भर्खरै :

कोभिड–१९ को राजनीति

– चाओ युआनचेत, ल्यु चियानसी र ह्वान चियुआन
कोभिड–१९ द्रुततर र व्यापकरूपमा फैलिरहेको छ ।
एसियादेखि युरोप हुँदै अमेरिकासम्म भाइरस सङ्क्रमित मानिसको सङ्ख्या दिनानुदिन बढिरहेको छ । धेरै सङ्ख्यामा राजनीतिक नेता, हलिउडका सेलिब्रिटी र व्यवसायिक खेलाडीहरूमा भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
भाइरसले कसैलाई पक्षपात गर्दैन । दुःखको कुरा मानिसले पक्षपात र पुर्वाग्रह पालेको हुन्छ । कुनै अपरिचित भाइरस देखापरेको अवस्थामा भयसँगै आउने गलत सूचनाले घृणाको अवस्था जन्माउँछ । नोबेल कोरोना भाइरसको सङ्क्रमण सुरु भएयता एसियाली वा चिनियाँहरूप्रति घृणाको भावना यसअघि कहिल्यै पनि नफैलिएको तहमा फैलियो ।
के मानिसहरू भयग्रस्त भएकाले मात्र यस्तो भएको हो वा चीनको विरोध राजनीतिक रूपमा नयाँ वास्तविकता हो ?
अलि अघि फर्केर सन् २०१९ को एच १ एन १ इन्फ्युन्जाबारे विचार गरौँ ।
संरा अमेरिकाबाट फैलिन थालेको एच १ एन इन्फ्युन्जा संसारका २४ प्रतिशत मानिसलाई सङ्क्रमण भएको थियो । तर, के त्यो रोगलाई कसैले पनि ‘अमेरिकी भाइरस’ भनेर अमेरिकीविरुद्ध विभेद गरे त ? अहँ कसैले गरेन ।
पश्चिमा सोचाइमा भाइरस वा रोग भनेको सधैँ असभ्य संस्कृतिसँग जोडिएको हुन्छ । कदाचित कोही अमेरिकी वा युरोपेली नागरिकमा पनि भाइरस सङ्क्रमण भए त्यो वियोगान्तमात्र भएको उनीहरूको सोचाइ हो । अनि चिनियाँहरूमा त्यही भाइरस सङ्क्रमित भए नि ? त्यत्तिबेला भने उनीहरूको विचार फरक हुने गर्छ ।
उनीहरू चीनको ‘खराब’ खाने बानीको कारण अहिलेको महामारी फैलिएको हो । त्यसो त भाइरसको उत्पत्ति ज·ली खानाबाट नै भएको कुरा अहिलेसम्म कहींबाट पुष्टि भएको छैन । त्यसमा पनि ज·ली जनावरको मासु खाने चिनियाँहरू निकै थोरै सङ्ख्यामा मात्र छन् ।
अमेरिकी टीभी च्यानल फक्सका राजनीतिक टिप्पणीकार जेस्सी वाल्टर्सले यो रोग फैलाएको दोषारोषण गर्दै चीनले माफी माग्नुपर्ने बताए । उनले चीनलाई अहिलेको ‘समस्याको कारक’ को संज्ञा दिएका थिए । कोभिड–१९ को उत्पत्ति कसरी र कहाँबाट भयो भन्ने कुरा अझै प्रस्ट भएको छैन । तर, कोभिड–१९ को रोकथामको लागि चीनले खेलेको भूमिकाको भने विश्व स्वास्थ्य स·ठनले खुलेर प्रशंसा ग¥यो । चीनको तदारुकताले संसारका अरु देशलाई पनि समयमा नै सजग बन्ने अवस्था बनेको डब्ल्युएचओको भनाइ थियो ।
“जातिवाद पश्चिमी परम्पराभित्र गडेको छ । धेरै मानिस मानव समाज र जातिको उत्पतिको विषयमा चाल्र्स डार्बिनको विकासवादी सिद्धान्तमा विश्वास गर्छन् । तर, श्वेत विकासक्रमको सिद्धान्त भने पश्चिमबाट नै अस्तित्वमा आएको हो । औद्योगिक क्रान्तिले पश्चिमा देशहरूलाई संसारका अन्य देशको दाँजोमा अघि पु¥यायो । यी सबै कुराले श्वेत विकासवादी सिद्धान्त विस्तार गर्न मद्दत पु¥यायो”, सिङ्गापुरको नेशनल युनिभर्सिटीका प्राध्यापक चेङ याङनियनले भने ।
उनले पश्चिमा संस्कृतिमा जातिवादी सिद्धान्त सधैँ रहेको बताए । “आजको आधुनिक समय, विशेषतः दोस्रो विश्वयुद्धपछि यो
(पश्चिमा श्वेत जातिवादी) सिद्धान्तको व्यापक आलोचना भयो । संरा अमेरिकामा लामो समयदेखि अफ्रिकी अमेरिकीलगायतका विभिन्न पृष्ठभूमिका जनता एकसाथ बस्दै आएका छन् । त्यस्तो अवस्थामा दोस्रो विश्वयुद्धदेखि सन् १९७०–१९८० दसकसम्म यस्तो कुरा गर्नु राजनीतिकरूपमा गलत मानियो । तथापि पश्चिमा संस्कृति र दिमागको गहिराइमा यो चिन्तनले जरा गाडेको थियो । कुनै महामारी फैलिँदा यस्तो चिन्तन सतहमा देखापर्ने गर्छ । वास्तवमा उनीहरूले त्यो सोचाइ कहिल्यै त्यागेका थिएनन् । त्यसकारण उनीहरूमा अहिले यस्तो सोच देखापर्नु कुनै आश्चर्यको विषय होइन ।”
अहँ जातिवादले कहिल्यै छोडेन । यो पटक भने जातिवादको यो विचार चीनको राक्षसीकरण गर्ने राजनीतिक मुद्दाले अझै बलियो भएर देखापरेको छ ।
संरा अमेरिकी मिडियाले देखाएका दृश्यहरूले चीनविरुद्ध उनीहरू कति पूर्वाग्रही र आक्रामक छन् भन्ने कुरा प्रस्ट हुन्छ ।
चीनले महामारीमाथि नियन्त्रण गर्न जब कुनै सहरमा लक डाउन घोषणा गरियो, उनीहरूले त्यसलाई ‘जनजीवन र व्यक्तिगत स्वतन्त्रताले ठूलो मूल्य चुकाउनुपरेको’ देखे । तर, जब युरोपकै एउटा देश इटालीले त्यही काम गर्दा भने उनीहरूले ‘कोरोना भाइरसको महामारी रोक्न इटालीले आफ्नो अर्थतन्त्रलाई दाउमा राखेको’ विश्लेषण गरे ।
योभन्दा उपयुक्त ‘दोहोरो मापदण्ड’को उदाहरण के हुन सक्छ ?
चीनलाई उनीहरूले ‘एसियाकै बिरामी मानिस’ भने र त्यसवापत माफी माग्न पनि तयार भएनन् । द वाल स्ट्रिट जर्नलले यसलाई अभिव्यक्ति स्वतन्त्रता बतायो । तर, धेरै चिनियाँहरूले उसको त्यो अभिव्यक्तिलाई विगतमा आफूलाई पश्चिमा जनताभन्दा न्यूनाङ्कन गर्ने इतिहासको स्मरण गरायो ।
चिनियाँ जनताको यो भावनाले उनीहरूले केही फरक पार्छ त ? अहँ पार्दैन । यसमा उनीहरूको अह्मकार लुकेको छ । उनीहरूलाई चीनबारे लेख्न चिनियाँसँग के बुझ्न आवश्यक लाग्दैन । उनीहरूले आफ्नो पूर्वाग्रहमा आधारित भएर जे पनि लेख्न सक्छन् ।
तर, जब अमेरिकाको सबभन्दा शक्तिशाली राजनीतिक नेता नै सिकारको खेल खेलिरहेको छ भने तपाईँको के लाग्छ र ?
अमेरिकामा कोभिड–१९ फैलिएसँगै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा त्यहाँको वास्तविक अवस्था लुकाउन खोजे । तर, वास्तविकता लुकाउन त्यत्ति सहज छैन । त्यसपछि भने उनी दोषारोपणको खेलमा उत्रे ।
तर, चीनमाथि दोषारोपण गरेर ट्रम्पले आफ्नो खुट्टामा आफै बञ्चरो हाने । त्यसले उसलाई अझ आफ्ना समस्या समाधानबाट विमुख बनायो ।
अहिले त संरा अमेरिकाले इन्फ्युन्जाबाट मरेको मानिस र कोभिड–१९ को सङ्क्रमणबाट मरेको मानिस को को भन्ने छुट्याउन नै नसक्ने अवस्थामा पुगेको छ ।
अमेरिकामा चिकित्सकहरूले कोभिड–१९ भाइरसको परीक्षण गर्ने कीट नै मनग्य सङ्ख्यामा पाउन नसकेको अवस्थामा यसरी को के रोगले ग¥यो भन्ने कुरा छुट्याउन नसक्नु स्वाभाविक हो । सीएनबीसीसँगको अन्तर्वार्तामा सरुवा रोगका चिकित्सक डा. म्याट मेकार्थीले परीक्षण कीट जम्मा गर्न उनलाई कति कठिनाइ भोग्नुप¥यो भन्नेमा बताएका छन् ।
“देशकै सबभन्दा व्यस्त अस्पतालमध्ये एउटा अस्पतालमा म पुग्दा एउटा पनि परीक्षण कीट पाइनँ । स्वास्थ्य विभागमा मैले सम्पर्क गर्नुप¥यो”, उनले भने ।
कुनै नयाँभाइरस देखापर्दा जुन कुनै सरकारलाई पनि प्रतिरोध गर्न केही समय अवश्य लाग्छ । सुरुको अलमल बुझ्न सकिन्छ । तर, कोही राजनीतिक नेताले कसैमाथि दोषारोपण गर्छ, चीनको लाञ्छना लगाउँछ । जब सम्पूर्ण संसारमा साझा शत्रुविरुद्ध सहकार्यको खाँचो पर्छ, त्यत्तिबेला घृणा र भयको अवस्था बनाउँछ भने त्यो क्षम्य हुन सक्दैन ।
सीजीटीएन
नेपाली अनुवाद – सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *