भर्खरै :

आफु बचौँ र अरुलाई पनि बचाऔँ

– रामकाजी खाइजू
अत्यावश्यक काम परेको अवस्थामा बाहेक म घर बाहिर निस्केको छैन र परिवारका सदस्यलाई पनि घर बाहिर पठाएको छैन । भलै साथीभाइ छरछिमेकीले हामीलाई डरपोक भनून् वा लाछी भनून्, कोरोनाको सन्त्रास देशमा साम्य नभएसम्म सरकारले लिने लकडाउनलगायतका नीति जिम्मेवारीपूर्वक पालना गरिन्छ । आवश्यक सतर्कताको उपाय अपनाई ‘आफु बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने भावनालाई आत्मसात गरिन्छ ।
यसै सन्दर्भमा जर्मनीको एउटा सत्य घटना यहाँ उल्लेख गर्न चाहन्छु । चीनको एउटा व्यापारी व्यापारको सिलसिलामा जर्मनी गएको थियो । व्यापारको सिलसिलामा जर्मनीका व्यापारी र उसको निजी सचिवसँग भेटघाट र बैठक गरेर दुई दिनपछि चिनियाँ व्यापारी आफ्नो देश फक्र्यो । चिनियाँ व्यापारी फर्केपछि जर्मनीको व्यापारीलाई सामान्य खोकी लाग्यो र जिउ दुखेजस्तो, थकाइ लागेजस्तो भयो । एक–दुई दिन आराम गरेपछि उसलाई सबै ठीक भयो । उसले यसलाई सामान्यरूपमा लियो र केही भएको छैन भनी ऊ सधैँझैँ आफ्नो कार्यालय गएर नियमित कार्यमा लाग्यो । सबै सामान्य चलिरहेको थियो । उता चिनियाँ व्यापारीलाई ज्वरो आयो र स्वास्थ्य परीक्षण गर्दा उसलाई कोरोना भाइरस सङ्क्रमण भएको पत्ता लाग्यो । आफुमा भाइरस सङ्क्रमण पुष्टि भएपछि चिनियाँ व्यापारीले जर्मनीको व्यापारीलाई खबर ग¥यो र उसको पनि स्वास्थ्य जाँच गर्न भन्यो । जर्मनीको व्यापारी र उसको निजी सचिवको स्वास्थ्य जाँच गर्दा दुवैमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भयो । त्यसपछि जर्मनीको व्यापारीको कार्यालयका सबै कर्मचारीको पनि स्वास्थ्य जाँच गरियो । नतिजा केही कर्मचारीमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भयो ।
यहाँ विचार गर्नुपर्ने कुरा के हो भने कोरोना भाइरसको लक्षण तुरून्त देखिँदैन र सबैमा लक्षण देखिँदैन । तर, तिनीहरूमा सक्रिय रहेको भाइरस अन्य स्वस्थ व्यक्तिमा सर्नसक्छ । यहाँ चिनियाँ व्यापारीले जर्मनीको व्यापारी र उसको निजी सचिवलाई मात्र भेटेको हो । उनीहरूको भेट हुँदा चिनियाँ व्यापारीमा भाइरस सङ्क्रमणको कुनै लक्षण थिएन । भाइरस सङ्क्रमणपछि जर्मनीको व्यापारी र उसको निजी सचिवमा पनि खासै गम्भीर लक्षण देखिएको थिएन । जर्मनीको व्यापारीलाई सामान्य खोकी र थकानको लक्षण देखिए पनि लापरबाही गरी स्वास्थ्य जाँच नगरिकनै कार्यालयमा जाँदा कार्यालयका कर्मचारीहरूलाई पनि भाइरस स¥यो । कोरोना भाइरसको डरलाग्दो पक्ष भनेकै यही हो । को भाइरस सङ्क्रमित हो, को होइन भन्ने कुरा स्वास्थ्य जाँच नगरिकन पत्ता लाग्दैन । गम्भीर स्वास्थ्य समस्या देखिई स्वास्थ्य जाँच गर्न जाँदा सङ्क्रमण पुष्टि हुने बेलासम्म एक जना सङ्क्रमितले धेरै जनालाई भाइरस सारिसकेको हुन्छ । यही कारण विश्वमा कोभिड–१९ महामारीको रूपमा फैलिरहेको छ ।
कोभिड–१९ को कारक कोरोना भाइरसले महामारी फैलिएको तीन महिनाको अवधिमा विश्वभर करिब साढे १० लाख मानिसलाई सङ्क्रमित बनाइसकेको छ । सङ्क्रमण पुष्टि भएका मध्ये झन्डै ५ प्रतिशतले ज्यानै गुमाइसकेका छन् भने २० प्रतिशत बढी उपचारपछि निको भई घर फर्किएका छन् । ५ प्रतिशत जतिमा गम्भीर खालको स्वास्थ्य समस्या देखिई उपचाररत छन् । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा थप सङ्क्रमण घट्दै गएको छ भने अमेरिका, युरोपका साथै अन्य एसियाली मुलुकहरूमा सङ्क्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरी सबै मुलुकहरूलाई सङ्क्रमण रोकथाम र नियन्त्रणको आवश्यक उपाय अपनाउन आह्वान गरिसकेको छ । सङ्क्रमण फैलिएका मुलुकहरूले आप्mनो क्षमताअनुसार रोकथाम र नियन्त्रणको फरक–फरक उपाय अपनाइरहेका छन् । नेपालले पनि रोग फैलिए नियन्त्रण गर्न नसक्ने देखेर सुरुमै देशभर लकडाउनको नीति लिएको छ । यसले देशभित्र सङ्क्रमित व्यक्ति भए अन्य व्यक्तिलाई सार्ने सम्भावना न्यून हुन्छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई पहिलो चरणमै नियन्त्रण गर्नु सबैभन्दा राम्रो उपाय हो । नेपालले पहिलो चरणमा सङ्क्रमणलाई रोक्ने उपाय समयमै नअपनाएको कारण सङ्क्रमण थप बढ्न नदिन एकै पटक लकडाउनको नीति अवलम्बन गरेको छ । विश्वका विकसित देशहरू कोरोना भाइरसको थप सङ्क्रमण नियन्त्रण गर्न असफल भइरहेको अवस्थामा नेपालजस्तो देशले सङ्क्रमण फैलिएपछि उपचार गर्नुभन्दा थप सङ्क्रमण हुन नदिन सुरुमै लकडाउनको नीति लिएको हुनुपर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई चार चरणमा विभाजन गरी नियन्त्रणको उपाय अपनाउन अनुरोध गरेको छ । कोरोना भाइरस चीनबाट अन्य मुलुकमा मानिसको माध्यमबाट फैलिँदै गएको भन्ने आधारमा कुनै पनि देशमा विदेशबाट आएका मानिसमा मात्र कोरोना भाइरस देखापरेको अवस्थालाई पहिलो चरण मानिएको छ । यस्तो अवस्थामा सङ्क्रमण फैलिएका मुलुकबाट आएका स्वदेशी वा विदेशी सबैलाई १४ देखि २१ दिनसम्म क्वारेन्टिइनमा राखी भाइरस सङ्क्रमण नभएको पुष्टि भएपछि मात्र अन्य मानिसको सम्पर्कमा पठाउने उपाय अपनाएर भाइरसको थप सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ ।
विदेशमा सङ्क्रमित भई स्वदेश फर्केका व्यक्तिले स्वदेशभित्र अर्को व्यक्तिलाई भाइरस सारिसकेको अवस्थालाई दोस्रो चरण भनिएको छ । यस अवस्थामा देशभित्र भाइरस सार्ने को हो भन्ने तुरून्त पहिचान हुन्छ र भाइरस सङ्क्रमित सबैलाई आइसोलेसनमा राखी उपचार गर्ने र सङ्क्रमण सम्भावना भएका मानिसहरू पहिचान गरी तिनीहरूलाई क्वारेन्टाइनमा राखी भाइरसको थप सङ्क्रमण रोक्ने उपाय अपनाइन्छ ।
विदेशमा सङ्क्रमित भई स्वदेश फर्केका व्यक्तिले स्वदेशभित्र अर्को व्यक्तिलाई भाइरस सारिसकेको र यसरी सङ्क्रमित व्यक्तिले पनि अरु स्वस्थ व्यक्तिलाई भाइरस सारिसकेको अवस्थालाई तेस्रो चरण भनिएको छ । यस्तो स्थितिमा भाइरसको सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुन्छ । जो जहाँ छन् त्यहीँ क्वारेन्टिइनमा राखेर सङ्क्रमणको लक्षण देखिएका मानिसहरूलाई स्वास्थ्य जाँच गर्दै आइसोलेसनमा राखेर उपचार गर्न लकडाउनको उपाय यस्तो स्थितिमा अनिवार्यजस्तै हुन्छ । तर, यो अति संवेदनशील उपाय हो । लकडाउन हुँदा यातायात, कलकारखाना, कार्यालय, बैड्ढ, होटल, रेष्टुरेन्ट, पसल सबै बन्द हुने हुँदा जनजीवन अत्यन्त कष्टकर हुन्छ ।
देशभित्र भाइरसको सङ्क्रमण डढेलो फैलिए जसरी फैलिने अवस्थालाई सङ्क्रमणको चौथो चरण भनिएको छ । भाइरसको सङ्क्रमण यो चरणमा पुगेपछि रोकथाम र नियन्त्रण गर्न असम्भवजस्तै हुन्छ । देशका सबैजसो नागरिक सङ्क्रमित हुन्छन्, उपचार गर्न अस्पताल नपुग्ने, बेड नपुग्ने स्वास्थ्यकर्मी नपुग्ने र सरकारले लिने कुनै पनि उपायले सङ्क्रमण नियन्त्रण गर्न नसक्ने हुन्छ । यस्तो स्थितिमा सङ्क्रमणबाट स्वास्थ्यमा गम्भीर समस्या देखिएका मानिसहरूको देहत्याग गर्नु बाहेक अरु विकल्प हुँदैन । स्वास्थ्यकर्मीहरूले सबैलाई उपचार गर्नसक्ने अवस्था हुँदैन । त्यसैले बाँच्ने सम्भावना बढी भएका बिरामीहरूलाई प्राथमिकता दिई उपचार गर्नुपर्ने अवस्था आउँछ । कतिपय स्वास्थ्यकर्मी पनि सङ्क्रमित भई मृत्युवरण गर्नुपर्ने डरलाग्दो अवस्था आउँछ ।
त्यसैले कोरोना भाइरसको सङ्क्रमणलाई पहिलो चरणमै नियन्त्रण गर्नु सबैभन्दा राम्रो उपाय हो । नेपालले पहिलो चरणमा सङ्क्रमणलाई रोक्ने उपाय समयमै नअपनाएको कारण सङ्क्रमण थप बढ्न नदिन एकै पटक लकडाउनको नीति अवलम्बन गरेको छ । विश्वका विकसित देशहरू कोरोना भाइरसको थप सङ्क्रमण नियन्त्रण गर्न असफल भइरहेको अवस्थामा नेपालजस्तो देशले सङ्क्रमण फैलिएपछि उपचार गर्नुभन्दा थप सङ्क्रमण हुन नदिन सुरुमै लकडाउनको नीति लिएको हुनुपर्छ ।
लकडाउनले सर्वसाधारण जनताको जनजीवन साह्रै कष्टकर बनाएको छ । तर, भोलि भाइरस सङ्क्रमण भएर अस्पतालमा बस्नुभन्दा अहिले आफुसँग भएको मीठो मसिनो खाएर घरभित्र बस्नु उत्तम उपाय हो । यो भाइरस सधैँ सक्रिय रहने पनि होइन । एक दिन यो बिलाउनैपर्छ । वैज्ञानिकहरू यो रोगको औषधि र खोप तयार गर्न लागिपरेकै छन् । औषधि र खोप पत्ता लागिसकेपछि यो रोग अहिले जति खतरनाक लाग्ने छैन । यसकै लागि औषधि मूलो नभएको र मान्छेबाट सजिलै मान्छेमा सर्नसक्ने भएकोले अहिलेलाई यो एक खतरनाक रोगको रूपमा पैmलिएको छ । त्यसैले मान्छे–मान्छेबीच सामाजिक दुरी कायम गरेर यो रोगको भाइरसबाट सङ्क्रमण नै हुन नदिनु व्यक्ति र देशको लागि एकमात्र विकल्प हो । अहिलेको स्थितिमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण पहिलो चरणमै रहेको देखिन्छ । सङ्क्रमण सम्भावित मानिसहरू सबैको स्वास्थ्य जाँच गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र यसमा हामी आश्वस्त हुन सकिन्छ । त्यसैले सरकारले जति सक्यो छिटो सङ्क्रमण सम्भावित मानिसहरूको स्वास्थ्य जाँच गरी भाइरस सङ्क्रमणको स्थिति निक्र्यौल गर्नु अति आवश्यक छ । भाइरस सङ्क्रमणको स्थिति निक्र्यौल नभएसम्मका लागि सबैले अति आवश्यक कामका लागि बाहेक घरबाहिर ननिस्की कोरोना भाइरस सङ्क्रमणबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ । हाललाई अस्पतालमा बस्नु भन्दा आफ्नै घरभित्र बस्नु अति उत्तम विकल्प हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *