भर्खरै :

कोरोना विशेष अस्थायी अस्पतालमा उपचारत एकको निधन

– सुन्दर
बुटवल, १६ चैत । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारत ३४ वर्षीय नवराज थापाको मृत्यु भएको छ । चैत १३ गते साँझ भर्ना भएका थापाको स्वाव नमुना आइतबार बिहानमात्रै काठमाडाँै पठाएको जनाइएको छ । यसअघि चैत १३ गते बिहान पठाएको अन्य बिरामीहरूको रिपोर्ट आएको छैन । मृतक थापाको कोरोना परीक्षण रिपोर्ट नआउँदा बुटवलमा कोरोनाकै कारण मृत्यु भएको हो कि भन्ने आशङ्काले त्रास फैलिएको छ ।
दुबईमा ट्याक्सी चलाउने थापा चैत ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएको र चैत ७ गते गाडीबाट बुटवल आएको बताइएको छ । बुटवल पश्चिम सैनामैना नगरपालिका वडा नं ७ सिसौडाडाका थापालाई सञ्चो नभएपछि स्थानीय मेडिकलबाट औषधि खाँदै आएकोमा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा जचाउन आएका थिए । कोरोना सङ्क्रमणको आशङ्का गर्दै अस्पतालले आइसोलेसनको लागि अस्थायी अस्पताल पठाएको थियो ।
आइतबार बिहानबाट बिरामीलाई झन् च्यापेको र थप उपचार गर्दागर्दै दिउँसो १ बजे मृत्यु भएको अस्थायी अस्पतालका सम्पर्क व्यक्ति डा. सुदर्शन थापाले बताउनुभयो । अस्पतालमा मृतक थापाका श्रीमतीमात्र रहेको र परिवारका कोही पनि सदस्य र स्थानीय सरकारका प्रतिनिधिहरू सम्पर्कमा नआएकाले झन् समस्या भएको डा. थापाले बताउनुभयो ।
मृतकको लास लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा लाने तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले बताउनुभयो । अध्यक्ष भट्टराईले कोरोनाको रिपोर्ट आएपछि मात्र सोहीअनुसार अन्तिम संस्कार गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *