भर्खरै :

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

नुवाकोट, २९ वैशाख । नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।
(माओवादी केन्द्र)बाट उपाध्यक्षका उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिनुभयो ।
तामाङद्वयले प्रचार अभियान पछि घर फकर्दै गरेका सो गाउँपालिकाका नेपाली काँग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *