भर्खरै :

उहान लकडाउनले ७ लाखमा संक्रमण रोक्यो

पेइचिङ
मध्य चीनको हुपै प्रान्तको उहान सहरमा समयमै लकडाउन गर्ने चीन सरकारको निर्णयले सात लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाएको मंगलबार साइन्स जर्नलमा प्रकाशित एक अध्ययनको नतिजाले बताएको छ ।
महामारी फैलिन सुरु भएको सुरुका पचास दिनमा चीनले लिएको आक्रामक कदमले चीनकै अरु सहरलाई आवश्यक तयारी गर्न समय प्राप्त भएको सो अनुसन्धानले देखाएको छ । अध्ययनमा चीन, संरा अमेरिका र बेलायतका अध्येताहरू संलग्न छन् ।
महामारीको थालनी भएको पचासौं दिन–फेब्रुअरी १९ सम्ममा चीनमा ३० हजार मानिसमा भाइरसको संक्रमण भएको सो अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका अध्येता क्रिस्टोफर डेले भने ।
“हाम्रो अध्ययनले यदि उहान सहरमा यात्रा निषेध लागु नभएको र राष्ट्रिय आपतकाल घोषणा नगरेको भए पचासौं दिनसम्ममा उहानबाहिर मात्र ७ लाख मानिसमा यो रोग संक्रमण हुने हाम्रो अध्ययनले देखाएको छ”, अध्येताहरूले आफ्ना अध्ययनसम्बन्धमा जारी वक्तव्यलाई उद्र्धत गर्दै डेले भने ।
“चीनले अवलम्बन गरेको रोकथामको तरिकाले संक्रमणको जालो तोड्न सफलतापूर्वक काम गरेको देखियो । संक्रमित र आशङ्का गरिएका विरामीको सम्पर्कबाट अरु मानिसलाई टाढा राख्न त्यो तरिकाले काम ग¥यो”, उनले भने ।
अध्येताहरूले विरामीको केस रिर्पोट, जनस्वास्थ्य सूचना र मोबााइल फोन लोकेसन आदिको अध्ययनको आधारमा भाइरसको संक्रमणबारे अनुसन्धान गरेका थिए ।
मोबाइल फोन पछ्याउँदा धेरै नयाँ तथ्य–तथ्याङ्क थाहा पाएको अर्का अध्येता पेन स्टेटका जीवविज्ञान प्राध्यापक ओटर जोर्नस्टागले भने ।
उनीहरूले चीनकै सबभन्दा लामो सार्वजनिक विदाको समयावधिको अध्ययन गरेका थिए ।
“हामीले यो वर्ष र अघिल्ला दुई वर्ष चिनियाँ नयाँ वर्षमा उहान सहरबाट बाहिर जाने र भित्र आउनेहरूको यात्रा ढाँचाको तुलनात्मक अध्ययन गरेका छौं”, उनले भने ।
“जनवरी २३ बाट उहानमा यात्रामा बन्देज लगाए पछि मानिसका गतिविधि असामान्य गतिमा घट्यो । त्यही तथ्याङ्कको आधारमा चीनभरिका अन्य सहरमा उहानबाट फैलिएको रोग संक्रमण कसरी रोक्यो भन्ने कुराको हामीले अध्ययन गरेका छौं”, अध्येताले भने ।
उहान लकडाउन भए पछि अरु सहरमा भाइरसको संक्रमण गति निकै घट्यो । उहानको अवस्थाले अरु सहरमा सार्वजनिक भेला र मनोरञ्जन स्थल बन्द गर्न सहज बन्यो ।
महामारीको कारण आज संसारका झन्डै आधा जनसंख्या घर बसेका छन् । लकडाउनको ढाँचा सबैतिर लागु गरिएको छ । चीन सरकारले पहिलो पटक उहान सहर दुई महिनाअघि बन्दको घोषणा गर्दा सो कदमलाई संक्रमणविरुद्ध लड्न अतिरञ्जनापूर्ण कदमको रुपमा हेरिएको थियो ।
आज उहानको जनजीवन सामान्य बन्दैछ । यात्रामाथि लगाइएको निषेध क्रमशः खोलिंदैछ ।
एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *