइँ अझै पनि टुङ्गिसकेको छैन । झन्डै तीन महिना लामो लडाइँपछि नियमित जीवनमा फर्किन चीनलाई अझै केही समय लाग्नेछ । तथापि आज संसारभर फैलिरहेको कोरोना भाइरसको महामारीविरुद्ध चीन सरकारको ऐक्यबद्धता र सहयोग प्रशंसनीय छ । यसले चीन वास्तवमै संसारका सबै देशको असल मित्र भएको देखाएको छ ।
संसारको जुनसुकै भूगोलमा बसेका मानिसमाथि सङ्कटको कालो बादल छाएको बेला चीनले यसरी नै खुला मनले सहयोग गर्ने गरेको छ । यो सिलसिला आज पनि चालू छ । चीनको यो महानता हो ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आइतबार काठमाडौँ आइपुगेको सहायता सामग्री पहिलो चरणको चिनियाँ सहायता भएको बताउनुभयो । चीन र चिनियाँ सहयोगले निःसन्देह कोभिड– १९ विरुद्ध नेपालको लडाइँमा टेवा पु¥याउनेछ । नेपालको कमजोर जनस्वास्थ्य अवस्थाको सुधारमा चीनको सहयोगले मद्दत पुग्ने आशा गरौँ ।

Leave a Reply