भर्खरै :

अमेरिका पनि वेल्ट एण्ड रोडको पक्षमा

आगामी मे महिनाको १४ र १५ मा चीनको राजधानी बेइजिङमा हुने अन्तर्राष्ट्रिय सहकार्यको लागि बेल्ट एण्ड रोड मञ्चमा संरा अमेरिकाले आफ्नो सरकारी प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । चीनको बेल्ट एण्ड रोड पहलकदमीको महत्व स्वीकार्दै संरा अमेरिकाले अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो प्रतिनिधिमण्डल परिचालन गर्ने निर्णय गरेको संरा अमेरिकी वाणिज्य विभागले जारी गरेको वक्तव्यमा सार्वजनिक गरेको हो ।
आगामी अन्तर्राष्ट्रिय मञ्चमा सबै पक्षहरुले सहकार्यका प्रमुख क्षेत्रहरु पहिचान गर्ने, कार्यदलहरु गठन गर्ने र लगानी सहकार्य केन्द्र स्थापना गर्ने काम पूरा गर्नेछ । ती सबै सहकार्य परियोजनालाई समर्थन गर्न सहभागी देशहरुबीच वित्तीय समझदारीहरु हुने कार्यक्रम छ ।
गएको महिना संरा अमेरिकाको फ्लोरिडाको मार–ए–लागोमा चिनियाँ राष्ट्रपति सी जिपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको संवादपश्चात अमेरिका वेल्ट एण्ड रोड सहकार्यमा सहयात्रा गर्न तयार भएको हो ।
दुई देशका राष्ट्रपतिबीच बैठक भएको एक महिनापश्चात संरा अमेरिका र चीनबीच कृषि, व्यापार, वित्तीय सेवा, उर्जा विकास क्षेत्रमा एक सय दिनको योजनाअन्तर्गत सहकार्य गर्नेमा सहमति भएको हो ।
चीनले संरा अमेरिकाबाट तरल प्राकृतिक ग्यास आयात गर्ने चीनको निर्णयलाई अमेरिकाले स्वागत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *