भर्खरै :

विश्वव्यापी सड्ढटको घडीमा अमेरिकाले विभिन्न देशमाथि लगाएको नाकाबन्दी फिर्ता गर !

 
काठमाडौँ।
कोभिड–१९ सङ्क्रमणको केन्द्र अमेरिका बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज हुने बताए । यो भाइरसबाट अमेरिकामा दश लाखभन्दा बढी सङ्क्रमित र दुईलाख चालीस हजारभन्दा बढीको मृत्यु हुने अनुमान गरिएको छ । अमेरिकाले सुरूमा यो भाइरस सङ्क्रमणको संवेदनशीलता देखाउन सकेन । ट्रम्पले ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी चीनविरूद्ध उक्साउने काम गरे । त्यसको परिणाम अहिले अमेरिकी जनता पीडित छन् । अमेरिकी अधिकारीहरूले सामाजिक दूरी कायम गर्ने ट्रम्पको घोषणापछि सङ्क्रमितको सङ्ख्या कम हुने अपेक्षा गरे । ट्रम्पले मानिसलाई घरबाट ननिस्कन र अत्यावश्यक सेवाबाहेक सञ्चालन गर्न नदिने घोषणा नगरेको हुँदा सङ्क्रमित हुने सम्भावना बढी छ । यो महामारीको घडीमा अमेरिका बन्दको निम्ति नभएको ट्रम्पको भनाइ नै गलत हो । अमेरिकाले अझै कोभिड–१९ विरूद्ध लड्ने तरिका चीनबाट सिक्न चाहेको छैन ।
युरोप र अमेरिकाले चीन, क्युवा, प्रजग कोरियासँग सहकार्यमा कञ्जुस्याईँ गर्नेसँगै मानव अधिकार नभएको भनी विरोध गर्थे । प्रजग कोरियामा कोभिड–१९ देखानपरेको, चीन कोभिड–१९ लाई नियन्त्रण गरी ८३ देशलाई उक्त भाइरस नियन्त्रण गर्न स्वास्थ्यकर्मी र उपकरणसहित सहयोगमा लागेको र क्युवा पनि कोभिड–१९ विरूद्ध क्यारेवियन र दक्षिण अमेरिकी देशहरूमा स्वास्थ्यकर्मी र उपकरणमा उत्रेपछि युरोप र अमेरिकाको सभ्यतामाथि ठूलो प्रश्न खडा भयो । मानव स्वास्थ्त्न्दा आधारभूत औषधिमा समेत अमेरिका र युरोप अहिले चीनमा भरपर्दै छन् । ट्रम्पले चुनावी भाषणमा चीनको सामान सस्तो भएकोले आफूलाई गा¥हो भएको बताएका थिए । अहिले चीनको सस्तो सामानसमेत सोचेर किन्नुपर्ने गरी अमेरिका आर्थिकरूपमा थला परेको छ । समयमै अमेरिकाले विभिन्न देशमाथि लगाएको नाकाबन्दी हटाउनु आवश्यक छ ।
कोभिड–१९ अमेरिकी जैविक आक्रमण नै हो । आगामी दिनमा यो पुष्टि हुनेछ । अमेरिकाको जैविक आक्रमणविरूद्ध चीनले अनुशासित जनताको बलमार्फत जवाफ दियो । बाँकी विश्वमा कोभिड–१९ सङ्क्रमण बढिरहेको बेला चीनमा ९० प्रतिशतभन्दा बढी कारखानाहरू सञ्चालनमा आएका छन् । चीन विश्वलाई भरपर्दोरूपमा आपूर्ति गर्न तयार देखिन्छ ।
कोभिड–१९ को विश्वव्यापी महामारीको बेला पनि भारतले नेपालीलाई सामान व्यवस्था नगरेको समाचार प्रकाशित भयो । नेपाललाई आवश्यक ९० प्रतिशत आपूर्ति भारतबाटै ल्याउने र अन्य तेस्रो देशबाट ल्याउने साहस सरकारले नगरेसम्म भारतको नेपालप्रति व्यवहार असमान नै हुनेछ । लक डाउन घोषणाको घडीमा पनि भारतबाट दिनको २०–३० ट्रक तरकारी नेपालमा भित्रिँदै छ ।
भारतमा पनि लक डाउन छ । यतिबेला जो जहाँ छ मानिस त्यही राखिनुपर्नेमा भारतले दिल्ली, मुम्बई, लद्दाख क्षेत्रमा काम गर्ने नेपालीलाई नेपालको सिमाना दशगजा क्षेत्रमा आउन दियो । नेपालमा पनि लाखौँ भारतीय मजदुर छन् । उनीहरूलाई नेपालले भारततर्फ पठाएको छैन । दुवै देश लक डाउन र सीमा बन्द रहेको अवस्थामा मानिस आवतजावत नरोकिनु महामारी नियन्त्रण गर्ने विश्वव्यापी कदमविरूद्ध हो । यो विपत्तिबाट नेपाल–भारत दुवै देशले एक–अर्काे देशमा जाने नागरिकलाई राहदानीको व्यवस्था गर्ने पाठ दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *