भर्खरै :

पैसाले चुनाव जितिन्छ तर जनताको सेवा हुँदैन

निर्जला
१५–२० वर्ष अगाडि नै नेपालको राजधानी अन्त सार्नुपर्ने र पूर्व–पश्चिम राजमार्ग आफै सहर होइन, राजमार्गको ५–१० मिनेटको दूरीमा मात्र बस्ती र नगरको निर्माण गर्नु उचित हुन्छ भन्नेबारे सदनमा पनि प्रश्न नउठेको होइन । तर, कुरो हात उठाएर स्याल हुइँया जस्तो ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने स्तरबाट निर्णय गरिने हुँदा सयकडा ५–१० जनाले मात्रै विषयवस्तुको मर्म बुझेको अहिले थाहा हुँदै छ ।
राता पासपोर्ट बेच्ने, भ्रष्टाचारी, गुण्डागर्दी, चोर र डाँकू छुटाउने, कालाबजारी र देश डुबाउने ठेकेदार एवम् व्यापारीको पक्ष लिने व्यक्तिहरू आज शासक दलहरूलाई एक– एक करोड घूस दिएर संसद्मा पुग्छन भन्ने कुरा जगजाहेर छ । दोषी को ? माथिका विविध प्रकारका अपराध गर्ने र त्यस्ता अपराधीलाई सहयोग गर्ने सबै सांसद र राजनैतिक कार्यकर्ता एवम् माथिल्ला कर्मचारीहरू सबै अपराधी नै हुन् ।
यो नजरियाले वा दृष्टिकोणले राजनीति वा संसदीय राजनीति या पुँजीवादी प्रजातन्त्रलाई हेर्दा शासक दलका नेताहरूको घाँटी–घाँटीसम्म फूलको माला होइन बरु घाँटी –घाँटीसम्म नर्कमा डुबेको कल्पना गर्नुपर्ने हुन्छ ।

सार्वजनिक जग्गा सास्तोमा किन्ने, ललिता निवासको जग्गामा पैसा हाल्ने र पैसा हाल्न सहयोग गर्ने, भ्रष्टाचार गर्न दिनेहरू कार्यकर्ताभन्दा विरोधी पक्षका हुन्छन् । समयमा सबैको पोल खुल्दै जानेछ र चितामा दागबत्ती दिएर फर्कनेहरू सबै मृतक नेताका एक आपसमा कुकृत्यहरूको सूची बनाइरहेका हुनेछन् । व्यापारीलाई खाली नाफा चाहिन्छ, उसले स्वास्नी त के आमा र देश पनि बेच्छ । कतिपय नेपालीले आफ्ना चेलीबेटीमात्रै विदेशमा बेचेका होइनन् आफूलाई जन्म दिने आमालाई समेत भारतमा बेचेको नेपाली अखबारमै छापिएको थियो ।

तर, गर्ने के ? अपराधीहरूको सहयोगविना निर्वाचन जितिन्न र निर्वाचनमा बहुमत नआउँदा सरकार बनाइन्न ! सरकार बनाइएन भने कमसेकम २० – ४० वर्ष गरेको राजनीतिक जीवन बेकार ¤¤¤
ज्यामी राजनीति, नर्क जाने बाटो
यो विचार निर्लज्जता र अपराधी मनोवृत्तिबाट प्रेरित छ । के अपराधीहरू पक्ष नलिइकन वा अहिलेको भाषामा ‘आपराधिक राजनीति’ वा ‘राजनीतिमा अपराध’ नगरिकन जीवनमा राम्रो काम गर्न सकिन्न ? अपराधीले राजनीति गर्नुभन्दा अर्थात् राजनैतिक दल, नेता र कार्यकर्ताहरूले अपराधीहरूलाई साथ दिने र बोक्नेहरूभन्दा सिधै अपराध गर्नेहरू अपराधअनुसार दण्ड–सजायका भागीदार हुन्छन् । तर, यसमा देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने प्रतिज्ञा गरेका कार्यकर्ता बढी अपराधी हुन्छन्, किनभने तिनीहरू विश्वासघाती हुन् । हाम्रा मन्त्री, प्रधानमन्त्री, जिल्ला समन्वय समितिका अध्यक्ष, गाउँपालिका अध्यक्ष आदि राजनैतिक कार्यकर्ताहरूले विदेशीको अनुरोध र आग्रहमा विदेशी धर्मको प्रचार आफ्नै देशमा सरकारी पदमा बसेर गर्नुहुन्छ ? संविधानको ‘धर्म निरपेक्षता’ को अर्थ पैसा खाएर या करोडौँको पुरस्कार र भेटी लिएर एउटा धर्मको पक्ष लिनुहुन्छ ? विदेशी बाबाको मन्दिर बनाउने मन्त्री, गाउँपालिका अध्यक्ष र सीडीओले स्वीकृति दिने अनि जनताको हितको निम्ति खर्च गर्नुपर्ने रकम विदेशीको धर्म प्रचारमा खर्च गर्नुहुन्छ ? महादेव स्थापनाको नाममा हुने–नहुने व्यापार गर्न छुट दिनुहुन्छ ? के जनता सधैँ चुपचाप बस्नेछन् भनी सोचेका छन् – यी ‘राजाका नयाँ लुगा’ लगाउनेहरूले ?
नेताहरूसँग पैसा खाएर राजनीति गर्ने कार्यकर्ताहरू ज्यामी हुन्– कार्यकर्ता होइनन् । त्यस्ता कार्यकर्ता भोलि नेता हुँदा आजका नेताहरूलाई फसाएजस्तै तिनलाई अरू अपराधीहरूले फसाउने निश्चित छ । एक –एक जना पदमा गएका युवा नेताहरूको हिसाब–किताब छ, बढ्ता धक्कु लाएर बस्नु पर्दैन । हिजोका एकजना नेताका कर्तुत धेरै थिए तर प्रहरीलाई सबै थाहा थियो, किनभने गुप्तचर नै ती नेताकै ‘इमानदार’ कार्यकर्ता थिए । अनि, त्यस्ता मन्त्रीहरूले जथाभावी दिएको आदेश प्रहरीले कसरी मान्छन् ? नेताको कालो कर्तुतको आलोचना नगर्ने कार्यकर्ता कहाँबाट सञ्चालित हुने भन्ने विषयमा शङ्का गर्नु मनासिब विषय हो ।
सार्वजनिक जग्गा सास्तोमा किन्ने, ललिता निवासको जग्गामा पैसा हाल्ने र पैसा हाल्न सहयोग गर्ने, भ्रष्टाचार गर्न दिनेहरू कार्यकर्ताभन्दा विरोधी पक्षका हुन्छन् । समयमा सबैको पोल खुल्दै जानेछ र चितामा दागबत्ती दिएर फर्कनेहरू सबै मृतक नेताका एक आपसमा कुकृत्यहरूको सूची बनाइरहेका हुनेछन् । व्यापारीलाई खाली नाफा चाहिन्छ, उसले स्वास्नी त के आमा र देश पनि बेच्छ । कतिपय नेपालीले आफ्ना चेलीबेटीमात्रै विदेशमा बेचेका होइनन् आफूलाई जन्म दिने आमालाई समेत भारतमा बेचेको नेपाली अखबारमै छापिएको थियो ।
इमानदारले आलोचना गर्छ, बेइमानले तारिफ गर्छ– रसातल पु¥याउन
अमेरिकी राष्ट्रपति ट्रम्प एक उद्योगपति र व्यापारी हुन् । उनले आफ्नो आलोचना गर्ने र आफूसँग वा आफ्नो विचारसँग सहमत नहुने धेरै सहयोगी एवम् सल्लाकारहरू फेरे । भारतमा उनको भ्रमण भइरहँदा भारतीय विद्युत् प्रचारमाध्यमले उनका कारोबार, सम्पत्ति, उनका ‘केटी साथी’ र ‘साथी दाबी गर्ने केटीहरू’ को सूची नै प्रचार गरेका थिए– उनका योग्यतासरह !
दिल्ली जलिरहेको बेला हजारौँ भारतीय गुजरातको एक रङ्गशालामा प्रधानमन्त्री मोदी र ट्रम्पको गलामिलाइप्रति ताली बजाउँदै थिए । आज भारत कोरोना भाइरसले त्रासमा छट्पटिरहँदा रेल बन्द र ‘लक डाउन’ भन्दै सबैलाई आ–आफ्नो घर–घरमा बस्न आदेश दियो – मोदी सरकारले । तर, लाखौँ मजदुरलाई निकाले कारखाना मालिकहरूले कारखानामा ताला लगाएर । विहार, उत्तर प्रदेश र अरू टाढा – टाढाका मजदुरको बेहाल थियो –दिल्लीमा । के दुई चार दिनपहिले नै कारखाना मालिकहरूलाई मजदुरलाई खाने पैसा दिएर घर पठाउन भन्नुपर्ने थिएन ? बस्ने, खाने र जाने रेल बन्द भएपछि लाखौँ मजदुरको के हालत भयो होला ¤ के दुई दिन अगाडिको स्थिति समेत सत्तासीनहरूले सोच्नु पर्दैनथ्यो ?
हो, पैसा भएपछि चुनाव जित्न सजिलो छ, एजेन्टहरूको मद्दतले । सत्तामा पुग्न पनि सजिलो छ –पैसा भएमा । तर, जनताको सेवा हुने सोच पैसाले बन्दैन, पैसाले योग्य र इमानदार मानिस किन्न पाइन्न, शासक दलका नेताहरूले बुझ्नु आवश्यक छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *