परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
– पूर्णप्रसाद मिश्र
काठमाडौँ, २१ चैत । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरहेको छन् । तर, गोकर्णेश्वर तथा कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासी खानेपानीकै समस्यामा परेका छन् ।
पटक–पटक हात धुन पानी कसरी जुटाउने अहिले यस क्षेत्रका स्थानीवासीको चिन्ताको विषय बनेको छ । ती दुई नगरपालिकाले चोक चोकमा हातधुने व्यवस्था मिलाइका छन् । हाल राजधानीमा सबैभन्दा बढी खानेपानी आपूर्ति गर्ने वाग्मतीको मुहान पनि यही भेगमा पर्छ । सोलुखुम्बुबाट गोकर्णेश्वर नगरपालिका–२ मा घर बनाइ बस्नुभएका ग्याल्जेन शेर्पा धारामा खानेपानी पाइन्छ भन्ने सुनेकै कारण आफू यहाँ बस्न आएको तर पानी पाउन नसकिएको गुनासो गर्नुहुन्छ ।
वाग्मतीको मुहान वाग्द्वारसमेत रहेको नगरपालिकाका अधिकांश वडामा खानेपानी लिन बिहानै पुराना धारा खोज्दै हिँड्नुपर्छ । बिहान पाँच बजे नै पुग्दा पनि पुराना धारामा लाम लागिसकेको हुन्छ । खानेपानी थाप्न कम्तीमा एकघण्टा लाममा बस्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । पानी थाप्ने भीडका कारण कोरोनाको जोखिम बढ्ला भन्ने चिन्ताले पानी थाप्न जानेलाई सताउने गरेको छ ।
पानी भरेर घरमा राख्दा लामखुट्टेका कारण डेङ्गुको खतरा बढ्न सक्ने भएकोले सताउने गरेको उपभोक्ता राधिका भण्डारीले बताउनुभयो । गर्मी बढेसँगै डेङ्गुका बिरामी बढ्ने जनाइएको छ । गोकर्णेश्वर नगरापालिकाका प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रमा खानेपानी उपलब्ध गराएर मात्र तल्लो भेगमा लैजान काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पटक–पटक आग्रह गरेको बताउनुहुन्छ ।
“दिनमा पाँचदेखि सात वटासम्म गुनासा त धारामा पानी आएन भन्ने नगरवासीका आउने गरेको छ, मैले दुईपटक लिमिटेडको महाङ्गालचौर शाखाका प्रमुखलाई पानी दिनु भनी फोन गरेर भनिसके अझै मुहान क्षेत्रमै पानीको वितरण सहज हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
लकडाउन हुनुअघि धेरै उपभोक्ताले जारको पानी किनेर खान्थे । लकडाउनसँगै केही पसलमात्र बिहान बेलुका खुल्ने र त्यहाँ खानेपानी नहुने भएकाले पुराना ढुङ्गेधारा खोज्दै हिँड्नुको विकल्प नभएको कागेश्वरी मनोहरा नगरपालिका–३ की गृहिणी उषा खत्रीको दुःखेसो छ ।
काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरेको राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी समेत सुन्दरीजलमै खस्ने गरी पूर्वाधार निर्माण भइरहेको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड ८० लाख लिटर पानी सुन्दरीजलमा खस्नेछ । यसका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
मेलम्चीको पानी उपत्यकाका अधिकांश स्थानमा वितरणका लागि पाइप बिच्छ्याउने काम भइरहेको छ । तर, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अधिकांश भागमा खानेपानीको पानी वितरणका लागि पाइप बिच्छ्याउने पहल भएको छैन । गोकर्णेश्वरका नगरप्रमुख चालिसे नगर क्षेत्रबाट जाने पानी यहीँका जनताका धारामा पानीको व्यवस्था नभई तलतिर वितरण गरिए मूल पाइपबाट वाग्मतीमा पानी बगाउन बाध्य हुनुपर्ने बताउनुहुन्छ ।
सो माग लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयलाई पटक–पटक दिइएको उहाँले सुनाउनुभयो । स्थानीय सरकारको मागलाई गम्भीर रूपमा नलिएपछि समस्या आउने भएकाले बेलैमा ध्यान दिन नगरवासीको अनुरोध छ ।
हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । तर, लिमिटेडले भने दैनिक आठ करोड लिटर मात्र आपूर्ति गर्न सकेको छ । वर्षाद्मा भने लिमिटेडले दैनिक १५ करोड लिटरसम्म पानी वितरण गर्ने गरेको छ । रासस
Leave a Reply