‘भक्तपुर काण्ड : संस्मरण भाग ३’ विमोचन पार्टीलाई समूल नष्ट गर्न राज्यस्तरबाटै षड्यन्त्र रचिएको हो
- भाद्र १०, २०८३
दोस्रो विश्व युद्धपछि संरा अमेरिकाले सोभियत सङ्घलाई आफ्नो मुख्य शत्रु सम्झ्यो । त्यसकारण अमेरिकी साम्राज्यवादले अनेक जाल–झेल गरेर सोभियत सङ्घविरूद्ध झूटा प्रचार गरेर बदनाम गर्ने तथा भित्री वा बाहिरी आक्रमणबाट ध्वस्त पार्ने प्रयास ग¥यो । दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा बम खसालेर लाखौँ मानिसको हत्या ग¥यो । त्यसको असरको कारण २–४ पुस्तासम्म विकलाङ्ग केटाकेटी जन्मिरहेकै छन् । परिणामतः आजसम्म पनि संरा अमेरिका युद्धपिपासु, क्रुर र मानवताविरोधीको रूपमा संसारमा बदनाम छ ।
कोरिया युद्ध (सन् १९५०–१९५३) मा संरा अमेरिकी साम्राज्यवादी सैनिकहरूले हजारौँ निर्दोष केटाकेटी, बूढाबूढी र महिलाहरूको निर्दयतापूर्वक हत्या गरे । युद्धबन्दीबारे अन्तर्राष्ट्रिय प्रचलनलाई नाघेर ग्यास, बम र मेसिनगनले हानेर, जीउँदै खाडलमा गाडेर, भोकै चिसोमा राखेर साथै कुकुरलाई टोक्न लगाई कोरियाली जनतालाई मारे । महिला बन्दीहरूको सामूहिक बलात्कार गरेर हत्या गरे । संरा अमेरिकाले सन् १९५२ जनवरी महिनामा किटाणु र जीवाणु हतियार प्रयोग गरी कोरियाली जनताको हत्या ग¥यो । ३१ मार्च १९५२ मा प्रजातान्त्रिक अधिवक्ताहरूको अन्तर्राष्ट्रिय संस्थाको कमिस्नरको प्रतिवेदनमा ती घटनाहरू उल्लेख गरिएका छन् ।
भियतनाम युद्धमा अमेरिकी साम्राज्यवादीहरूले पहेँलो रङको ड्रममा राखेको एजेन्ट ओरेन्ज विषादीलगायत अन्य रासायनिक हतियारहरू प्रयोग गरे । विषादीको कारण भियतनामको बाली–नाली, वन–जङ्गल, रूख–विरूवा सबै नष्ट भए, सुके । १० वर्षको त्यस रासायनिक हमलामा ८ करोड लिटर विषादी छरिएको थियो । रासायनिक युद्धको परिणामस्वरूप भियतनाममा आजसम्म पनि विकलाङ्ग केटाकेटी जन्मिरहेका छन् ।
इराक, इरान, लिबिया र सिरियाको आक्रमणमा पनि संरा अमेरिकाले बम र विषालु हतियारहरू प्रयोग ग¥यो । आक्रमणबाट टिग्रिस र इफ्रिटस नदीको सभ्यता धुजाधुजा भयो । अमेरिकी केन्द्रीय गुप्तचर विभागले ल्याटिन अमेरिकी देशहरूमा ‘लागूपदार्थ’ बेचविखन गर्ने ‘गिरोह’बाट काम गराउँछ र त्यही गिरोहहरूलाई प्रयोग गरी संरा अमेरिकाविरोधी राष्ट्रपति, नेता, लेखक, कवि, कलाकार र मानव अधिकारवादी आदिलाई षड्यन्त्रपूर्वक ‘लागूपदार्थ ओसार–पसार’ गरेको झूटा मुद्दामा फसाउँछ । यसरी संरा अमेरिकाले संसारलाई थर्काउँदै अरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र आक्रमण गर्ने गर्छ ।
राजनैतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा सोभियत सङ्घलाई संरा अमेरिकाले हराउन नसकेको हुँदा सार्स, स्वाइनफ्लू, मर्स, इबोला, जिका र कोरोनाजस्ता भाइरसहरू अमेरिकी प्रयोगशालाहरूमा तयार गर्दै त्यसको दोष सोभियत सङ्घलाई दिने उद्देश्यले सन् १९८१ मा ‘अँध्याराका आँखाहरू’ शीर्षकको एक उपन्यास प्रकाशित ग¥यो – डीन कूत्जको लीठ निकोल्स उपनामबाट । एउटी महिलाको हराएको छोरो सोभियत रूसको गोर्की सहरमा बन्दी बनाई ‘भाइरस’ को प्रयोगमा राखिएको काल्पनिक कथा रचना गरियो । एकजना सोभियत वैज्ञानिक जैविक हतियार–‘गोर्की ४००’ को गुप्त माइक्रोफिल्म लिएर अमेरिका भागेको कथा बुनियो ।
“यसरी यो घटना संरा अमेरिकी प्रशासनभन्दा संसारमा बदनाम भएको उसको केन्द्रीय गुप्तचर विभाग (सीआईए) को मनोवैज्ञानिक वा प्रचार युद्ध हो”, उनी अनुमान गर्छन् । पछि संरा अमेरिकाले आफ्ना पाँच जना सैनिक उहान पठाएर ‘कोरोना भाइरस’ सङ्क्रमण गर्ने अपराध गरेको अहिले तर्कले साबित गरिसकेको छ । चीनको उहानबाट फैलिएको भनी प्रचार गरिएको कोरोना भाइरस सारमा अमेरिकी सैनिक प्रयोगशालामा तयार गरिएको हो र पछि त्यसको नाम ‘कोभिड–१९’ राखिएको हो ।
सन् १९९१ मा गोर्भाचोभको बेला सोभियत सङ्घ विघटन भयो र १५–१६ राज्यमा विशृङ्खलित भयो । समाजवाद पतन भई रूसमा पुँजीवाद पुनः स्थापना भयो । अब सोभियत सङ्घ अमेरिकाको शत्रु रहेन । सन् १९८९ को फेब्रुअरी २५–२६ मा अमेरिकी राष्ट्रपति जर्ज बुसले चीनको भ्रमण गरे । त्यही वर्ष मईको १५–१८ मा सोभियत कम्युनिस्ट पार्टीका महासचिव एवम् सोभियत सङ्घका राष्ट्रपति गोर्भाचोभले चीनको भ्रमण गरे । जुन ३ मा पेकिङको थेनआन मेन चोकमा प्रतिक्रान्तिकारी उपद्रव दबाइयो । अमेरिकी साम्राज्यवाद र सोभियत विश्वासघातीहरूको सपना चकनाचुर भयो ।
यसकारण, अब अमेरिकाको शत्रु रूस नभई चीन भयो र चीनको राजनैतिक एवम् व्यापारिक प्रतिस्पर्धामा अमेरिका जान नसकिने तथा चीनसँग सशस्त्र लडाइँ गरेर होइन बरु भाइरस वा जीवाणु युद्धमार्फत हराउने योजना बनाएको तर्क गर्न सकिन्छ । डीन कूत्जको ‘अँध्याराका आँखाहरू’ को नयाँ प्रकाशन बाहिर आउँछ, सोभियत सङ्घको ठाउँमा चीन र गोर्की नगरको ठाउँमा उहान राखिन्छ तथा रूसी वैज्ञानिक इल्या पोपारोभको ठाउँमा लिचेन नाउँको चिनियाँ वैज्ञानिक सबभन्दा डरलाग्दो रासायनिक हतियार ‘उहान–४००’ को गुप्त डिस्केट लिएर अमेरिका भाग्छन् ।
सन् २०२० को फेब्रुअरी ३ मा ताइपेहको ‘थाइवान न्यूज’ को एक स्टाफ लेखक चिङ त्से चेङ्गले सन् १९८१ कै उपन्यासलाई ‘उहान–४००’ बनाएको दाबी गरे ।
अमेरिकी लेखकले पुस्तकको ३९ भागमा ‘लिवर्टी टाइम्स’ले रिपोर्ट दिएको बनावटी चर्चा गरी उहानको एक सैनिक प्रयोगशालामा जैविक हतियार विकास गरेको उल्लेख गरे । ३९ वर्ष अगाडिको कथालाई अहिले ‘कोरोना भाइरस’ को नाममा चीनको विरोधमा प्रचार गर्नु एक नियोजित कुटिल चालबाहेक केही होइन भन्ने प्रस्ट छ ।
“यसरी यो घटना संरा अमेरिकी प्रशासनभन्दा संसारमा बदनाम भएको उसको केन्द्रीय गुप्तचर विभाग (सीआईए) को मनोवैज्ञानिक वा प्रचार युद्ध हो”, उनी अनुमान गर्छन् । पछि संरा अमेरिकाले आफ्ना पाँच जना सैनिक उहान पठाएर ‘कोरोना भाइरस’ सङ्क्रमण गर्ने अपराध गरेको अहिले तर्कले साबित गरिसकेको छ । चीनको उहानबाट फैलिएको भनी प्रचार गरिएको कोरोना भाइरस सारमा अमेरिकी सैनिक प्रयोगशालामा तयार गरिएको हो र पछि त्यसको नाम ‘कोभिड–१९’ राखिएको हो ।
Leave a Reply