भर्खरै :

वातावरण यसरी सहज पारौँ

 भरत ढुंगेल
विश्वमा ओलम्पिक खेलहरू चलिरहँदा टेलिभिजनको पर्दामा जसरी कुन देशले कति पदक हात पा¥यो भनेर हेर्न उत्सुकता हुन्थ्यो त्यसरी नै आजभोलि कुन देशमा कोभिड—१९ ले कति सङ्क्रमित बनायो र कति सङ्ख्यामा यसको सङ्क्रमणको कारणले मानिसहरूको मृत्यु भइरहेको छ भनेर हेर्नमा बितिरहेको छ । फरक यतिमात्र छ, खेलको तालिका हेर्दा मन रमाउँथ्यो । तर, कोभिड—१९ सङ्क्रमितको तालिका हेरेर कसैको मन रमाएको छैन । खेलमा विभिन्न स्पर्धाबाट परिणाम एकैपटक आउन थाल्दा भौगोलिक निकटता र अरु विभिन्न कारणले कुनै अमुक देशको पक्ष लिई त्यहीँ देशको नाम तालिकाको अग्र भागमा रहिरहोस् भनेर शुभेच्छा पनि राखिन्थ्यो । कोभिड—१९ सङ्क्रमित तालिका पनि ओलम्पिक खेल तालिकाजस्तै तलमाथि भइरहेको छ । सुरुका दिनहरूमा चीन धरै समय प्रथम बनिरह्यो तर दिन बित्दै जाँदा इटालीले केही समय आफूलाई यो स्थानमा राख्यो र अहिले प्रथम स्थानमा अमेरिका पुगिसकेको छ । खेलमा जस्तो अहिले कसैले पनि यो तालिकामा कुनै अमुक देश प्रथम होस् भनेर पक्कै पनि शुभेच्छा राखेका छैनन् । कामना गरौँ, नेपाल जसरी ओलम्पिक खेलको तालिकामा सधैँ पछाडि पर्ने गथ्र्यो त्यसैगरि यो कोभिड—१९ सङ्क्रमण को मामिलामा पनि पछाडि नै परोस् ।

बन्दाबन्दी घोषणा भएको हप्ता दिन बितिसकेको छ । सबै जनतामा आफूलाई पुग्ने खाद्यवस्तुको भण्डारण गर्ने क्षमता नहुन पनि सक्छ, हुनेले पनि भण्डारण गर्ने अवसर नपाएको हुनसक्छ । सरकारले दैनिक केही समय खाद्यवस्तुका पसलहरू खोल्ने भने पनि उनीहरूमै सामान अभाव हुन थालिसकेको अवस्था छ । भाटभाटेनी सुपरमार्केटका सञ्चालक आफैँले बैङ्कर अनिल केशरी शाहकोमा सामान पु¥याइदिएको खबर राष्ट्रिय समाचार बन्छ तर सबैको पहँुच त्यहाँसम्म छ र ?

नेपालको वर्तमान परिस्थितिलाई हेर्ने हो भने कामना गर्नेभन्दा पनि केही ठोस योजना बनाई त्यसलाई चुस्त र दुरुस्त ढंगले कार्यान्वयन गर्नुपर्ने देखिन्छ । अमेरिकालगायत युरोपका विकसित मुलुकलाई समेत त्राहिमाम बनाइसकेको अवस्थामा नेपालजस्तो विकासोन्मुख मुलुकले अझै पनि गम्भीरतापूर्वक नलिने हो भने महामारीको स्थिति नआउला भन्न सकिँदैन । नेपालमा भेटिएका पाँच जना सङ्क्रमितहरूमध्ये हाल चारजना अस्पतालमा उपचारत छन् भने एक जना निको भई घर फर्किसकेका छन् । यी पाँचै जना विभिन्न मुलुकबाट नेपाल आएका हुन् । त्यसैले सर्वप्रथम यिनीहरूको सम्पर्कमा आएकाहरूको पहिचान गरी ती सबैलाई अन्य व्यक्तिहरूबाट अलग राखी तत्काल परीक्षण गरिहाल्नुपर्दछ । बन्दाबन्दीको घोषणापछि पनि नेपालमा लाखौँको सङ्ख्यामा मानिसहरू भारतबाट भित्रिएका छन् । मर्नुपरे पनि परिवारसँगै मर्ने भन्दै गाउँगाउँ बिनाहिच्किचाहट जानु उनीहरूमा चेतनाको अभाव देखिन्छ । नेपालमा सङ्क्रमितको सङ्ख्या कम देखिनु कतै परीक्षण नै नभएर त होइन ? भन्ने आवाज पनि धेरै सुनिन थालेको छ । त्यसैले पछिल्लो समयमा बाहिरबाट भित्रिएका यस्ता व्यक्तिहरूको पहिचान गरी सङ्क्रमणको सम्भावना भएकाहरू सबैको नै परीक्षण गर्नु आवश्यक छ । यो मामिलामा बिसञ्चो भए सम्पर्कमा आइहाल्छन् नि भनेर बस्नु राम्रो हुँदैन । अलगै राख्ने व्यवस्थाको लागि स्थानीय सरकारले विभिन्न राजनैतिक दलहरूसँग समन्वय गरी स्वयम्सेवक दल बनाई घरघरमा गई मानिसहरूकको अवस्था बुझ्नु उपयुक्त हुन्छ । कोही कसैको बिनानिगरानी मानिसहरू अलग बस्न रुचाउँदैनन् । एक त समाजबाट बहिष्कृत हुने डरले अर्को हरेकको घर अलग–अलग बस्न मिल्ने गरी बनाइएकै हुँदैन । यो अवस्थामा कम्तीमा ज्वरो नाप्ने यन्त्र दिई स्वयम्सेवक खटाई ज्वरो आएका र विदेशबाट पछिल्लो समय घर फर्केकाहरूलाई छिटोभन्दा छिटो स्थानीय तवरमै अस्थायी घरहरू बनाई अलग राख्नु आवश्यक छ । आजभोलि सहरमा तारे अस्पतालको रूपमा परिचित अस्पतालहरूले बिरामी हेर्दै नहेरी फर्काइरहेका छन् भन्ने समाचार दिनहँुजसो छापामा पढ्न पाइन्छ । के यिनीहरूलाई सहज अवस्थामा मात्र लुट्न अस्पताल खोल्ने अनुमति दिइएको हो ? सरकारले कि त यिनीहरूको अनुमति खारेज गर्नुपर्छ कि त तुरुन्तै राष्ट्रियकरण गर्नुपर्छ । होइन भने यो विषम परिस्थितिमा राष्ट्र सड्ढटमा परेको बेलामा असहयोग गर्नेलाई कारबाही गर्नुपर्छ ।
बन्दाबन्दी घोषणा भएको हप्ता दिन बितिसकेको छ । सबै जनतामा आफूलाई पुग्ने खाद्यवस्तुको भण्डारण गर्ने क्षमता नहुन पनि सक्छ, हुनेले पनि भण्डारण गर्ने अवसर नपाएको हुनसक्छ । सरकारले दैनिक केही समय खाद्यवस्तुका पसलहरू खोल्ने भने पनि उनीहरूमै सामान अभाव हुन थालिसकेको अवस्था छ । भाटभाटेनी सुपरमार्केटका सञ्चालक आफैँले बैङ्कर अनिल केशरी शाहकोमा सामान पु¥याइदिएको खबर राष्ट्रिय समाचार बन्छ तर सबैको पहँुच त्यहाँसम्म छ र ? अनि पहँुच हुनेकोमा भाटभाटेनीले १०००÷१५०० को सामान घरघरमा पु¥याइदेला त ? त्यसैले यो मामिलामा पनि स्थानीय सरकारको पहलमा न्यूनत्तम मूल्यमा खाद्यवस्तुको बिक्री वितरणको व्यवस्था मिलाउनु जरुरी देखिन्छ । यदि यसो गर्न सकिएन भने भोलिका दिनमा खाद्यवस्तुको माग गर्दै मानिसहरू सडकमा नआउलान् भन्न सकिँदैन । विपन्न परिवारको पहिचान गरी राहतको व्यवस्था गर्न पनि ढिला भइसकेको छ । नियमित औषधि सेवन गर्नेहरूलाई बढीमा एक महिनाको लागि उपलब्ध गराउँदा राम्रो हुनसक्छ नत्र कसैले धेरै भण्डारण गरेका कारणले कसैले नपाउने स्थिति बन्नसक्छ ।
बन्दाबन्दीमा मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । एकातिर सधैँ काममा व्यस्त हुनेलाई यसरी घरमै बस्नु एक प्रकारको सजाय भोगिरहेको भान भइरहेको छ भने अर्कोतिर यो अवस्थामा घरेलु हिँसा बढेको भनेर अन्तर्राष्ट्रिय समाचारमा आइरहेका छन् । यस कुरालाई मनन गरी राष्ट्रिय टेलिभिजन च्यानलमार्पmत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्न आवश्यक देखिन्छ । बिहानको समयमा केही योग ध्यान एवम् सरल व्यायामका विधिहरू विज्ञमार्फत सिकाउन सकिन्छ भने दिउँसोको समयमा नयाँ–नयाँ चलचित्रहरू जुन सिनेमा घरमा एक पटक लागिसकेका छन् । तिनका निर्मातासँग कुरा गरी एउटा च्यानलमार्फत देखाउने व्यवस्था मिलाउनु उपर्युक्त हुन्छ । यसको अलावा केही हास्यव्यङ्ग्यका प्रहसनहरू पनि प्रसारण गर्न सकिन्छ जसले घरभित्रै बसिरहेका मानिसहरूलाई समय बिताउन सहज पार्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *