ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १९ चैत । नेपाल सरकारले देशव्यापी लक डाउन घोषणा गरेको समयमा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरूको सहज आपूर्तिको विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार जनप्रतिनिधि एवं भक्तपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूको बैठक भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले लक डाउनको समयमा सर्वसाधारण जनतालाई कुनै अप्ठेरो अवस्था सिर्जना हुन नदिन नगरपालिकाले आवश्यक प्रबन्ध मिलाइरहेको जानकारी दिनुभयो ।
“कोरोना भाइरस रोगको विषयमा जनतालाई सचेत पार्न नगरपालिकाले माइकिङ तथा पर्चा वितरण गरिरहेको छ । प्रत्येक वडामा विपद् व्यवस्थापन समन्वय समितिमार्फत जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकाहरूले घर–घरमा सचेतना जगाउने कार्य गरिरहेका छन्”, उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले बिहान र बेलुकीको समयमा मन्दिर, मस्जिद, चर्च, बहा–बहीमा पूजा प्रार्थना गर्न जाने, मर्निङ वाक् गर्ने वा तरकारी किन्ने नाउँमा मानिसहरूको भीड देखिएकोले नगरपालिकाले अत्यावश्यक कार्यमा मात्र एक घरबाट एक जनामात्र निस्कन अनुमति पत्र वितरण गरेको र तरकारी बजारलाई प्रत्येक वडाका अनुकूल स्थानहरूमा व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
लक डाउनको समयमा कालाबजारी, मूल्यवृद्धि तथा कृत्रिम अभाव हुनसक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले व्यापारी व्यवसायीहरूमार्फत बजारमा जनताका दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
बैठकमा सङ्घका प्रतिनिधिहरूले विपद्को बेला सर्वसाधारण जनतालाई सुविधा दिन नगरपालिकाको अभिभावकत्वमा सङ्घमार्फत व्यवसायीहरू अघि बढ्न तयार भएको बताउनुभयो ।
उहाँहरूले खाद्यान्न पसलहरू सहजरूपमा खोल्न तथा अत्यावश्क सामग्री ढुवानीलाई सुविधा प्रदान गर्न आवश्यक व्यवस्थाको लागि नगरपालिकासँग अनुरोध गर्नुभयो ।
भक्तपुरवासीहरूको लागि दैनिक उपभोग्य सामग्री तथा खाना पकाउने ग्यासको समस्या नरहेको चर्चा गर्दै उहाँहरूले नगरपालिकाले उद्योग वाणिज्य सङ्घ एवं जिल्ला प्रशासन कार्यालयबीच समन्वय गरेर उपभोक्तासम्म सहजरूपमा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
Leave a Reply