भर्खरै :

अलपत्र नेपालीलाई प्रक्रिया पु¥याएर देश पस्न देऊ

तस्वीरः डाउन टु अर्थ
सरकारले नेपालको सिमाना बन्द गरेपछि भारतबाट फर्केका सयौँ नेपालीहरू सीमावर्ती क्षेत्रमा अलपत्र परेका छन् । सुदूरपश्चिमको दार्चुला जिल्लास्थित भारतसँगको सीमावर्ती महाकाली नदीपारि उत्तराखण्डको धार्चुलामा सयौँ नेपाली मजदुर नेपाल पस्न नपाएपछि बिस्कुट–पानी खाएर खुला आकाशमुनि रात काट्न बाध्य छन् । उनीहरूमध्ये कोही भने ज्यान जोखिममा राखेर महाकाली नदी तरेर पनि नेपाल पसेका छन् । तर, नेपाल सरकार भने आफ्ना ती नागरिकलाई देशभित्र पस्न दिने वा नदिने विषयमा अझै कुनै निक्र्योलमा पुग्न सकेको छैन ।
रोजगारीको लागि भारत गएका ती नागरिकहरू भारतमा पनि एक्काइस दिनको लक डाउन घोषणा भएपछि आफ्नो देश फर्किन खोजिरहेका छन् । कोही त भारतका विभिन्न सहरबाट लामो यात्रा पार गरेर नेपालको सिमानामा आइपुगेका छन् । ती नेपालीहरूलाई नेपाल सरकारले स्वदेश भित्रिने बन्दोबस्त गर्नुपर्छ ।

सरकारको आँखामा सबै नेपालका नागरिक समान हुन् । कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । बोल्नेको पिठो पनि बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने अन्यायपूर्ण व्यवहार सरकारले गर्नुहुँदैन ।

नेपाली नागरिक आफ्नो देशमा फर्किन पाउनु उसको अधिकार हो । सरकारले उनीहरूमध्ये सबै नेपाली नागरिक भए–नभएको यकिन गरी नेपाली नागरिकलाई देश भित्रिन दिनुपर्छ ।
नेपाल सरकारले आफ्ना नागरिकलाई विदेशमा अलपत्र छोड्न मिल्दैन । चीनको हुपेइमा कोभिड–१९ को सङ्क्रमण उचाइमा पुगेको अवस्थामा त्यहाँ रहेका नेपालीलाई नेपाल सरकारले उद्धार गरेको थियो । त्यसअघि मध्यपूर्वका देशमा राजनीतिक द्वन्द्व चर्किंदा पनि नेपाल सरकारले नेपाली नागरिकको सुरक्षाप्रति चासो राखेको थियो । तर, आफ्नै दैलोमा आइसकेका नेपालीलाई अहिले बेवास्ता गर्न नेपालले मिल्दैन । सीमावर्ती क्षेत्रमा अल्झेका नेपालीहरूलाई देश भित्र्याएर उनीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरी कोही कोभिड–१९ सङ्क्रमित भेटिए तत्काल आवश्यक उपचारको निम्ति सरकारले पहल गर्नुपर्छ । बाँकी नेपालीलाई पनि दुई साता क्वारेन्टिनमा राख्ने बन्दोबस्त नेपाल सरकारले गर्नुपर्छ ।
सरकारको आँखामा सबै नेपालका नागरिक समान हुन् । कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । बोल्नेको पिठो पनि बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने अन्यायपूर्ण व्यवहार सरकारले गर्नुहुँदैन । भारतका केही मिडियाले अलपत्र परेका नेपालीलाई नेपाल पठाउन काठमाडौँमा कूटनीतिक पहल भइरहेको बताएका छन् । सरकारले उनीहरूको विषयमा यथाशक्य चाँडो निर्णय गर्नुपर्छ । भारतमा रहेका नेपालीहरू यसरी अव्यवस्थितरूपमा बस्दा भारतमै पनि फैलिरहेको कोभिड–१९ को सङ्क्रमण उनीहरूबीच फैलिन सक्नेतर्फ सरकार गम्भीर बन्नुपर्छ । आफ्नो नागरिकको सुरक्षा गर्नु सरकारको दायित्व हो । आपत्को बेला देश फर्किएका नेपालीहरूलाई देश भित्र्याउन विलम्ब गर्नुहुन्न ।
भारतसँगको सिमाना बन्द भनिए पनि कतिपय नाकामा भने त्यसको कडाइका साथ पालना भइरहेको छैन । विभिन्न ‘चोर बाटो’ हुँदै नेपालमा आउने मानिसको सङ्ख्यामा अझै कमी आएको छैन । त्यसकारण सिमाना बन्दी कडाईका साथ लागू गरिनुपर्छ । कोही नेपाली देश भित्रिन चाहेका छन् भने उनीहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा गरी चौध दिन क्वारेन्टिनमा राखी घर पठाइनुपर्छ । सिमाना बन्द भन्ने तर सिमानाबाट मानिस अनाधिकृतरूपमा भित्रिने अवस्था कायम राख्नुले सङ्क्रमणको जोखिम अझ बढाउनेछ । विदेशी नागरिकलाई पस्न नदिऔँ, नेपालीलाई प्रक्रिया पु¥याएर देशभित्र पस्न दिऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *