भर्खरै :

दैनिक १७.५ प्रतिशत दूध कम खपत

काठमाडौँ, २१ चैत । कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रूपमा बन्द भएपछि काठमाडौँ उपत्यकासहित देशैभरि दूध खपत घटेको हो ।
दूधको माग घटेपछि सबैभन्दा बढी मर्कामा किसान परेका छन् । निजी क्षेत्रअन्तर्गत सञ्चालित नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा साबिकको तुलनामा अहिले दूध तथा दुग्धजन्य पदार्थको खपत २० प्रतिशतभन्दा कम भएको छ ।
उहाँका अनुसार कोरोनाको प्रभावभन्दा अघि देशभर दैनिक ६२ लाख ५० हजार लिटर दूध किसानले उत्पादन गर्दै आएका थिए । किसानले उत्पादन गरेको दूधमध्येमा आधा आफैँले प्रयोग गरेर ३१ लाख ५० हजार लिटर बिक्री हँुदै आएको थियो । “बिक्री भएको दूधमध्ये काठमाडौँमा दैनिकरूपमा करीब चार लाख लिटर दूध खपत हँुदै आएको थियो तर कोरोना भाइरसको प्रभावपछि १ लाख ५० हजार लिटर मात्र खपत भएको छ”, उहाँले भन्नुभयो, “सरकारले अति आवश्यक वस्तुमा छुट दिने घोषणा गरे पनि हामीलाई प्रशासनले बेवास्ता ग¥यो ।”
संस्थाले सङ्गलन गरेका दूध बजारमा पु¥याउन सहज वातावरण नभएको र खोलिएका पसल सबै बन्द भएपछि कसरी दूध पु¥याउने भनी उहाँले दुखेसो गर्नुभयो । काठमाडौँ उपत्यकामा खपत हुने दूधमध्ये निजी क्षेत्रको ६० र सरकारी स्वामित्वमा रहेको नेपाल दुग्ध संस्थान (डीडीसी) को ४० प्रतिशत दूध उपत्यकामा मात्रै खपत हुने गरेको थियो । डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेल किसान सङ्घसंस्थाबाट नियमितरूपमा दूध सङ्गलन भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार लकडाउन अघि काठमाडौँ उपत्यकामा दैनिक ८८ हजार लिटर दूध खपत हुँदै आएको थियो, लकडाउनको अवधिमा ७२ हजार लिटर दूध खपत भएको छ । काठमाडौँ बाहिर भने करिब १५ प्रतिशत खपत घटेको बताइएको छ ।
“दैनिक १० देखि १२ हजार लिटर दूध कम खपत भएको हो, खपत नभएका दूधलाई हामीले पाउडर बनाएका छौँ”, उहाँले भन्नुभयो । हामीले उत्पादन गरेका दूध नियमितरूपमा घरमा प्रयोग गर्ने ग्राहकहरूले लिइरहनुभएको छ, लकडाउन भए पनि खासै प्रभाव परेको छैन । उहाँका अनुसार बिक्री नभएको दूध प्रयोग गरी संस्थानले विराटनगर र पोखराबाट दैनिक पाउडर दूध बनाइरहेको छ ।
पोखरामा निजी डेरीसँग मिलेर दैनिक २५ हजार लिटर पाउडर दूध र विराटनगरमा आफ्नै डेरीबाट ५० देखि ६० हजार लिटर पाउडर बनाइएको छ । पछिल्लो ६ महिनासम्मका लागि पुग्ने पाउडर तयारी अवस्थामा छ । कृृषि विकास मन्त्रालयको तथ्याङ्गानुसार हाल नेपालमा दर्ता भएर सञ्चालनमा आएका दुग्ध उद्योग करीब ८० छन् । दर्ता भएका दुग्ध उद्योगमध्ये प्रशोधनसहित सुविधा भएको दस लाख लिटर क्षमताका चालीस, १० हजारदेखि ५० हजार लिटर क्षमताका ३५÷४० र १० हजार लिटरसम्म क्षमता भएका ४० जति रहेको उल्लेख छ । त्यस्तै डिडिसीका ८÷१० डेरी सञ्चालनमा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *