भर्खरै :

धन्य ! चीन विचरा ! अमेरिका

 प्रकाश नेपाल, काभ्रे
संरा अमेरिका थुप्रै आमविनाशकारी हतियार उत्पादन गर्न सक्षम छ । रसायनिक र जैविक हतियार उत्पादन र प्रयोग गरेर विश्वका विभिन्न भागका जनताको आमहत्या गर्न पनि सक्षम छ । कतिपय देशलाई नाकाबन्दी लगाएर, विध्वंश र अन्तरध्वंश गरेर तहसनहस पार्न पनि सक्षम भएकै हो । तर, नोवेल कोरोना भाइरसको भयावहको स्थितिमा आफूलाई नै चाहिने मास्क, पञ्जा, थर्मोमिटरजस्ता सामान पुग्दो उत्पादन गर्न सकेको देखिएन । हालै चीनले संरा अमेरिकालाई कोरोना भाइरस महामारी रोकथामको लागि विविध सामग्री प्रदान गरेको समाचारले महाशक्ति भनिएको देश जनताको लागि साह«ै कमजोर सावित भएको छ । संरा अमेरिकाको सम्पन्नता जनताको लागि दरिद्र र टीठलाग्दो देखियो ।
कोरोना भाइरसको पहिलो प्रकोप व्यहोरेको चीनले उदात्त भावनाले अमेरिकी जनताको सेवामा सामग्री प्रदान गरेबाट कम्युनिस्टहरूको मानवीयता कति उच्च र महान छ भन्ने प्रमाण दिएको छ । कोरोनाबारे संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध विषवमन गर्दा पनि चीनले त्यसलाई आपतको बेलामा बिर्सिदिएको छ । हिजो चीनमा कोरोना फैलिंदा ट्रम्पले खुचिङ भने पनि चीनले त्यसो भनेन बरु एटम बम बनाउनसक्ने अमेरिकालाई मास्क, पञ्जा र थर्मोमिटर दिएर सहयोग गरेको छ । धन्य ! चीन, विचरा !अमेरिका ।
अब क्युवाबाट क्रान्तिकारी डाक्टरहरू संरा अमेरिकामा गएर सेवा गरेको समाचार सुन्न जनता उत्सुक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *