मसाइबेरियाली सकस
रिया प्रिलेजायेभा
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्ला अङ्गमा हामीले लगातार बुबा, दाजु र बहिनीको निधनबीच पनि कसरी लेनिनले आफूलाई रुसी साहित्यको विराट भण्डारले सुसज्जित तुल्याए र कसरी उनी क्रान्तिकारी साहित्यको अध्ययनमा र क्रान्तिकारी विचारलाई जीवनमै उतार्न अग्रसर भए भन्ने कुरा पढ्यौँ ।)
वार्ड नम्बर १९३
छतको ठीक तल साँघुरो जालिदार भेन्टिलेसन । भित्तानजिकै फलामको टेबल र फलामकै कुर्सी । भुइँमा कुनापट्टि दुई किताब । जेलमा पढ्न मनाही गरिएको थिएन । बहिनी र नाद्याले भ्लादीमिर इल्यीचलाई आवश्यक किताब ल्याइदिइरहन्थे । त्यो रात नाद्यालाई गिरफ्तार गरिएको थिएन । बहिनी र आमा भ्लादीमिर इल्यीचको गिरफ्तारीको खबर पाउनासाथ मस्कोबाट आएका थिए ।
आज बिहीबार । भेटघाटको दिन । भ्लादीमिर इल्यीचले किताबहरू एकातिर पन्छाए र भित्तातर्फ पिठ्यूँ फर्काएर टेबलनजिक उभिए । ढोकामा सानो प्वाल थियो । त्यहाँबाट वार्डरले बेलाबेला भित्र चियाउँथ्यो । पिठ्यूँले प्वाल ढाकेर भ्लादीमिर इल्यीचले रोटीको टुक्रा लिए । त्यसलाई गोलो बनाए अनि औँलाले च्यापेर त्यसलाई तीखो बनाए । यो कलम थियो । मसीको काम दूधले गथ्र्यो । उनले किताब हातमा लिए अनि दूधे मसीले पङ्क्तिहरूको बीचमा लेख्न थाले । शब्द लेख्यो कि दूध सुक्थ्यो र केही पनि देख्न सकिन्नथ्यो । आज उनले किताब फर्काउँदै थिए । घरमा नाद्या वा परिवारका सदस्यले किताबका पानालाई आगोअगाडि राख्थे र पाना न्यानो हुँदै जाँदा विस्तारै शब्द देखिन थाल्थे । यसरी सम्पूर्ण पत्र पढ्न सकिन्थ्यो । तर, यसपालि उनले पत्र होेइन पर्चा लेखिरहेका थिए ।
ढोकामा चाबीका गुच्छा बजेको र ताला खोलेको आवाज सुनियो । ढोका खुल्यो र वार्डरभित्र पस्यो । भ्लादीमिर इल्यीचले तुरुन्त रोटीको कलम मुुखमा हाले, चपाए र निले ।
वार्डर नजिकै आयो । यताउता नजर दौडायो । शङ्गास्पद केही नपाएर कोठाबाट बाहिर निस्कियो । भ्लादीमिर इल्यीचले रोटीको अर्कोे कलम बनाए र लेख्न थाले ।
करिब एक घन्टापछि चाबीको गुच्छा फेरि बज्यो । क्रुप्सकाया भेट्न आएकी थिइन् । उनी दोहोरो जालीपल्लोतिर उभिएकी थिइन् । हात मिलाउन सम्भव थिएन । शिर हल्लाएर वा मुस्कुराएरमात्र अभिवादन गर्न सकिन्थ्यो । क्रुप्सकाया मुस्कुराइन् । हुन त भ्लादीमिर इल्यीचलाई जेलमा देख्दा उनलाई रोउँरोउँ लागेको थियो । तर, पनि मनमनै सोचिरहेकी थिइन्, “खूब बहादुर छौ ¤ फिटिक्कै साहस डग्मगाउन्नौ ।”

मजदुरहरूबीच लेनिन
क्रुप्सकायाले आमा र बहिनीको तर्फबाट पनि अभिवादन गरिन् । त्यसपछि उनीहरूले सबै कुशलमङ्गल भएको बताइन् । उनलाई सम्झिन्छन् र माया गर्छन् भनी सुनाइन् ।
केह छिनको घरायसी कुराकानीपछि उनीहरू कामको कुरामा लागे । तर, कामको कुरा कसरी गर्ने ? जेलको दोहोरो जालीबीच सिपाहीँ घुमिरहेको थियो र प्रत्येक शब्द सुनिरहेको थियो ।
“आज बहिनीलाई पुस्तकालयका किताब पठाएको छु,” भ्लादीमिर इल्यीचले भने । “त्यसमा मन्याशाको किताब पनि छ ।” यो वाक्य भनिरहँदा उनले क्रुप्सकायालाई एकदमै ध्यान दिएर हेरे ।
“उनले मन्याशामाथि विशेष जोड दिएका छन्,” क्रुप्सकायाले मनमनै विचारिन् । “अँ, बुझेँ ¤ यसको अर्थ, त्यसमा कुनै पत्र वा पर्चा होला ।”
भ्लादीमिर इल्यीचले कुरा गर्दै गए ।
“मेरो वार्डको नम्बर थाहा छ ?”
“किन नहुनु ? थाहा छ । एक सय त्रियानब्बे ।”
“उनले यो प्रश्न किन सोधिरहेका ? यत्तिकै त नसोधेका होलान् । बुझेँ बुझेँ, १९३ नम्बर पानामा पर्चा लेखिएको होला,” क्रुप्सकायाले फेरि मनमनै अनुमान लगाइन् ।
उनीहरूले सिपाहीँका आँखामा सजिलै छारो हालिरहेका थिए । सिपाहीले भित्तातर्फ हे¥यो । “भेटघाटको समय सक्कियो ।”
समय कति छिटो बितेको ¤ दुईजना छुट्टिन चाहँदैनथे । दुवै एकाएक उदास भए ।
“ठीक छ भोलोद्या । अर्को भेटघाटसम्मलाई बिदा, धेरै उदास नभए ।”
भ्लादीमिर इल्यीचलाई पुनः जेलको कोठातिर लगियो । उनी हिँड्दै जाँदा बेलाबेला पछाडि फर्की हेरिरहेका थिए । आफ्ना आँखाबाट ओझेल नपरुञ्जेल क्रुप्सकायाले त्यहीँ उभिएर उनलाई हेरिरहिन् । तालामा चाबी घुम्यो । भ्लादीमिर इल्यीच फेरि आफ्नो कोठाभित्र पसे । उनी भर्खरै टुङ्गिएको भेटघाटबारे सोचिरहेका थिए । कल्पनाको आँखाले उनले नाद्या जेलको गेटबाट बाहिर निस्किएको र सायद ग्रीष्म उद्यानतर्फ गइरहेको देखे । भ्लादीमिर इल्यीच कोठाको अँध्यारोमा धेरैबेरसम्म ओहोरदोहोर गरिरहे । स्नेहसाथ क्रुप्सकायाका बारेमा सोचिरहे ।
हरियो टेबल ल्याम्प
भ्लादीमिर इल्यीचले सुदूर शुशेन्स्कोय गाउँमा निर्वासनको सजाय भोगिरहेको ठ्याक्कै एक वर्ष बितेको थियो । यसअघि चौध महिना उनले जेलमा बिताएका थिए । निर्वासनको लगभग दुई वर्ष अझै बाँकी थियो ।
त्यस दिन अर्थात् १८९८ को मे ७ तारिखका दिन, पहिलोचोटि आफ्नो नित्य कर्म छोडे अर्थात् भ्लादीमिर इल्यीचले ‘रूसमा पँुजीवादको विकास’ नाउँको किताब लेख्न बसेनन् । यो किताब रूसका गाउँसहरमा जमिनदार र पुँजीपतिहरूको तागत कसरी बढ्दै छ र पुँजीको जाँतोमा पिसिएका आम जनताको जीवन झन्झन् हरिकङ्गाल र कष्टकारी भइरहेको छ भन्ने विषयमा थियो ।
दिउँसोको खानापछि एक स्थानीय गरिब किसान सोसिपातिचले झ्याल धक्धक्याए । उनी दुब्ला–पातला र फुर्तिला थिए । उनले शिरमा टोपी अनि शरीरमा फाटेको कोट लगाएका थिए । उनको काँधमा बन्दुक झुन्डिएको थियो ।
“भ्लादीमिर इल्यीच शिकार खेल्न जानुहुन्न क्या हो ?”
भ्लादीमिर इल्यीच चिन्ताग्रस्त थिए । पिटर्सबर्गदेखि क्रुप्सकाया आइपुग्नुपथ्र्यो । साथीहरू गिरफ्तार भएको केही दिनपछि क्रुप्सकायालाई पनि क्रान्तिकारी गतिविधिका कारण पिटर्सवर्ग जेल जानु परेको थियो । जेलपछि निर्वासनको सजाय तोकिएको थियो । आफूलाई पनि शुशेन्स्कोय पठाइयोस् भन्ने उनले कोसिस गरेकी थिइन् । त्यहाँ भ्लादीमिर इल्यीचले सजाय काटिरहेका थिए । त्यहाँ जाने अनुमति पाइएको पनि थियो । उनी शुशेन्स्कोयतिर लागिसकेकी थिइन् । तैपनि, कुन्नि किन हो उनलाई त्यहाँ पुग्न धेरैबेर लागेको भान भयो ।
आफ्नो व्याकुलतालाई दबाउन भ्लादीमिर इल्यीचले किलामा झुन्ड्याइएको आफ्नो बन्दुक निकाले र घरबाट निस्किए ।
“उफ्, जुत्ता त राम्रै लाउनुभएको छ,” सोसिपातिचले प्रशंसा गरे ।
जङ्गली जन्तुको शिकार गर्न, दलदलमा हिँड्न भ्लादीमिर इल्यीचका जुत्ता साँच्चिकै उपयुक्त थिए । घुँडामाथि आउने खालका । उनीहरू परोभो तालतिर लागे । उक्त ताल करिब दस भेस्र्त (करिब दस किलोमिटर) को दुरीमा थियो । त्यहाँ अति धेरै वनहाँस थिए । तालको किनारामा पखेटै–पखेटा फैलिएको देखिन्थ्यो । दिन सुनौलो थियो । घाम पनि चर्को थिएन । घामको उज्यालो किरणले घाँस चम्किरहेको थियो । कसैले धोइदिएजस्तै हरियो मैदान ताजा देखिन्थ्यो । टाढा क्षितिजमा नीलो आकाशको पृष्ठभूमिमा बरफले ढाकिएका चकित पार्ने अग्ला सायान पहाड फैलिएका थिए ।
“रोकिनुस्, ताल आयो । हेर्नुस्, निशाना नचुकोस् नि भ्लादीमिर इल्यीच ¤ पहिलो निशाना चुकेको राम्रो मानिन्न,” शिकारस्थल पुगेपछि सोसिपातिचले चेतावनी दिए ।
भ्लादीमिर इल्यीच हातमा बन्दुक लिएर उभिए । उनी बन्दुक समाई उभिँदा र जङ्गली चराचुरुङ्गीको चिरबिर सुन्दा रमाउँथे । तालको किनारमा उम्रिएको झाडीबीच केही चीज चल्मलायो ।
भ्लादीमिर इल्यीचभन्दा करिब दस एघार पाइलाको दुरीमा एउटा ठूलो र धमिलो रङ्गको जङ्गली वनहाँस देखाप¥यो र आफ्नो गरुङ्गो पखेटा फड्फडाउँदै उड्यो । उनले गोली हाने तर लागेन । उनी सोचमग्न भएका हुनाले ट्रिगर दबाउन ढिलो भयो ।
“उफ्, भ्लादीमिर इल्यीच तपाईँ पनि गजब गर्नुहुन्छ,” सोसिपातिच दुःखी देखिए ।
अशुभ हुँदाहुँदै पनि शिकार राम्रै भयो । उनीहरूले केही वनहाँस मारे । पछि दाउरा बालेर ध्वाँसो लागेको कित्लीमा चिया बनाए । सोसिपातिचले भ्लादीमिर इल्यीचलाई रात त्यहीँ बिताउन उक्साए । उनले धेरै कर गरे । तर, भ्लादीमिर इल्यीचलाई कुनै पूर्वानुभूतिले घर बोलाइरहेको थियो ।
अँध्यारो हुँदै थियो । आँगनमा गाई दुहिँदै थियो । बाल्टिनमा दूधको सर्को परेको आवाज आइरहेको थियो ।

भूमिगतकालमा लेनिन
“भ्लादीमिर इल्यीच, हेर्नुस् त तपाईँको घरमा बत्ती बलेको छ ।” सोसिपातिचले भने ।
बत्तीको उज्यालो भ्लादीमिर इल्यीचले पनि देखेका थिए । उनको घरको गल्लीतर्फका दुई झ्यालबाट उज्यालो बाहिरिएको थियो ।
हरियो उज्यालो । भ्लादीमिर इल्यीचको मनमा खुसीको लहर दौडियो । सादा पोशाक लगाएकी दुब्ली–पातली क्रुप्सकाया बार्दलीको बान्नो समातेर उभिएकी थिइन् । भ्लादीमिर इल्यीच बार्दलीतर्फ दौडिए ।
“नमस्ते, नाद्या ¤”
“भोलोद्या ¤”
“यता आऊ ¤ तिमी कस्तो भएछौ, हेरौँ ¤” कोठाभित्रबाट नाद्याकी आमा एलिजावेता वसिलेभ्नाको हर्षित स्वर सुनियो ।
“घरमा श्रीमती आएकी छन्, यी घुमक्कड महाशय भने शिकारमा निस्किएका छन् ।” कोठामा टेबल ल्याम्प बलिरहेको थियो ।
“तिमीलाई भनेर ल्याएकी हुुँ, हरियो प्रकाशले आँखालाई असर गर्दैन,” क्रुप्सकायाले भनिन् । त्यसलाई उनले मस्कोबाट ल्याएकी थिइन् । दस दिनको रेलयात्रा, फेरि स्टीमर अनि झ्याँकिरहने घोडागाडामा बसेर । उनले त्यसलाई एकदम जतन गरेर ल्याएकी थिइन् । शुशेन्स्कोयसम्म सकुश पु¥याउन नसकिएला भनेर उनलाई डर लागेको थियो । तर पु¥याइयो ।
भ्लादीमिर इल्यीच, बिन्ती छ..
क्रुप्सकाया पनि अब शुशेन्स्कोय आएकी थिइन् । उनीहरू एक परिवार भई बस्न थाले । शुशा नदीको किनारमा बनेको एउटा नयाँ घरको फ्ल्याट भाडामा लिइयो ।
नयाँ घरमा भ्लादीमिर इल्यीचलाई काम गर्न अलग कोठा छुट्याइएको थियो । त्यस कोठामा किताबहरू राख्ने आलमारी थियो र लेख्न पढ्नको लागि एउटा अग्लो टेबल थियो । त्यसमा हरियो प्रकाश दिने ल्याम्प राखिएको थियो । शरद्मा शुशेन्स्कोयका मानिस छिट्टै सुत्थे । तर, भ्लादीमिर इल्यीचको कोठामा हरियो बत्ती अबेरसम्म बलिरहन्थ्यो । भ्लादीमिर इल्यीच उभिएरै लेख्न मनपराउँथे । ‘रूसमा पुँजीवादको विकास’ पुस्तक प्रायः उभिएरै लेखिएको थियो । भ्लादीमिर इल्यीच धेरै काम गर्थे । शुशेन्स्कोयमा बस्दै गर्दा उनले उक्त किताब र कैयौँ लेखहरू लेखे । अङ्ग्रेजीबाट केही साहित्य अनुवाद पनि गरे । क्रुप्सकायाले उनलाई धेरै मद्दत गर्थिन् । हुन त उनी आफँैले पनि त्यसताका महिला मजदुरहरूको बारेमा एउटा पुस्तक लेखिरहेकी थिइन् । उनलाई मजदुर जीवनको राम्रो ज्ञान थियो । दुवैजना साथसाथ काम अनि आराम गर्थे । कहिलेकाहीँ उनीहरू सँगसँगै शुशाछेउको जङ्गल वा टाढा एनिसेइतर्फ हिँडडुल गर्न निस्कन्थे । दुवै नौजवान थिए, एकअर्कालाई चाहन्थे र खुसी थिए ।
दिउँसोको समय थियो । एलिजावेता वसिलेभ्नाले ढोका धक्धक्याइन् र भेट्नलाई कोही आएको छ भनिन् । भ्लादीमिर इल्यीच लेख्नमा व्यस्त थिए र कामलाई अपुरो छाड्न चाहँदैनथे । तर, कुनै गरिब किसान सल्लाह माग्न आउँदा उनी सबै काम छोडिदिन्थे । एलिजावेता वसिलेभ्नाले किसानलाई भित्र बोलाइन् । किसानको मुहार रक्तहीन र चाउरी परेको थियो । उनको उमेर ढल्किसकेको थिएन । किसानले देवताको मूर्तिको खोजीमा कुनातिर नजर दौडाए । तर, त्यहाँ केही नदेखेर झ्यालतर्फ मुख फर्काए र छातीमा क्रस बनाए ।
“बस्नुुस्,” भ्लादीमिर इल्यीचले भने । किसान रातो रुमालले बाँधिएको घैँटोलाई खुट्टानिर राखेर भ्लादीमिर इल्यीचले देखाएको कुर्सीमा बसे । “भ्लादीमिर इल्यीच, म ठूलो समस्यामा छु । केही सल्लाह दिनुहोस् ।” ऊ धेरै बेरसम्म बोलिरह्यो । ऊ को हो ? कहाँबाट आएको हो ? कुन समस्यामा परेको छ ? आदि विषयमा ।
उनले आफ्नी एउटी छोरीलाई गरिबीका कारण बीस रुबल तलबमा वर्षभरिको लागि एक जमिनदारकहाँ काम गर्न पठाएका थिए । केटीले ११ महिना मात्र काम के गरेकी थिई घरमा आमा बिरामी परिन् । हिँडडुल गर्न पनि नसक्ने गरी उनी थला परिन् । घरमा ससाना भाइबहिनीहरू पनि थिए । छोरी आफ्नो काम छोडेर परिवारजनको स्याहार–सुसार गर्न घर फर्कनु प¥यो । तर, जमिनदारले उसलाई तलब दिन अस्वीकार गरिदियो । पूरा साल काम भएन भनी बहाना बनायो ।
“त्यसो भए के उसले एघार एघार महिनासम्म ढाड भाँचिने गरी त्यसै काम गरेकी हो त ?” “के यस कुरालाई यत्तिकै रहन दिने ?” “होइन, यत्तिकै रहन त दिनुहुन्न ।” भ्लादीमिर इल्यीचले दृढताका साथ जवाफ दिए । अनि, रिसले मुर्मुरिँदै छिटोछिटो कोठामा ओहोरदोहोर गर्नथाले ।
“सुन्नुस्, हामी के गरौँ भने पहिले इलाकाको हाकिमको नाममा एक निवेदन लेखेर निसाफ मागौँ अनि जमिनदारलाई मुद्दाको धम्की दिउँ,” भ्लादीमिर इल्यीचले भने ।
फेरि टेबलनिर अडिए, क्षणभर सोचिरहे अनि आधा घन्टा जतिमा निवेदन तयार गरे । त्यो निवेदन अति जोडदार शब्दमा लेखिएको थियो । भ्लादीमिर इल्यीचले निवेदन कसलाई दिने र के भन्ने भनी किसानलाई विस्तारमा बताए ।
“न्याय तपाईँको पक्षमा छ ।” उनले किसानलाई हौसला दिए ।
“हिम्मत नहार्नुस्, पहिलो निवेदन मञ्जुर नभएमा फेरि आउनुहोला । हामीले अझ उपल्लो हाकिमलाई निवेदन लेखौँला र न्याय पाई छोड्नेछौँ ।”
किसानले हातले टोपी मुसार्दै भ्लादीमिर इल्यीचलाई धन्यवाद दिए र रातो रुमालले बाँधेको घैँटो क्रुप्सकायालाई दिँदै भन्यो, “साहुनी, मैले अरू त के नै दिनसक्छु र, यही थोरै दही लिनुस् ।”
“हत्तेरी, के भनेको होला ।” क्रुप्सकाया बोलिन् ।
“नाइँ, नाइँ हामीलाई दही चाहिँदैन ।” भ्लादीमिर इल्यीचले पनि दही लिन अस्वीकार गर्दै भने ।
उनीहरू आफूसँग केही लिन किन अस्वीकार गरिरहेका होलान् भनी किसान चकित परे । आखिर निवेदन त भ्लादीमिर इल्यीचले नै लेखेका थिए । कति अचम्मका मानिस ¤ मनमनै राजनीतिक निर्वासनको सजाय भोगिरहेका भ्लादीमिर इल्यीचको भलो चिताउँदै किसान घरतिर लागे । शुशेन्कोएमा भ्लादीमिर इल्यीचले कति किसानहरूका हृदयमा यस्ता सुखद सम्झना छोडे छोडे ।
अनुवाद ः माधव अधिकारी
Leave a Reply